चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन

साझा कथा । चितवन निर्वाचन क्षेत्र नं २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चको फैसलासँगै खारेज भएपछि सो क्षेत्र रिक्त रहेको थियो । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते […]

जनजीविकाका सवालमा आवाज बुलंद पार्दै सांसदहरु

साझा कथा । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले जनजीविकाका सवाल, राष्ट्रिय मुद्दा र स्थानीय स्तरका मुद्दाका विषयमा आफ्नो आवाज मुखरित गरेका छन् । उनीहरुले आत्महत्याका घटनादेखि पहाडी जिल्लामा समयमा पुस्तक नपुग्नेसम्मका विषय उठान गरेका छन् । साथै विमानस्थल सूचारु गर्ने र सडक निर्माणको काममा समेत उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेसका सांसद […]

मौद्रिक नीतिको समीक्षापछि पनि खुशी भएन शेयर बजार

साझा कथा । मौद्रिक नीतिको अर्धबार्षिक समीक्षापछि बढ्ने अनुमान गरिएको शेयर बजारमा अपेक्षा विपरित उच्च गिरावट आएको छ । आइतबार नेप्से सूचक झण्डै ३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गरेको थियो ।लगानीकर्ताले राखेका मागहरुका सम्बन्धमा उक्त समीक्षामा सम्बोधन नभएपछि लगानीकर्ताहरु निराश देखिएका छन् । आइतबार बजार खुलेदेखि […]

सुशील कोइरालाको स्मृतिमा “राजद्रोही राजनेता” प्रदर्शन

साझा कथा । पूर्व प्रधानमन्त्री सुशील कोइरालाको सातौँ स्मृति दिवसको अवसर पारेर राजद्रोही राजनेता वृत्तचित्र प्रदर्शन गरिएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटिमण्डपस्थित नेपाल पर्यटन बोर्डमा वृत्तचित्र प्रदर्शन गरिएको हो । वृत्तचित्र हेर्नका लागि पूर्व राष्ट्रपति डा. रामवरण यादव, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत राजनैतिक व्यक्तिहरु, डा. भोला रिजाल, डा. आनन्द […]

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
गरिखाने वातावरण नभएको भन्दै व्यवसायीहरु आन्दोलनमा

साझा कथा । उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध संयुक्त सडक आन्दोलन घोषणा गरेका छन् । सघर्ष समितिका संयोजक नरेश कटुवालले फागुन ५ गते उद्योगी व्यवसायीहरुका छाता संगठनका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु बिरुद्ध वृहत संयुक्त सडक आन्दोलन गर्ने घोषणा गरेको जानकारी दिए । व्यवसायीहरुले पछिल्लो समय […]

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि सच्याउन सरकार बाध्य

साझा कथा । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्था कार्यविधि सच्याउन सरकार तयार भएको छ । राष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सवारीका नाममा आमनागरिकले दुःख पाएको र माघ २७ गते चिकित्सहरु घाइत हुनेगरी भएको प्रहरी हस्तक्षेपको घटनाले सरकारलाई कार्यविधि सच्याउन बाध्य पारेको हो । यही माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा खाली गराइएको सडकमा निस्किएको […]

“राष्ट्रपतिमा विमति छ भन्ने हल्ला मात्रै हो, रास्वपा सरकारमा आउन सक्ने”

साझा कथा । सत्तारुढ दलका नेताहरुले राष्ट्रपति चयनका सम्बन्धमा सरकारमा रहेका दलहरुबीच नै विमति छ भन्ने कुरा हल्ला मात्रै भएको बताएका छन् । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाउँदै राष्ट्रपतिको निर्वाचनमा साझा उमेदवार बनाउने सहमति गरेको छ । बैठकपछि सञ्चरर्मीहरुसँग कुरा गर्दै उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रपतिको […]

डाक्टरहरुको आन्दोलनका कारण विरामी मर्कामा, सेवा सूचारु गराउन पहल जारी

साझा कथा । नेपाल चिकित्सक संघको आव्हानमा मुलुकभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा अवरुद्ध हुँदा विरामीहरु मर्कामा परेका छन् । नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाको बिरोधमा चिकित्सक संघ आन्दोलित भएको हो । नेपाल चिकित्सक […]

