स्कटल्यान्डद्वारा नामिबिया पराजित

साझा कथा । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको आफ्नो चौथो खेलमा नामिबिया स्कटल्यान्डसँग ४३ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य नामिबिया ३८ दशमलव चार ओभरमा १७८ रनमै समेटियो । नामिबियाका लागि लो ह्यान्डर लरेन्सले […]

उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो

साझा कथा । ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ ।गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको […]

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

साझा कथा । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ । यस्तै एक सय ७७ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन […]

कलङ्की बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै

साझा कथा । चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ । ससडक बनाउन चीन सरकारसँग सम्झौता भइसकेपनि निर्माणस्थल पूरै खाली नभएकाले मुख्य ठाउमा काम थालिसकेको छैन । चीनको सहयोगमा बनाइने मुख्य आठ लेनभन्दा बाहिरपट्टिको लेनमा सडक निर्माण अघि बढाइएको हो । चिनियाँ पक्षले काम शुरु […]

ओलीको ईश्वर मोहले संकटमा गठबन्धन

साझा कथा । राष्ट्रपति चयनको विषयलाई लिएर वर्तमान गठबन्धन फुटको संघारमा पुगेको छ । फागुन १३ गते राष्ट्रपति निर्वाचनको लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दा गठबन्धनको भविष्य संकटमा पुगेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई अघि सार्दा अहिलेको समस्या सुरु भएको स्रोतको दाबी छ । प्रधानमन्त्री […]

राष्ट्रपति चुनावको सरगर्मी बढ्यो, मतभार २०६८ सालकै जनगणनाअनुसार

साझा कथा । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सरगर्मी बढ्दै गएको छ । राष्ट्रपति चयनका लागि दलहरुबीचको छलफल घनीभूत भइरहँदा नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन क्रमशः फागुन २५ गते र चैत ३ गतेका लागि तोकिएको छ । सोमबार आयोजित एक कार्यक्रमकाबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कार्यालयको […]

राष्ट्रपति चयनमा हस्तक्षेप गर्दै भारत, चुक्ला त नेपाल ?

साझा कथा टिप्पणी फागुनको अन्तिम साता विद्या भण्डारीलाई प्रतिस्र्थापन गर्दै शितल निवासमा नयाँ राष्ट्रपति प्रवेश गर्दैछन् । भण्डारीलाई प्रतिस्र्थापन गर्ने नयाँ राष्ट्रपति को हो भन्ने चाँहि गर्भमै छ । राष्ट्रपति चयनको मुद्दा पेचिलो बन्दै जाँदा वर्तमान गठबन्धन भत्किएर काँग्रेस नेतृत्वको पुरानो गठबन्धन व्युँतने सम्भावना देखिएको छ । नेपालको राजनीतिमा वैदेशिक शक्तिकेन्द्रको हस्तक्षेप नयाँ विषय होइन […]

कलाकार सुवास रेग्मी पक्राउ

साझा कथा । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् । रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो । आफ्नो चरित्र हत्या गरेको भन्दै गायक प्रमोद खरेल, महेशचन्द्र आचार्य लगायतले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाउन लागिएको छ […]

पाँच निर्माण व्यवसायी कम्पनी कालोसूचीमा

साझा कथा । विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । “विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ अनुसार यी निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा […]

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

साझा कथा । मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई÷चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ । दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको सुर्मा गाउँपालिका–१० मा भने मदिरा सेवन गरेर जरिवाना तिर्नेलाई […]

प्रजातन्त्र पुनर्वहालीपछिका पहिलो स्वास्थ्यमन्त्रीको निधन

साझा कथा । मानव अधिकार आन्दोलनका अगुवा तथा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका श्रेष्ठको ८८ वर्षको उमेरमा सोमबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनकाका छोरा डा. जया श्रेष्ठले जानकारी दिए । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकहरुले समुदायमै गएर उपचार गर्नुपर्छ […]

पूर्व राजा ज्ञानेन्द्र शाहले चाहेको के हो ?

साझा कथा टिप्पणी पूर्व राजा ज्ञानेन्द्र शाहले दलहरुसँग सहकार्य गर्न तयार रहेको वक्तव्य दिएपछि नेपाली राजनीति तरंगित भएको छ । प्रजातन्त्र दिवसको अवसर पारेर ज्ञानेन्द्र शाहले एउटा कार्ड फालेका छन् । त्यो कार्डले कस्तो परिणाम दिन्छ, त्यसको लागि केहि समय कुर्नुपर्ने हुन्छ । तर पूर्व राजा ज्ञानेन्द्र शाहले स्पष्ट बताएका छन्, उनी वेचैन बसिरहेका छन् […]

