काँग्रेस नेता उमेश श्रेष्ठको केटाकेटी पारा

साझा कथा । नेपाली काँग्रेसका नेता तथा पार्टी सभापति शेर बहादुर देउवा पत्नी आरजु राणाका विश्वासपात्र उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने माग गरेका छन् ।  निर्वाचनको सामान्य सिद्दान्त समेत ख्याल नगरी श्रेष्ठले निर्वाचन आयोगमा आफूलाई विजयी गराउन दाबी गरेका […]

रहेनन् नेपालको पहिलो गर्भनर र अर्थसचिव

साझा कथा । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ९५ वर्षका उमेरमा राणाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा निमोनिया भएपछि उपचारका लागि भर्ना भएका थिए । हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत थिए […]

को बन्ला राष्ट्रिय सभा उपाध्यक्ष ?

साझा कथा । आइतबार राष्ट्रिय सभा उपाध्यक्ष पदको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्म रहेको संसद सचिवालयले जनाएको छ । सत्ता पक्षबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याललाई उम्मेदवारको रुपमा अघि सारे पनि विपक्षी दलले आजसम्म पनि उम्मेदवार टुंगो लगाएको छैन । राष्ट्रिय सभा उपाध्यक्षको पदको उम्मेदवार चयन गर्न […]

नेपालमा सूचना प्रविधिः म्याग्नेटो सिस्टमदेखि फाइभजीसम्म

साझा कथा । विसं १९७० मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो । नेपाल टेलिकमका अनुसार विसं १९७२ मा विश्वयुद्ध सुरु भएपछि संसारभर नै दूरसञ्चार सेवाको महत्व बढ्दै गयो। यही क्रममा ब्रिटिस सरकारको अनुरोधमा नेपाली सेनाले विश्वयुद्धमा उनीहरुलाई सघाएपछि नेपालमा दूरसञ्चार क्षेत्रमा चासो बढेको थियो। विसं १९७२ मा काठमाडौंबाट वीरगन्जसम्मका […]

भारतमा बली दिन लगिएकी नेपाली बालिकाको उद्दार

बली दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । “बालिकालाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, […]

“राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति काँग्रेससँग छ”

साझा कथा । नेपाली काँग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति आफ्नो पार्टीमा मात्रै रहेको दावी गरेका छन् । नेता कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको तर्क समेत गरे । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले […]

अर्घाखाँचीको कथा – खेतबारी बाँझै, बसाइ सर्नेको ताँती

खेतबारी बाँझै, युवाजति शहर वा विदेश, १० बर्षमा २५ हजारले जनसंख्या घट्यो तत्कालीन सबै गाविसहरुमा मोटरबाटो पुग्ने जिल्लाको रुपमा परिचित अर्घाखाँची लुम्बिनी प्रदेशको पहाडी जिल्ला हो, जहाँ विकास अन्य जिल्लाको तुलनामा सन्तोषजनक नै छ । साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै […]

कसले गर्यो, कसले गरेन भ्रष्टाचार ?

रामकृष्ण शर्मा – हामी सडकमा थुकिदिन्छौँ । हामी सोँच्छौँ, मैले नथुकेपनि सारा मान्छेले थुकिरहेका छन् । मैले मात्रै नथुक्दा के हाम्रो सडक सफा हुन्छ त ? – कुनै सानो काम गर्दा अनावश्यक लाभ लिनुपरे हामी सोँच्छौँ, सबैले त खान्छन्, मैले नखाँदा मुलुक सप्रने हो र ? – हामीलाई लाग्छ, सबै पैसा र शक्तिको पछि कुदिरहेका […]

अब नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट पनि

यात्रुको सहज पहुँचका लागि भन्दै आजबाट ई सेवाबाट नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको टिकट काट्न मिल्ने व्यवस्था भएको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो । एयरलाइन्सले अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुका लागि टिकट सिस्टम छुट्टा छुट्टै बनाएको छ । […]