“पल शाहको अभावले चलचित्र क्षेत्र नै खल्लो”

साझा कथा । अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताएकी छन् । उनले पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको समेत बताइन । चलचित्र मनसँग मनको विशेष शोमा संचारकर्मीसँग कुरा गर्दै शर्माले आफूलाई पल शाह शाहरुख खान जस्तै लाग्ने समेत बताइन् […]

सुदुरपश्चिमको बाछिटा लुम्बिनीमा

साझा कथा । सुदुरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै त्यसको असर अन्य प्रदेशमा पनि देखिन थालेको छ । खासगरी केन्द्रमा हुन लागेको राष्ट्रपतिको चुनावमा एमालेको उमेदवारलाई माओवादीले सघाउने वा नसघाउने आशंकाबीच प्रदेशमा समीकरण परिवर्तन हुँदैछ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले नेतृत्वका प्रदेश सरकारहरु ढलाउने योजना सुनाइरहेका बेला […]

राष्ट्रपतिको सवारीका क्रममा डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित

साझा कथा । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी  निलम्बनमा परेका छन्। । जिल्ला प्रहरी परिसर काठमाडौँले वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पोशराज पोखरेलले  जानकारी दिए । गुरुङ प्रहरी वृत्त जनसेवामा कार्यरत थिए । शुक्रबार नेपाल चिकित्सक संघका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा […]

पूर्वमन्त्री श्रेष्ठलाई मातृशोक

साझा कथा। पूर्व मन्त्री रामकुमार श्रेष्ठलाई मातृशोक परेको छ । उनकी आमा कृष्णकुमारी श्रेष्ठको एक सय एक वर्षको उमेरमा आज असामयिक निधन भएको हो । रामकुमार श्रेष्ठ खिलराज रेग्मी प्रधानमन्त्री हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र शान्ति मन्त्रालय गरि ३ मन्त्रालयको मन्त्री भइसकेका छन् । “आमा साँझ खाना खाएर सुत्नु भएको […]

प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक घाइते

साझा कथा । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते भएका छन् । संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका एक […]

नेपाली युवामाझ प्रेमिल बन्दै भ्यालेन्टाइन (फोटो फिचर)

साझा कथा । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे । प्रेम जोडीहरूका लागि महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रश्ताव राख्ने मनशाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण मानिन्छ । विशेष गरी यो दिवस १४ फेब्रुअरीका दिन विशेष रुपमा मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । […]

अबदेखि आरोप प्रमाणित नहुँदासम्म सांसद निलम्बन नहुने

साझा कथा । फौजदारी अपराधको मुद्दाको अन्तिम किनारा नहुन्जेल आरोपित सांसदको पद कायम नै रहने भएको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले फौजदारी अभियोग पत्र दायर भएदेखि अदालतले दोषी प्रमाणित नगर्ने समयसम्म आरोपित सांसदको पद कायम नै राख्ने सम्बन्धमा सहमति जुटाएको हो । तर सम्पूर्ण कानूनी प्रक्रियाका क्रममा आरोपित सांसदको […]

“नयाँ पार्टीलाई स्थापित दलहरुले सिध्याउने प्रयास गरेका छन्”

साझा कथा । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले वैकल्पिक शक्तिको एजेण्डा बोकेर आउनेहरुलाई स्थापित दलहरुले नै सिध्याउने गरेको आरोप लगाएका छन् । शुक्रवार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै राउतले नयाँ एजेण्डा बोकेर आउने राजनीतिक दलहरुलाई स्थापित दलहरुलै कुनै न कुनै मुद्दा लगाएर असफल बनाउने प्रयास भइरहेको जिकिर गरे । उनले नयाँ शक्तिको एजेण्डा […]

संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीको सम्बोधन (पूर्ण पाठ)

साझा कथा ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधनका क्रममा व्यक्त गरिएका विषय आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास व्यक्त गरेकीछन् । प्रतिनिधिसभामा सांसद नवनिर्वाचित भएपछिको पहिलो संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले तीनै तहका सरकारी संयन्त्र नागरिकका आकाङ्क्षा पूरा गर्न लाग्ने विश्वास व्यक्त गरिन । नेपाल र नेपालीको सद्भावनालाई कायम राख्दै […]

विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

साझा कथा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव […]

राष्ट्रपति भण्डारी सङ्घीय संसद्को संयुक्त बैठक सम्बोधन गर्दै

साझा कथा । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई अहिले सम्बोधन गर्दै छिन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका प्रतिनिधि सभाको बैठक कक्षमा बसेको संयुक्त बैठकलाई राष्ट्रपतिले संविधानको धारा ९५ बमोजिम सम्बोधन गरेकीहुन । राष्ट्रपतिको सम्बोधन प्रतिलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै टेबल गर्नेछन । राष्ट्रपतिले सम्बोधन […]

निक्षेप 9 दशमलव 4 प्रतिशतले बढ्यो

साझा कथा । चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप नौ दशमलव चार र कर्जा चार प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कूल निक्षेप नौ दशमलव चार प्रतिशतले वृद्धि भई रू ५२ […]

उपत्यकाका ५५ स्थानमा ट्राफिक बत्ती जडान गरिने

साझा कथा । काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढे सङगै ५५ स्थानमा ट्राफिक बत्ती जडान गरिदैँ । सडक विभागले काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ । हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारीसाधन व्यवस्थापन हुन नसकेको भन्दै विभागले नयाँ प्रणालीको तयारी अघि […]

दूरसञ्चार प्राधिकरणद्वारा प्रभु र एलएनटी नेटको लाइसेन्स खारेज

साझा कथा । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो । इन्टरनेट (इमेलसहित) प्रमु डिजिटल (अनुमतिपत्र नं फि.ज १–१२१) र एलएनटीले (अनुमतिपत्र नं फि.ज १–१२२) नवीकरणका लागि नियमानुसार निवेदन […]

रविको पासपोर्टमाथीको उजुरीको छानविन जारी

साझा कथा । नागरिकता प्रकरणमा उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पासपोर्टमाथिको छानविन सुरु भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले रविको पासपोर्टका सम्बन्धमा परेको उजुरीबारे अनुसन्धान थालेको हो । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको छ । […]

राष्ट्रपतिले आज सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्दै

साझा कथा । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छिन् । आज अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। राष्ट्रपतिले गर्नुभएको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने सङ्घीय […]

महिना दिनमै ढल्यो सुदुरपश्चिम सरकार, अब काँग्रेसले पहल गर्ने

साझा कथा ।  सूदुरपश्चिम प्रदेश सरकार १ महिना नपुग्दै ढलेको छ । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन् । उनले आफूलाई प्रदेशसभाको विश्वास छ भनेर राखेको प्रस्ताव नै प्रदेशसभाले बहुमतले अस्वीकृत गरेको हो । मुख्यमन्त्ती नियुक्त भएको ३० दिनभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत पाउन नसकेर उनी पदमुक्त भएका हुन् […]

परवेज मुसर्रफ – चतुर शासकको दुःखद अन्त्य

रामप्रसाद आचार्य सार्कको सदस्य मुलुक पाकिस्तान राजनीतिक अस्थिरता र आतङ्कवादी हिंसाका कारण बारम्बार चर्चामा आइरहन्छ । त्यहाँको लोकतन्त्र बलियो छैन । राजनीतिक अस्थिरताले निर्वाचित लोकतान्त्रिक सरकार कमजोर बन्दा सेनाको मनोबल बढ्छ र सैन्य नेतृत्वले सत्ता लिने गर्छ । लोकतान्त्रिक सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिने त्यस्तै एक जना पूर्वशासक थिए, परवेज मुसर्रफ । सत्ता हातमा […]

“निर्वाचन धेरै खर्चिलो र भड्किलो भयो, सच्याउँ”

साझा कथा । राजनीतिक दलका नेताहरुले निर्वाचन प्रणाली निकै खर्चिलो भएको भन्दै कम खर्चमा निर्वाचन सम्पन्न हुनेगरी व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएका छन् । विहिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित दलका शिर्ष नेताहरु तथा दलका प्रतिनिधिसँग निर्वाचन आयोगले निर्वाचन प्रणाली सुधारको सम्बन्धमा छलफल गरेको थियो । सो छलफलका क्रममा नेताहरुले निर्वाचन प्रणाली निकै […]

सुदूरपश्‍चिम प्रदेश सभाको प्रथम अधिवेशन,मख्यमन्त्रीले विश्वासको मत माग्ने (लाइभ)

दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन, सातौ बैठक, प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, मिति २०७९-१०-२६

दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन, सातौ बैठक, प्रदेश सभा, सुदूरपश्‍चिम प्रदेश, मिति २०७९-१०-२६

अन्तिम २० मिनेटमा उल्टियो मार्केट

साझा कथा । मंगलबार उच्च अंकको वृद्धि चुमेको शेयर बजारले विहिबार सामान्य सुधार गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम समयमा खरिद चाप बढ्दा शेयर बजार सकारात्मक लयमा फर्किएको छ । सुरुवाती समयमा नकारात्मक देखिएको बजार अन्तिममा भने १२ दशमलब ४५ अंकले बढेको छ । दोहोरो अंकको सामान्य सुधार हुँदा बजार २१८२.६३ विन्दुमा […]

कहाँ पुग्यो पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति ?

साझा कथा । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माणले सोचे अनुरुपको प्रगति हासिल गर्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै काम सम्पन्न भएको रेल विभागले जनाएको छ । हालसम्म बर्दिवासबाट निजगढसम्म ७० किमी निर्माणको मात्रै योजना बनेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताए […]

पोखराको वायु प्रदूषण इन्डेक्स ‘खतरनाक’

साझा कथा । स्वच्छ र सफा सहरको परिचय बनाएको पोखराको वायु प्रदूषणको इन्डेक्स भने ‘खतरनाक’ आएको छ । स्वच्छ ऊर्जा नेपालले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार प्रदूषणको सूचक तीन सयभन्दा माथि आएकाले पोखराको वायु प्रदूषण खतरनाक मानिएको हो । स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै […]

“अन्तर्राष्ट्रिय विमानस्थलमा सुधार हुँदैछ, आंशिक सन्तुष्ट छु”

साझा कथा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउँदै आफू आंशिक सन्तुष्ट रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलको आज (विहिबार) तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा […]

के हो अटिजम ? बच्चाहरुलाई कसरी जोगाउने ?

बच्चा जन्मिएपछि विस्तारै शरीरिक तथा मानसिक विकाससँगै बौद्धिक विकास हुन्छ । हिँडडुल गर्ने, संवाद गर्ने, सामाजिक अन्तर्क्रिया गर्ने, सामाजिक व्यवहारहरु सिक्दै जाने बच्चाको सामान्य विकासक्रम हो । बच्चा समाजमा घुलमिल हुन सक्दैन, साथी बनाउन सकेको छैन, बच्चा एकोहोरो हुने, एउटै खाले काम गरिराख्ने, नयाँ वातवरणमा घुलमिल हुन नसक्ने जस्ता लक्षण देखिएमा अटिजम भएको हुन सक्ने […]

सिंहदरबारमा मेलम्चीको पानी, अब जार र बोतल निषेध

साझा कथा । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौं उपत्यकाका विभिन्न ठाउँ पुग्न बाँकी छ । उपत्यकाको चक्रपथभित्र समेत पानी वितरण भइसकेको छैन भने मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी आज (विहिबार) देखि बल्ल वितरण सुरु भएको छ । त्यसको लागि बुधबार पानी वितरण कार्यको परीक्षण गरिएको थियो । यसअघि दुई पटक […]

“एमसीसी इन्डोप्यासेफिकको अंग होइन, प्रचण्डलाई अमेरिकामा निम्तो”

साझा कथा । अमेरिकी सहायता नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावरले अमेरिकाले नेपालमा गर्ने लगानी भूराजनीतिसँग नजोडिएको स्पष्ट पारेकी छन् । एमसीसी परियोजनामा गरिएको लगानीतर्फ संकेत गर्दै पावरले एमसीसी इन्डो प्यासेफिक लगायत भूराजनीतिक एजेण्डाहरुसँग सम्बन्धित नरहेको बताएकी हुन् । दुई दिने नेपाल भ्रमणको अन्त्य गर्दै उनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालसँगको मित्रताको सम्बन्धलाई थप बिस्तार […]