नागरिक उन्मुक्तिका सांसद चौधरी कैद माफीसहित रिहा

साझा कथा । कैलाली कारागारमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरूण चौधरी रिहा भएका छन् । उनी प्रजातन्त्र दिवसका अवसरमा कैद माफीसहित रिहा भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका उपलक्ष्यमा तीन सय ९५ कैदीको सजाय माफी दिएकी छिन् । चौधरी कैलाली प्रतिनिधिसभा क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् […]

‘हाम्रो पे’ को उत्कृष्ट सुरुवात

साझा कथा । लोकप्रिय मोबाइल एप हाम्रोपात्रोले सुरुवात गरेको नयाँ डिजिटल वालेट ‘हाम्रो पे’ ले राम्रो बजार पाएको छ । फागुन ५ गते (शुक्रबार) हाम्रोपात्रो इंकले डिजिटल वालेट सार्वजनिक गरेको थियो । सार्वजनिक भएको २४ घण्टाभित्रै ‘हाम्रो पे’ मा ११ हजार भन्दा बढी ग्राहक जोडिएका छन् । कम्पनीका संस्थापक तथा सीईओ शंकर उप्रेतीले आफ्नो डिजिटल […]

मधानी मेलाको क्रेज (तस्बिरहरु समेत)

साझा कथा । उपराष्ट्रपति नन्दबहादुर पुनले शनिबार उदघाटन गरेको तेस्रो मधानी महायज्ञ तथा मेला सम्पन्न भएको छ । रौतहटको मौलापुर नगरपालिका–५ स्थित पतौरास्थित प्राचीन महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने लक्ष्य सहित मधानी महोत्सव आयोजना गरिएको थियो । मेलामा लाखौँको सहभागिता भएको मौलापुर नगरपालिकाले जनाएको छ । भोजपुरी सिनेमाका कलाकार पवन सिंह, सुपरस्टार काजल […]

खबरदार प्रजातन्त्रका ठेकेदार !

साझा कथा विशेष निरंकुशताको जर्जरता विरुद्धको क्रान्तिपछि आएको दिन थियो फागुन ७ । जहाँ नेपाली मुक्त बनेका थिए । स्वतन्त्र बनेका थिए । कुण्ठित विचार र कुण्ठित अधिकारको १०४ बर्षीय जहानीयाँ तानाशाही राणा चक्रलाई घुँडा टेकाएको दिन थियो, वि.सं. २००७ फागुन ७ अर्थात वर्तमान व्यवस्थाको जननी दिन ।

प्रजातन्त्र प्राप्तिको २४ घन्टाः दैनिक पत्रिका ‘आवाजको’ उदय !

विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी क्षेत्रबाट अर्थात् कुनै व्यक्तिको पहलकदमीबाट दैनिक पत्रिका प्राप्त गर्नुलाई समान्यरूपमा मात्र लिन सकिँदैन । त्यस समयका युवाकवि शिद्धिचरण श्रेष्ठले ‘आवाज’ नामको दैनिक पत्रिका विसं २००७ फागुन ८ गते प्रकाशन गरेका […]

आज प्रजातन्त्र दिवस, टुँडिखेलमा मूल समारोहको आयोजना हुँदै

साझा कथा । नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट विसं २००७ फागुन ७ गते राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँयुग प्रारम्भ भएको थियो । मुुलुकमा प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, […]

नेपालको “जीत ह्याट्रिक”

साझा कथा । त्रिवि किक्रेट मैदान काठमाडौंमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गतका तीन खेलमा नेपालले लगातार जीत निकालेको छ । आज शनिबार नामिबियालाई ३ विकेटले हराउँदै नेपालले जीतको ह्याट्रिक गरेको हो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले […]

स्थापना दिवसमा नेपाली सेनाको हर्ष बढाइँ

साझा कथा । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शनिवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ । नेपाली सेनाले शनिवार मुलुकभर विविध कार्यक्रम गरी २ सय ६० औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख […]

मावन बेचबिखनका घटना बढ्दै

वैदेशिक रोजगारलगायत विभिन्न बहानामा मानव बेचबिखनका घटना दिनदिनै बढिरहेका छन् । प्रहरीको निगरानी तथा सचेतना अभियानका बाबजुद पनि बेचबिखनका घटना देखिँदै आएका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार माघमा मात्रै विभिन्न मुलुकमा बेचबिखनमा परेका ३० जनाको उद्धार गरिएको छ । त्यसमध्ये भारतबाट मात्रै १५ महिला र चार बालबालिकाको उद्धार गरिएको तथा […]

फागुन ७ – घाम उदाएको दिन, अब गरिबी अन्त्यका लागि लडौँ

कृष्ण अधिकारी जनताको आन्दोलनले निरंकुश राणा शासनलाई घुँडा टेकाएको सात दशक पूरा भएको छ । एकसय चार वर्षसम्म राणाहरुको स्वेच्छाकारी शासनले जनताको हकहितलाई कुन्ठित पारेको थियो । मानव अधिकारको उपयोग गर्न पाएका थिएनन् । राणाहरुको निरङ्कुश शासनबाट दबिएका जनता विस्तारै सङ्गठित भई प्रजातन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए । देशमा विद्यमान एकतन्त्रीय राणा शासनविरूद्ध सुरू […]