यसरी हुन्छ स्थानीय तह गतिशील, असफल हुने छुट छैन

कृष्णहरि बास्कोटा निजामती सेवा ऐन, २०४९ र सुशासन सञ्चालन तथा व्यवस्थापन ऐन, २०६४ मा कार्यसम्पादन करार सम्झौताको व्यवस्था छ । निजामती सेवा ऐन, २०४९ मा कुनै पनि कर्मचारीलाई विभागीय प्रमुख वा कार्यालय प्रमुख पदमा पदस्थापन वा सरुवा गर्दा नेपाल सरकारले त्यस्तो पदमा रही गर्ने कार्यको प्रशासकीय कार्यप्रकृति र कार्यविवरणको अधीनमा रही सम्बन्धित पदाधिकारीसँग कार्यसम्पादन सम्झौता […]

राजेश हमाल भन्छन्, “म कहिल्यै बुढो हुँदिन”

साझा कथा । म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच म्युजिकल फिल्म गल्ली सार्वजनिक भएको हो । १० मिनेट ३५ सेकेण्डको म्युजिकल फिल्म गल्लीको सार्वजनिक कार्यक्रममा बोल्दै महानायक राजेश हमालले कुनैपनि कला पस्किँदा एउटा व्यक्तिको मात्रै श्रेय नहुने बताए । आफूले पनि मन बुढो भएन भन्ने गीत गाउने प्रयास गरेको जानकारी गराउँदै […]

रविको केसमा केपी ओलीको देखाउने र चपाउने दाँत

साझा कथा । पछिल्लो ५ बर्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चतुर राजनीतिज्ञको रुपमा जबर्जस्त उभ्याएका छन् । पार्टीभित्रको समीकरण होस् या बाह्य उनले अनेक गोटी चाल्दै राजनीतिलाई आफ्नो पक्षमा पार्दै आइरहेका छन् । पछिल्लो निर्वाचनपछि केन्द्र र प्रदेशको सत्ता गुमाइसकेको एमालेले ओलीकै चातुर्यताका कारण कमव्याक गरेको छ । तर कतिपय सवालमा ओलीले […]

फरार सूचीमा रहेका सांसद चौधरी पक्राउ

साझा कथा । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले फरार सूचीमा रहेका सांसद चौधरीलाई आज दिउँसो २ बजे कैलाली टीकापुरबाट पक्राउ गरिएको जानकारी दिए । कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई शुक्रबार धनगढी जिल्ला अदालत बुझाउने तयारी रहेको प्रवक्ता पोखरेलको […]

नयाँ हवाई उडान व्यवस्था लागु हुँदै

नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रिस्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ । प्राधिकरणले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यवसायिक बनाउने उद्देश्यले उड्डयन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेर नयाँ हवाई उडान व्यवस्था लागू गर्ने लागेको हो । बुधवार प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले […]

“उपसभामुखलाई हेप्दा रहेछन्”

साझा कथा । उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको गुनासो गरेकी छन् । बिहीवार संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै रानाले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको गुनासो गरिन् । आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको उनको […]

किन भने रविले “म अभिमन्यू होइन ?”

साझा कथा । नागरिकता प्रकरणमा सर्वोच्चको आदेशले गृहमन्त्रीबाट पदमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लामो समयको मौनतापछि मुख खोलेका छन् । रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, […]

मानवनिर्मित जलाशयहरु बरदान साबित

साझा कथा । दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको योजनामा ७ बर्षमा ४३ मानवनिर्मित जलाशय निर्माण भएपछि स्थानीयका लागि बरदान साबित भएको छ । यी जलाशयले घोराहीको विकास र समृद्धिका लागि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य छ । यस अवधिमा […]

रोचक प्रसंग – १४ बर्षमा १६ बच्चा, थप चार जन्माउने योजना

साझा कथा । १४ बर्षमा लगातार १६ बच्चा जन्माउने कुरा आफैँमा आश्चर्यजनक र रोचक छ । अमेरिकाकी एक महिलाले विहे भएको १७ बर्षमा १६ वटा बच्चा जन्माइसकेकी छिन् । उनी पुनः सत्रौँ बच्चाकी आमा बन्नेवाला छिन् । उनको गर्भमा रहेको बच्चाको जन्म आगामी मार्चमा हुने अपेक्षा गरिएको छ । आफ्नो जीवनकालमा २० वटा बच्चा जन्माउने […]

विश्व सिमसार दिवस – प्रकृतिको अनुपम उपहार जोगाउनै चुनौती

आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्र असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन । शुक्लाफाँटा राष्ट्रिय […]

