जसपाकी सांसद रहमानको निधन

साझा कथा । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ । झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । २०६३ देखी मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् । […]

अचम्मको विशेषता रहेको अल्पेश्वर गुफा, तर जाँदैनन् पर्यटक

साझा कथा । डेढ दशक अघि पर्वतको कुश्मा नगरपालिका कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो । धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे । केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे । उनीहरूले त्यो ठाउँ जङ्गली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए । रातारात पूजाअर्चना र गुफा हेर्न चाहनेको घुइँचो […]

पौडेल र नेम्वाङमध्ये कसले मार्ला बाजी ? प्रचण्डलाई आपत्

साझा कथा । राष्ट्रपतिको चुनावमा पहिलो ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबाट क्रमशः रामचन्द्र पौडेल र सुवास नेम्वाङ भिड्ने भएका छन् । शनिबार नेपाली काँग्रेसले वरिष्ठ नेता पौडेल र एमालेले पार्टी उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको रुपमा खडा गर्ने निर्णय गरेका छन् । संयोग यस्तो परेको छ कि राष्ट्रपतिको उमेदवारको रुपमा दुई जना […]

बहसमा सार्वजनिक विदा र शुक्रबारको समय

श्रीरामसिंह बस्नेत नेपालमा लामो समयदेखि सार्वजनिक बिदा अन्योलको विषय बन्दै आएको छ । अहिले पनि यो विषय चासो र चर्चामै छ र सरकारले आगामी वर्ष २०८० का लागि सार्वजनिक बिदा निर्धारण गर्न काम गरिरहेको बताइएको छ । सार्वजनिक बिदा निर्धारण गर्नुभन्दा अघि त्यसको सिद्धान्त वा नीति स्पष्ट हुनु आवश्यक छ । नेपालमा अत्यावश्यक सार्वजनिक बिदा मात्र […]

भन्सारमा रोकिएका छन् हजारौँ गाडी – कार, जीप आयातमा ठूलो कटौति

साझा कथा । विभिन्न भन्सार नाकामा तीन हजार बढी गाडी रोकिएको व्यवसायीले बताएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ (अटो लोन) स्वीकृत नगर्दा गाडी नाकामै रोकिएको गाडी व्यवसायीले बताएका हुन् । देशमा तरलता अभाव तथा अटो लोनमा कडाइका कारण गाडी नाकामै थन्किएको उनीहरूको भनाइ छ । नेपाल अटोमोबाइल्स एशोसिएशन अफ […]

सन्दीपको मुद्दाको अन्तिम सुनुवाई आईतबार हुने

साझा कथा । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई आईतबारका लागि तोकेको छ । शुक्रवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाईमा सन्दीपबिरुद्धको मुद्दा र विदेश क्रिकेट खेल्न जान पाउनुपर्ने मागको एकमुष्ट सुनुवाईका लागि आईतबार पेस गर्न निर्देशन दिएको हो । सर्वोच्चको आदेशसँगै अब आईतवारमात्रै सन्दीप विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज खेल्न […]

प्रभु ग्रुपकी उच्च कर्मचारीले ठगिन् आफ्नै बाबु, बुबाले लेखे प्रधानमन्त्रीलाई भावुक पत्र

साझा कथा । काठमाडौं महानगर ४ धुम्बाराही बस्ने सर्वजीत सिंह तामाङले आफ्नै कान्छी छोरीबाट आफू अन्यायमा परेको भन्दै प्रधानमन्त्रीलाई भावुक पत्र लेखेका छन् । न्यायको याचना गर्दै उनले आफ्नो पत्र प्रधानमन्त्रीको सचिवालयमा दर्ता गराएका छन् । ८१ वर्षीय सर्वजीतले आफ्नी तीन छोरीमध्ये कान्छी छोरी कुसुम लामा तामाङको नाममा आफूले किनेको घरजग्गा थाहै नदिई छोरीले बेचेको […]

यसकारण राष्ट्रपतिमा राष्ट्रिय सहमति

मनहरी तिमिल्सिना नेपालको संविधानले राष्ट्रको अभिभावक र संविधानको संरक्षकका रूपमा स्थापित गरेको राष्ट्रपति पदको निर्वाचनलाई राजनीतिक शक्तिहरू, सञ्चारमाध्यमहरू र आम समुदायले सर्वत्र चासोका साथ हेरेका छन् । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका सम्भावित राजनीतिक परिदृश्य, पात्र–प्रवृत्ति, राजनीतिक रूपमा शक्ति विन्यासलगायतका विषयमा जनस्तरबाट चासो र सरोकार हुनु स्वाभाविक पनि छ । तसर्थ, राष्ट्रपति निर्वाचन, […]