महाशिवरात्रीमा पशुपति दर्शन गर्नेको भीड – दर्शनार्थी भन्छन्, ‘व्यवस्थापन राम्रो छ’

साझा कथा । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधनासहित मनाइँदैछ । आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्ने गरिन्छ । पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भीड रहेको छ । आज बिहानैबाट भक्तजनहरु […]

कसरी प्रतिबन्ध लगाइयो गाँजा ? तामाङ भन्छन्, “प्रतिबन्ध तत्काल फुकुवा हुनुपर्छ”

साझा कथा । २०३३ सालदेखि प्रतिबन्धित गाँजा फुकुवा गर्नका लागि सरकारले तयारी थालेको छ । गाँजा खेतीसम्बन्धमा अवधारणा तयार पारिसकेको सरकारको थालनी नयाँ भने होइन, तर अहिलेसम्म यसको प्रभावकारी कार्यान्वयन भएको छैन । सन १९६१ को मार्चमा संयुक्त राष्ट्रसंघको सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग १९६१ पारित गरेको थियो । जसले गाँजालाई लागुऔषध […]

“१० दिनभित्र नयाँ कोर्ष सुरु हुन्छ”

साझा कथा । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् । शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै लेखकले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने जिकिर गरे । एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखाएको आरोप […]

ओली सरकारले ल्याएको विधेयक फिर्ता

साझा कथा । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको हो । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता […]

कुशल र दीपेन्द्रको उत्कृष्ट प्रदर्शनमा नेपालको शानदार जीत

साझा कथा । दुई ब्याट्सम्यान कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले स्कटल्याण्डमाथि शानदार जीत हात पारेको छ । स्कटल्याण्डले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल तीन विकेटले विजयी भएको हो । नेपालले जारी त्रिकोणात्मक श्रृंखलामा लगातार दोस्रो जित निकालेको हो । नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको […]

बैंकहरु विरुद्ध उद्योगी, व्यवसायीहरुको प्रदर्शन

साझा कथा । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुबिरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले बढाएको चर्को ब्याजदर बिरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरुमा रहेको सिण्डिकेटका अन्त्य र बैंकको ज्यादती बिरुद्ध सडक आन्दोलन […]

पर्वको राजा महाशिवरात्री (पशुपति सेरोफेरोको फोटो फिचर)

साझा कथा । महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । शिवजी उत्पत्ति भएको रातका नामबाट शिवरात्री नामकरण भएको हो । यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा […]

हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम

साझा कथा । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेकोे छ प्रदेशका १५ जिल्लामा औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, […]

राष्ट्रपतिमा माओवादीले सघाए पूर्ण कार्यकाल प्रधानमन्त्री बन्न दिने काँग्रेसको संकेत

साझा कथा । नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने […]

चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ‘खतरामुक्त’

साझा कथा । नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । अहिले मुम्बई स्थित नेशनल बर्न सेन्टरमा आईसीयुमा उपचाररत भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. सुनिल केस्वानीका अनुसार शरीरमा फ्लुईडको मात्रा कम छ । भण्डारीको आज शुक्रबार सर्जरी गर्ने तयारी छ । डा. संदीप मिस्त्रीका अनुसार भण्डारीका सबै पारामिटरहरू सामान्य रहेको […]

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की

साझा कथा । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको आरोप लगाइन् । शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण आर्थिक अवस्था कमजोर रहेका नेपालीहरुले छोराछोरीहरुलाई अध्ययन गराउन नसकेको भन्दै उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत […]

ठेक्कापट्टामा संलग्न व्यक्ति अनेरास्ववियुको अध्यक्ष, प्रतिनिधिलाई सिध्याइदिने धम्की

साझा कथा । सत्तारुढ प्रमुख घटक नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । बडाल ९६५ मतसहित विजयी भएका हुन् । अनेरास्ववियु निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत कुमार खकुरेलका अनुसार बडालका निकटतम प्रतिष्पर्धी आरसी लामिछानेले ३५६ मत प्राप्त गरे । यसैगरी, अध्यक्ष पदका अर्का उम्मेदवार लोकेश निरौलाले ११३ र मोति विकले ७८ […]

गण्डकी प्रदेशको स्थापना दिवसमा के भने प्रदेश प्रमुख र मुख्यमन्त्रीले ?

साझा कथा । गण्डकी प्रदेशले आफ्नो स्थापना दिवस मनाएको छ । सो अवसरमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने बताए । आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताए । […]

हुने नै भयो स्ववियू चुनाव, मतदान चैत ५ गते

साझा कथा । अन्यौलमा रहेको स्ववियु निर्वाचन हुने निश्चित भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले गत पुस २२ गते आगामी चैत ५ गते […]