३ जनाको ज्यान लिने चर्चित पुल – ९ बर्षमा बल्लतल्ल सम्पन्न हुँदै

साझा कथा । सरकारले निर्माण व्यवसायीहरुमाथी कडाइ नगर्दा निर्माणाधीन विकासका आयोजनाहरु लामो समयसम्म अलपत्र पर्ने गरेका छन् । मुलुकमा निर्माण हुने सडक, पुल वा अन्य भौतिक पूर्वाधार निर्धारित समयमा सम्पन्न हुने सम्भावना विरलै हुन्छ । यस्तै नियति भोगेको छ, चितवनको ठिमुराबाट तनहुँको पवित्र धार्मिकस्थल देवघाट जोड्ने पक्की पुलले । सो पुल निर्माण सुरु गरेको नवौँ […]

बागलुङमा पनि आत्मदाहको प्रयास

साझा कथा । विभिन्न कारण जीवनप्रति वितृष्णा पलाएका व्यक्तिहरुले आत्मदाह गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । केही समय अघि राजधानीमा इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेको घटनापछि विभिन्न जिल्लामा उस्तै प्रकृतिका आत्मदाहका घटनाहरु सार्वजनिक हुन थालेका छन् । बुधबार पनि बागलुङमा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले […]

अपाङ्गता भएका व्यक्ति पनि छोडेन बालेन प्रहरीले

साझा कथा । सडक व्यापारी र अवैध संरचनाप्रति कठोर बनेको काठमाडौं महानगरपालिका कतिपय सवालमा भने निर्मम र असंवेदनशील देखिने गरेको छ । दैनिक गुजारा चलाउन काठमाडौंका सडकमा व्यापार व्यवसाय गर्ने निम्नवर्गीय माथी कठोर बनेका मेयर बालेन शाह अमानवीय व्यवहार गर्ने महानगर प्रहरीका क्रियाकलाप चुपचाप हेरिरहेका छन् । महानगर प्रहरीले सामान्य मानवीय संवेदना समेत ख्याल नगरी […]

प्रेमको आत्मदाह र लज्जित राज्य

साझा कथा । निर्वाचनदेखि निर्वाचनसम्मको तयारी गर्ने राजनैतिक दल र उनीहरुका नेतृत्वको कारण देश विकराल समस्यामा फस्दै गएको छ । २०४६ को राजनैतिक परिवर्तनपछि मुलुकले अपेक्षित सामाजिक, आर्थिक परिवर्तनको गोरेटो समात्न नसक्दा कालो बादल मडारियो । २०६३ को ठूलो परिवर्तनपछि आशाको नयाँ संचार जागृत भएपनि पुरानै रोग बल्झियो । फेरि पनि राजनैतिक पार्टीहरुमा एउटा चुनावदेखि […]

ह्यारी की प्यारीको चर्चा

साझा कथा ।  नेपाली चलचित्र ह्यारी की प्यारीको प्रिमियर शो भएको छ । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै फिल्म निर्देशक डा. कपिल रिजालले आगामी दिनमा चलचित्र क्षेत्रलाई झनै राम्रो दिने र आफ्नो ब्यानरबाट फिल्म बनाउने कुरामा निरन्तरता दिइरहने बताए । उनले फिल्म आफूले सानो कोशिस गरेको र सबैले साथ दिनुहुनेमा विश्वस्त रहेको बताए । फिल्म […]

बाझाबाझ गर्दै सत्ता पक्षकै सांसद – “यो राम्रो संकेत होइन”

साझा कथा । विभिन्न रंगका पार्टीहरुको समीकरणबाट बनेको सरकारभित्र चलिरहेको रस्साकस्सी र मतभिन्नता संसदमा पनि पोखिएको छ । सत्तापक्षकै सांसदहरुले बुधबार बसेको प्रतिनिधि सभा बैठकमा एकअर्काप्रति रोष प्रकट गरेका छन् भने एकले अर्कालाई चूनौति पनि दिए । खासगरी संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे राप्रपाबाट सरकारमा गएका मन्त्रीहरुले बोलेको विषयलाई लिएर संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी […]

माघ २१ बाट महिला भलिबल प्रतियोगिता

साझा कथा । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने छैटौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता यसै सातादेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगिता यही माघ २१ देखि २४ गतेसम्म हुने आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । खड्काका अनुसार प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता रहेको छ […]