संसदमा कसले के भने ? विकासमा ढिलाइदेखि सिंहदरबार प्रवेशसम्मका कुरा

साझा कथा । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले विकास निर्माणको काममा भइरहेको ढिलाइदेखि राष्ट्रपतिको चुनावका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । संसद बैठकमा शून्य समय र विशेष समय लिएर सांसदहरुले जनजीविका र राष्ट्रिय राजनीतिका विषय उठाएका हुन् । सांसद डा. तोसिमा कार्कीले राजधानीभित्रैको ललितपुरमा पूर्वाधार विकासमा भइरहेको लापर्बाहीबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण […]

प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारण

सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति चयनको रस्साकस्सी – चार दलीय बैठक निश्कर्षविहिन, साँझ फेरि बस्ने

साझा कथा । चार दलीय बैठकमा नेपाली काँग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालसँगको छलफलमा काँग्रेसले आफ्नो अडान राखेको हो । काँग्रेस र अन्य दलले आफ्नो अडान नछोडेपछि शुक्रबार विहानैदेखि बसेको बैठक निश्कर्षविहिन भएको छ । बैठकपछि […]

आफ्नो ठाउँमा बस्न पूर्व राजालाई चेतावनी

साझा कथा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा बस्न चेतावनी दिएका छन् । शुक्रवार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा आयोजना गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिए । एक, दुई हजार […]

एकैपटक पाँच दर्जन सहसचिवको सरुवा

साझा कथा । नयाँ सरकार गठनपछि कर्मचारीहरुको सरुवा बढुवा नौलो विषय होइन तर वर्तमान सरकारले एकैपटक पाँच दर्जन सहसचिवहरुको सरुवा गरेर किर्तिमान बनाएको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले एकै पटक ६१ सहसचिवहरुको सरुवा गरेको हो । संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले […]

खर्च गर्नै सक्दैनन् मन्त्रालयहरु, संघीय मामलाको खर्च जम्मा ६ प्रतिशत

साझा कथा । कर्मचारीहरुको भ्रमण र अनुगमन भत्तामा बढी चासो दिने विभिन्न मन्त्रालयहरुले आफूलाई छुट्याइएको बजेट समेत खर्च गर्न सकेका छैनन् । । विकास बजेट खर्च गर्न नसकेर हालकायल हुने सरकारलाई मन्त्रालयगत खर्च कम हुँदा टाउको दुख्ने गरेको छ । चालु आर्थिक वर्ष को ७ महिनामा (माघ मसान्तसम्म) सरकारी बजेट खर्च निराशाजनक छ । सो […]

नेपालका स्कुल बन्द, विद्यार्थी जान्छन् भारतीय स्कुल

साझा कथा । सीमा क्षेत्रका बासिन्दाहरु शौच गर्न भारत जान बाध्य छन् भन्ने व्यंग्यात्मक टिप्पणी हामीले सुन्दै र पढ्दै आइरहेका छाँै । सीमानामा कडाई नहुने र दुई देशबीचको साँध समेत स्पष्ट नहुँदा शौचालय र घर नेपाल र भारतमा पर्ने गरेको व्यंग्य हुने गरेपनि कतिपय ठाउँमा यो यथार्थ हो । नेपालका कतिपय ठाउँमा त विद्यालय नहुँदा […]

१५ लाख बुस्टर डोजः पहिलो प्राथमिकतामा ज्येष्ठ नागरिक

साझा कथा । सरकारले कोरोनाबिरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ । गत सोमवार कोरोना भाइरस संक्रममणबिरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोवल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध […]

साताको अन्तिम कारोबार नेप्से परिसूचक ५७.७४ अंकले गिरावट

साझा कथा । साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । बुधवार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीवार ५७.७४ अंकले गिरावट आएको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सिएसआर र ३५ प्रतिशत ग्राहक […]

त्रिकोणात्मक सिरिज विजेतालाई सरकारले जनही २ लाख दिने

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली […]

फिलिपिन्समा विमान दुर्घटना- ४ जनाको मृत्यु

साझा कथा । फिलिपिन्समा विमान दुर्घटना हुँदा विमानमा सवार सबै चार जनाको मृत्यु भएको छ । सो विमान फिलिपिन्सको ज्वालामुखी विस्फोट भएको स्थानमा दुर्घटना भएको हो । दुर्घटनाग्रस्त क्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चार जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनामा मारिनेमा पाइलट रुफिनो जेम्स क्रिसोस्टोमो जुनियर, चालब दलका सदस्य जोएल मार्टिन […]

निफको सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत

साझा कथा । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत भएकी छन् । निफ आयोजक कमिटीले विज्ञप्ति जारी गर्दै सल्लाहकारमा श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ । चैत २ देखि ६ सम्म हुने निफमा ३५ देशका ९५ फिचर, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड फिल्ममध्येबाट सात विधामा १४ वटा पुरस्कार वितरण गरिने भएको छ । निफको […]

