नेप्से परिसूचकमा पहिरो जाने क्रम रोकिएन

साझा कथा । सरकारमा दलहरुको अदलबदलसँगै नेप्से परिसूचक निरन्तर ओरालो लागिरहेको छ । साताको पहिलो कारोबारको दिन आईतवार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आईतवार नेप्से परिसूचक ३०.७७ अंक घटेर १९३८.२५ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७६ अंकले […]

प्रचण्डमाथि कारबाहि हुने डरमा तरंगित माओवादी घटकहरु

साझा कथा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चले आदेश दिएसँगै माओवादी वृत्तमा तरंग छाएको छ । आइतबार सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्ने माओवादी घटकका नेताहरुमा त्यो डर प्रष्ट देखिन्थ्यो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रतिक्रियावादीहरुले अनेक षड्यन्त्र गर्ने र नेतृत्वलाई सिध्याउने […]

जनकपुर–जयनगर रेल बीमाबिना सञ्चालनमा

साझा कथा । जनकपुर–जयनगर रेल सेवा सरकारको नीति विपरीत बीमा बिना नै सञ्चालन भइरहेको छ । नियमित सञ्चालनमा आएको झण्डै एक वर्ष हुन लाग्दा पनि व्यवस्थापकीय पक्षद्वारा बीमा नगरी रेल सञ्चालन गरेको पाइएको छ । विसं २०७८ चैत १२ गतेदेखि नियमित रुपमा रेल सेवा सञ्चालन हुँदै आएको छ । भारतीय बजार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर […]

नेपाल एयरलाइन्सको सिधा उडान दक्षिण कोरिया

साझा कथा । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन […]

ओखलढुङ्गा बोलेरो दुर्घटना- २ को मृत्यु, ११ घाइते

साझा कथा । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा चिशंखुगढीका ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको हो । उक्त बोलेरो जिपमा चालकसहित १३ जना यात्रु थिए । […]

३ सयले बढ्यो सुनको मूल्य

साझा कथा । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु ३ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको […]

१६ बर्षमा ४ वटा सरकार चलाएको माओवादीले के गर्यो ?

साझा कथा । माओवादी जनयुद्धमा संगै बसेर तत्कालीन राज्य व्यवस्थासंग सशस्त्र जनयुद्ध लडेका विभिन्न माओवादी घटकहरु आज एउटै मञ्चमा जुट्ने भएका छन् । विभिन्न समयमा राजनीतिक र सैद्धान्तिक मतभेद राख्दै विभाजित रहेका शक्तिहरुलाई फाल्गुन २१ गते सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले एउटै मञ्चमा जुटाउने प्रयास गरेको हो । उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा […]

नारायणगढ-मुग्लिन सडक आजबाट चौबिसै घन्टा खुल्ने

साझा कथा । दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि चौबिसै घन्टा खुल्ने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० […]

काठमाडौँमा मनाइयो फगुवा उत्सव

साझा कथा । विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने काठमाडौँको माइतीघर मण्डला परिसरमा आज फरक दृश्य देखियो । उखु किसानदेखि विभिन्न समुदायका पहिचान, लोकतन्त्र, नागरिक खबरदारीका कैयन विषयमा दैनिकजसो सङ्घर्षका कार्यक्रम भइरहने माइतीघरमा ‘फगुवा उत्सव २०२३’ को माहोलले सबैको ध्यान त्यसतर्फ खिचेको देखिन्थ्यो । माइतीघर सडक भइ आवतजावत गर्ने सर्वसाधरणदेखि सवारी साधनमा घुइँकिनेहरुले […]

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि दिनभर खुल्ने

साझा कथा । नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि दिनभर खुल्ने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको […]

न्युजिल्याण्डमा ६.९ म्याग्निच्युडको भूकम्प

साझा कथा। न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र सुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

म हुँ प्रकृति, म फुलिरहन्छु (फोटो फिचर)

साझा कथा । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समयानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले […]

स्ववियु निर्वाचनमा उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

साझा कथा । त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताए । “एक दुई क्याम्पसबाहेक […]

विश्वकपमा छनोट पछि नेपाली यू–१९ टोली स्वदेश फर्कियो

साझा कथा । विश्वकपमा छनोट भएको नेपाली यु १९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो ।आइसिसी यु–१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । […]