प्रतिनिधि सभा बैठक (LIVE)
भारतको झारखण्डमा आगलागीमा परी १४ को मृत्यु

नयाँदिल्ली, भारतको झारखण्ड राज्यमा आगलागीमा परेर १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् । जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्डको धनबादमा भएको […]

भोजपुरमा बालीघरे प्रथा कायमै, दलितहरु मर्कामा

साझा कथा । पछिल्लो समय हराउँदै गएको वर्षभरी काम गरेको ज्यालाको रूपमा अन्न लिने प्रथाको परिचित बालीघरे प्रथा अझै पनि केही जिल्लामा कायमै छ । भोजपुर यस्तै जिल्ला हो, जहाँका गाउँघरमा बालीघरे प्रथा कायमै छ । प्रथा कायम मात्रै छैन, सो चलन अुनसार काम गर्दै आएका व्यक्तिले श्रमअनुसारको ज्याला पाउन नसकेको गुनासो गर्दै आएका छन् […]

दिनभर हावा चल्छ तर हिउँ परेन मुस्ताङमा

साझा कथा । “जोमसोमे बजारमा, १२ बजे हावा सरर…” हेलिकोप्टर दुर्घटनामा परी निधन भएका तत्कालीन पर्यटनमन्त्री तथा एमालेका नेता स्व. रविन्द्र अधिकारीले लेखेको र नेपथ्यले गाएको यो गीत मुस्ताङमा गर्मी मौसमको समयमा लेखिएको थियो । जाडोमा अधिकाँश समय हिउँ परिरहने जोमसोममा माघ महिना सकिन लाग्दासम्म हिउँ परेको छैन । अहिले जोमसोममा १२ बजे मात्रै होइन, […]

सुन्दर सौराहाका सुन्दर चोकहरु (फोटो फिचर)

नेपालका विभिन्न पर्यटकीय गन्तव्य मध्येको एक हो चितवनस्थित सौराहा । पूर्वी चितवनको टाँडी बजारबाट ६ किलोमिटर दक्षिणमा रहेको सौराहा चिवतवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न जाने र जंगल सफारी गर्न जाने पयर्टकहरुको लागि उत्कृष्ट गन्तव्य हो । चितवनको नारायणगढबाट २२ किलोमिटर टाढा रहेको सौराहा पुग्दा बाटोमा विभिन्न चोकहरु आउँछन् । ती चोकहरुमा सजावट गरिएका विभिन्न जनावर […]

क्रिकेटर लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

साझा कथा । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले सर्वोच्चको सिद्धान्त, प्रतिवादनका हिसाबले त्रुटीपूर्ण रहेका कारण त्यसलाई सच्याउन माग […]

औषधीको अनलाइन सपिङ अनुगमन हुन्छः डा. तोसिमा

साझा कथा ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सामाजिक सञ्जालबाट आफ्नै ढंगले प्रचार गरी बजारमा विभिन्न खालका औषधिहरुको बिक्री भइरहेको भन्दै नियममन गर्ने संयन्त्र बनाउन आवश्यक रहेको बताएकी छन् । मंगलवार औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो नियमन गर्न निर्देशन पनि दिइन् । उनले […]

अन्तर बैंक एटीएम शुल्क घट्यो, दुई लाखसम्म पठाउन सकिने

साझा कथा । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार […]

खर्बपतिबाट अर्बपतिमा झरेका गौतमले लगानीकर्ता पनि डुबाए

साझा कथा । भारतीय अर्बपति व्यापारी गौतम अदानीका कम्पनीमा लगानी गरेका शेयरधनीहरु अत्तालिएका छन् । एक साता यता अदानी समूहका कम्पनीहरुको शेयर मूल्य ४६ प्रतिशतसम्म घटेपछि अदानी समूहको स्वामित्व भएका कम्पनीमा लगानी गर्ने सर्वसाधारण लगानीकर्ताको सम्पत्ति करीब आधाले घटेको छ । गएको बुधवार अमेरिकी वित्तीय कम्पनी हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता अदानीका कम्पनीको शेयर मूल्य ओरालो […]

भ्रष्टाचार गर्ने मुलुकमा नेपालको अवस्था सुध्रियो

नेपाल ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा, सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अङ्क (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिन्छ ।

नेपाल ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा, सूचकाङ्कमा १०० अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्ट जनाउँछ भने ५० भन्दा कम अङ्क (स्कोर) प्राप्त भएमा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा मानिन्छ ।