शौचालय जाँदा विरामीसँग पैसा लिने सरकारी अस्पताल (भिडियो)

साझा कथा विशेष – सानो कुरा पाटन अस्पताल भित्र रहेको शौचालयमा विरामीले समेत पैसा तिरेर शौचालय जानुपर्छ । यस्तो पनि अस्पताल हुन्छ ? जुन अस्पताल सरकारी हो र सस्तो अस्पताल अनि राम्रो सेवा दिने अस्पताल भनेर पनि चिनिन्छ । तर, शौचालय जाँदा विरामी होस् वा विरामी कुरुवा नै किन नहोस् पटकपटक पैसा तिर्नु पर्ने बाध्यता […]

डिआइजी सिंहद्वारा पदबाट राजीनामा

साझा कथा । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत छन् । उनको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो । उक्त विषयमाथि […]

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

साझा कथा । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि स्थापित निर्वाचन अधिकृतको कार्यालयले ती निर्वाचनका लागि सङ्घीय संसद्का तीन सय ३१ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८१ मतदाता समावेश गरेको मतदाता नामावली सार्वजनिक गरेको छ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम र नामावलीअनुसार नाम सार्वजनिक भएको उक्त कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी […]

‘द ब्राभो डेल्टा शो’मा यूएसएडका प्रशासक समान्था पावर

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड)का प्रशासक प्रमुख समान्था पावरको अन्तर्वार्ता आज राति ९ बजे साझा कथाबाट प्रशारण हुँदैछ ।

सांसद भण्डारीको स्वास्थ्य तीव्र रुपमा सुधार हुँदै

साझा कथा । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा तीव्र रुपमा सुधार आउदैँछ । अहिले भण्डारीलाई मुखबाट खाना खुवाउन सुरु गरिएको छ । उपचार समन्वयमासँगै रहेका कांग्रेस नेता योगराज कँडेलले हिजोसम्म पाइपबाट खुवाउने गरेकोमा आजबाट मुखबाटै खाना खुवाउन सुरु गरिएको जानकारी दिएका छन् । कँडेलले प्रेसर मास्क अक्सीजन ५ लिटरमा झारिएको र […]

विश्वकपको एसिया क्षेत्र छनोटको लागि नेपाली टोली युएई जाँदै

साझा कथा । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने आइसिसी १९ वर्षमुनि (यू–१९) पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्न जाने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद ९राखेप० का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले युएई जाने नेपाली टोलीलाई […]

प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारण

प्रतिनिधि सभा बैठक प्रत्यक्ष प्रसारण

मेन्छियाम हाइड्रोपावरको आइपिओ खुला

साझा कथा । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ०को बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ५४ करोड २५ लाख ८३ हजार तीन सयको १० प्रतिशत अर्थात् रु पाँच […]

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा कोको हुन् मतदाता ?

साझा कथा । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने गरी मिति तय गरेको छ । निर्वाचनका लागि यही फागुन ८ गतेदेखि नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । सो कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्दैछ । दुवै पदका लागि […]

राष्ट्रपति र उपराष्ट्रपतिका लागि उम्मेदवारको योग्यता के ?

साझा कथा । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४’ को दफा ११ मा उल्लेख गरिएको उम्मेदवारको योग्यतासम्बन्धी व्यवस्थाबमोजिम उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश […]

गैँडाको बढ्दो मृत्युदरः सात महिनामा १४, गतवर्ष ५२ मरे

साझा कथा । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन् । जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा […]

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित

साझा कथा । विश्वकप लिग–२ अन्तर्गतको घरेलु सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ३५ बल बाँकी हुँदै पूरा गरेसँगै नेपालले एतिहासिक जित हासिल गरेको छ । करण केसीले गरेको चौका प्रहारसँगै नेपाली टोलीले ४४ ओभर १ बलमै खेल जित्यो। नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेलेर नेपाललाई जितको संघारसम्म […]

बढ्यो गर्मीः शिवरात्रिमा पनि किन धुम्मिएन मौसम ?

साझा कथा । यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको बताए । उनले भने, “अहिले […]

उड्न लागेको सौर्य एयरलाइन्समा समस्या, उडान स्थगित

साझा कथा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ-वेमै फिर्ता भएको छ । विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ । यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको […]

कन्दमूल खाएर ओढारमा बसेका राहुलको पीडा

साझा कथा । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहेका छन् । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उनले बताए । […]

आईसीसी विश्वकप क्रिकेटः नेपाल र स्कटल्याण्ड भीड्दै

साझा कथा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको हो । अब स्कटल्याण्डले पहिला ब्याटिङ गर्नेछ । […]