प्रविधिका कारण ‘स्मार्ट’ चालक अनुमतिपत्रमा समस्या

साझा कथा । प्रविधिमैत्री बनाउन ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण सुरु भए पनि प्रविधिका कारण सेवाग्राही समस्या भोग्न बाध्य छन् । अनुमतिपत्रमा भएका कतिपय सूचना यातायात व्यवस्था कार्यालयसँग फरक पर्ने गरेको छ । चालक अनुमतिपत्रसम्बन्धी सेवा पूर्णरूपमा प्रविधिमैत्री बन्न सकिरहेको छैन भने सुरु भएको सेवामा समेत समस्या देखिएको छ । दश वर्ष पुरानो अनुमतिपत्रमा विभिन्न समस्या […]

चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ कसले मार्ला बाजी

साझा कथा । नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहेका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् । यस अगाडिका तीन शृङ्खला दीपाश्री निरौलाले निर्देशन गरेकि थिइन । यसमा अभिनेता गिरीसँगै […]

संविधान र लोकतन्त्रको रक्षा गर्ने मेरो पहिलो कर्तव्य- नेता पौडेल

साझा कथा । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको बताएका छन् । यही फागुन २५ गते हुने राष्ट्र प्रमुखको उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै उनले आफू प्रजातन्त्रका लागि छ दशकदेखि लड्दै आएकाले वर्तमान संविधान र […]

आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपालले पपुवा न्यूगिनीलाई हरायो

साझा कथा । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले हराएको छ । यूएईले दिएको १ सय ८० रनको लक्ष्यमा नेपालले ४८ ओभरमा ७ विके गुमाएर जित निकालेको हो । नेपालका लागि आसिफ शेखले ८६ र सन्दीप लामिछानेले ३५ रन बनाए । नेपालले १ सय ५ रनमा […]

दुर्गा प्रसाईँले समूह बनाउँदैमा ऋण मिनाहा हुँदैन – डेपुटी गभर्नर

साझा कथा । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताएका हुन् । उक्त समूहको […]

कस्तो हुनुपर्छ निर्वाचन प्रणाली र शासकीय व्यवस्था ?

हामीलाई लागिरहेको हुन सक्छ, देश त ठिकठाक छ, व्यवस्था सबै ठिक ठाक छ । विग्रेको त अवस्था मात्रै हो, विगारेको त नेताहरुले हो । हामी निर्वाचनका विषयमा प्रश्न गर्दैनौँ, तर त्यहि प्रणालीबाट निर्वाचित भएर आउने व्यक्तिहरुलाई गाली गर्न हतार गरिहाल्छौँ । हामीले खासै वास्ता नगर्ने निर्वाचन प्रणाली र देशको शासकीय व्यवस्था ठिक छ त ? […]

यसकारण देश ठिक दिशामा गयो…

डा. पुरुषोत्तम मरहठ्ठा गत माघ महिनामै सम्पन्न भइसक्नुपर्ने राष्ट्रपतीय निर्वाचन कानुनका केही प्रावधानलाई देखाएर निर्वाचन आयोगले फागुनको २५ मा सम्पन्न गर्न लागेको छ । राष्ट्रपतिको प्रतिस्पर्धामा आठ दलको सहमतिबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ हुनुहुन्छ । केही समयअघिसम्म रणनीतिक कौशल देखाउँदै आफ्नो पक्षमा नतिजा ल्याउन सरकार नछाड्ने निर्णय गरेको एमालेले […]

सबैको साझा राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ- नेम्वाङ

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा रासससँग कुराकानी गर्दै पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कँदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाए […]

पायल्सको उपचार गरिने क्षारसूत्र के हो ?

साझा कथा । पायल्स मलद्वारमा हुने समस्या हो । मलद्वारमा दबाब पर्दा दिसा गर्न गाह्रो हुन्छ र रगत बग्छ । मलद्वारमा घाउ भएर मासु पलाउँछ । यो अवस्थालाई पायल्स भनिन्छ । रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । पायल्सको उपचारको लागि आयुर्वेदिक, एलोपेथिक र […]

बुटवल नारायणगढ सडकखण्डका कारण हैरानी, किन कारबाहि हुन्न ठेकेदारलाई ?

साझा कथा । चितवनको नारायणगढदेखि रुपेन्देहीको बुटवल जम्मा ११५ किलोमिटर दुरीमा छ । तर सार्वजनिक सवारी मात्रै होइन, नीजि गाडी वा साधनमा त्यहाँ पुग्न अहिले कम्तिमा पनि ६ घण्टा लाग्छ । २ देखि साढे २ घण्टामा तय हुने यात्रा अहिले तेब्बर बढेको छ । सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन विग्रिएका मात्रै छैनन्, त्यो सडक भएर […]

मन बसाउने मार्दी पदयात्रा (फोटो फिचर)

अन्नपूर्ण क्षेत्रमा पर्ने मार्दी हिमाल पदयात्रा । आन्तरिक र वाह्य दुबै पर्यटकका लागि आकर्षक गन्तव्य । जुन विश्वभर लोकप्रिय छ । सुन्दर सहर पोखरबाट सुरु गरि ४,५०० मिटरको उचाइसम्म रहेको यो पदयात्रा एक साताको समयमा सम्पन्न गर्न सकिन्छ । पदयात्राका लागि उपयुक्त मौसम नजिकिदै गर्दा साझा कथाको तर्फबाट फोटो पत्रकार प्रकाश गोपालीले कैद गरेका फोटोहरु […]

कोरिया रोजगारीबारे अफवाह नै बढी ?

साझा कथा  वेरोजगार हुन् या रोजगार, नेपाली युवाहरुको आकर्षक रोजाई हो दक्षिण कोरिया । कमाईका हिसाबले पनि आकर्षक गन्तव्य मानिने दक्षिण कोरियाबारे बेलाबखत हल्लाहरु आउने गर्छन् । कहिले यो बर्ष कामदार थप्दै कोरिया, कहिले यति हजार नेपाली कोरिया जान पाउने त कहिले एकैपटक यति हजार जाने भए कोरिया । अधिकाँश मूलधारका मिडियामा यस्ता समाचारले ठाउँ […]

के चाहन्छन् पूर्वराजा ज्ञानेन्द्र शाह ? (भिडियो)
ओलीले संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोच्यौँ – प्रधानमन्त्री

साझा कथा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ बिकल्प खोजेको बताएका छन् । बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ […]

राष्ट्रिय परिचयपत्र आवेदनका लागि काठमाडौंमा तोकियो पाँच स्थान

साझा कथा । राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौँमा थप पाँच स्थान तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले थप नयाँ केन्द्र स्थापना गरी आवेदन प्रक्रियालाई सहज बनाएको हो । विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरका […]

चन्द्र भण्डारीमा इन्फेक्सन देखियो

साझा कथा । मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखिएको छ । ग्यास सिलिन्डर विस्फोट भइ घाइते भएपछि १५ दिन अघि नेता भण्डारीलाई मुम्बई लगिएको थियो । भण्डारीको उपचारका लागि मुम्बई पुगेका योगराज कडेलले हल्का इन्फेक्सन (संक्रमण) भएको बताएका हुन् । इन्फेक्सन देखिएपछि अहिले एन्टीवायोटिक्स चलाइएको चिकित्सकलाई उदृत गर्दैै उनले बताए […]

एमालेले स्वीकार गर्यो समाजवादी पार्टी, पहिलो पार्टी हुनका लागि निहुरिन पर्यो

साझा कथा । नेकपा एमाले विभाजन भएपछि आक्रोशित भएको एमाले संस्थापनले टुक्रिएर गएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई पार्टी नै स्वीकार गरेन । एकीकृत समाजवादी पार्टी गठन गर्दा एमाले अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गरेर । अघिल्लो संसदमा माधव नेपालसहितका १४ एकीकृत समाजवादीतिर लागेका नेताको पद नै खुस्काउन एमाले अध्यक्ष केपी ओलीले संसद सचिवालयमा […]

बीपीडब्लू लघुवित्तको आईपीओ खुल्यो

साझा कथा । बीपीडब्लू लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख […]

मत माग्दै रामचन्द्र पौडेलले भने, “संविधान अक्षरशः पालना गर्नेछु”

साझा कथा । नयाँ बनेको ८ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सबै सांसदलाई पत्र पठाएका छन् । आफ्नो पक्षमा मत माग्दै उनले संविधानका हरेक पालना गर्ने उल्लेख गरेका छन् । परिवर्तनलाई जगेर्ना गर्न आफ्नो भूमिका हुने उनले दाबी गरेका छन् । नेता पौडेलले प्रतिनिधि सभा, राष्ट्रिय सभा […]

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

साझा कथा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज लिखित पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । सङ्घीय सरकारमा रहेको राप्रपाले आफ्नो समर्थन फिर्ता लिएसँगै केन्द्रले पठाएको निर्णयअनुसार प्रदेश सरकारलाई दिएको […]

फेरियो स्वतन्त्र पार्टीको चुनाव चिन्ह

साझा कथा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो । रास्वपाका प्रवक्ता एवं महामन्त्री डा. मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन […]

बढ्दै पर्यटक – पछिल्लो दुई महिनामा १ लाख ३० हजार नेपाल आए

साझा कथा । अङ्ग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार दुई सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी महिनामा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो […]