‘ जो जहाँ भएपनि मातृभुमि जागरणमा सँगै हातेमालो गरौं ‘- डा.भीम बहादुर रावल ( भिडियाे)

लामो राजनीतिक यात्रा पश्चात् डा. रावलले नयाँ सोच र दृष्टिकोणका साथ मातृभूमि जागरण अभियानको सुरुवात गरेका छन्। यस विशेष एपिसोडमा, हामी डा. रावलसँग उनको नयाँ यात्रा, राष्ट्रि य हितका मुद्दा, र समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा बारे गहन छलफल गर्दैछौँ।

अमरेश कुमार सिंहसँगको विशेष संवाद (भिडियाे)

साझा कथा The Bravo Delta Show मा नेपाली राजनीतिका चर्चित नेता अमरेश कुमार सिंह (अमरेश कुमार सिंह)सँग विशेष संवाद प्रस्तुत गरिएको छ। उहाँको राजनीतिक यात्रा, चुनौतीहरू, र नेपालको राजनीतिक परिदृश्यप्रतिको दृष्टिकोणबारे गहन छलफल गरिनेछ। नेपाली कांग्रेसका सदस्यदेखि स्वतन्त्र उम्मेदवारसम्मको यात्रामा सर्लाही–४ र सर्लाही–६ लाई प्रतिनिधित्व गर्दै उहाँले आफ्नो नेतृत्व क्षमता प्रस्तुत गर्नुभएको छ।

विश्वप्रसिद्ध न्यूरोसर्जन हेनरी मार्शसँगको विशेष अन्तर्वार्ता (भिडियाे)

हाम्रो नयाँ युट्युब भिडियोमा, हामीले विश्वप्रसिद्ध बेलायती न्यूरोसर्जन र लेखक हेनरी मार्शसँग गहन कुराकानी गरेका छौं। हजारौं जटिल मस्तिष्क शल्यक्रियाहरू सफलतापूर्वक सम्पन्न गरेका मार्शले आफ्नो विशेषज्ञता र मानवतावादी दृष्टिकोणका लागि विश्वव्यापी मान्यता पाएका छन्। उनले नेपालका ख्यातिप्राप्त न्यूरोसर्जन डा. उपेन्द्र देवकोटासँग मिलेर नेपालको न्यूरोसर्जिकल क्षेत्रको उन्नतिका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनको योगदान युक्रेनमा […]

शिक्षा, साहित्य र सांस्कृतिक सुधारमा जीवन समर्पित गरेका केदारभक्त माथेमा (भिडियाे)

वि. सं. २००० मा भारतको कालिम्पोङमा जन्मिएका केदारभक्त माथेमा शहीद धर्मभक्त माथेमाका भतिज हुन् ।  विश्व निकेतन स्कूल, त्रिचन्द्र क्याम्पस र त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै उनले २३ वर्षको उमेरदेखि शिक्षण पेशा थालेका थिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र जापानका लागि राजदूत भइसकेका माथेमाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान दिएका छन् । साहित्य, […]

कार्यविधिमा अल्झेको मुक्त कमैयाको पुनरुत्थान (भिडियो)

साझा कथा । एक समय थियो जतिबेला आफ्नो अस्तित्व र जीविकाको लागि श्रमिकहरु जमिन्दारको ऋण, जमिन र खाद्यान्हसित बाँधिएका हुन्थे । उनै अस्वतन्त्र बधुवा कृषि श्रमिकलाई नै कमैया, हलिया र हरवाचरवा भन्ने गरिन्थ्यो । पूर्वी तराईमा यसको नाम हरवाचरवा रह्यो भने पश्चिमी तराईमा कमैया, अनि मध्य र पश्चिमी पहाडी क्षेत्रमा हलिया । जहाँ जसरी चिनिए […]

विश्वकप खेल्ने सन्दीपको सपनामा तगारो बनेको अमेरिकी दूतावास (भिडियो)

साझा कथा । टी २० विश्वकप क्रिकेट खेल्न अमेरिका जाने तयारीमा जुटेका क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक पनि अमेरिकी दूतावासले भिसा रिजेक्ट गरिदिएको छ । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकपमा सामेल गराउने प्रक्रिया थालेको थियो । जस अनुरुप पहिलो पटक दिइएको अन्तर्वार्तामा दूतावासले भिसा नदिएपछि सन्दीपले पुनः […]

रोजगारी सिर्जनाका लागि सातै प्रदेशमा श्रमाधान रोजगार मेला (भिडियो)

साझा कथा । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने योजनाका साथ आयोजना गरिएको श्रमाधान रोजगार मेला भोलि (बिहीबार)देखि सुरु हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला बिहीबार कोशी प्रदेशको विराटनगरमा सुरु हुन लागेको हो । रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ […]

न्यायालयबाट न्याय पाएका सन्दीप

साझा कथा । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । उच्च अदालतले सफाइ दिएसँगै सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गराउने बारे छलफल हुन थालेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई टोलीमा समावेश गराउने बारे तयारी समेत थालिसकेको छ । बुधबार न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले […]

मेलम्चीको दुर्दशाः यो वर्ष पनि बर्खामा बन्द हुने

साझा कथा । यो वर्ष पनि बर्खा लागेसँगै काठमाडौंवासीले मेलम्चीको पानी खान नपाउने भएका छन् । बाँध क्षेत्रमा भेलबाढी आउँदा रोक्न सक्ने प्रविधि नहुँदा सुरक्षाका लागि बर्खा याममा काठमाडौं पानी पठाउन नसकिने खानेपानी विकास समितिले जनाएको छ । अघिल्ला वर्षहरुमा जस्तै मनसुन सुरु हुनेबित्तिकै यस वर्ष पनि पानी पथान्तरण रोकिने बताइएको छ । नेपालमा सामान्यतया […]

२२ सय जनाले एकैसाथ गरेको हाइकिङ ! (फोटो कथा)

साझा कथा । महिनैजसो हाइकिङ कार्यक्रम सञ्चालन गर्दै आएको चन्द्रागिरि हाइकर्स कम्यूनिटी (सीएचसी)ले यस पटक रेकर्ड नै तोड्यो । सम्भवतः नेपालमा यति ठुलो संख्यामा हाइकिङ कार्यक्रम नभएको हुनुपर्छ – जहाँ २२ सय जनाले एकैसाथ हाइकिङ गरे । सिमित समुदाय, समाज, पेशावर्ग वा संघसंस्थाले सिमित व्यक्तिको सहभागितामा सञ्चालन गर्दै आएको हाइकिङ कार्यक्रमलाई सीएचसीले रेकर्ड नै तोड्ने […]

आँखुखोला किनारवासीलाई शनिवार विहान सचेत रहन आग्रह

साझा कथा । आँखुखोला १ जलविद्युत आयोजनाले ड्याम खोल्न लागेको भन्दै शनिवार तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिकास्थित रिङ्नेमा रहेको ड्याम बैशाख २९ गते शनिबार विहान ६ बजे खोल्न लागेको हो । २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरेको सो ड्याम मर्मत गर्नका लागि खोल्न लागिएको […]

सन्दीपले विश्वकप खेल्ने/नखेल्ने फैसला जेठ १ मा हुने (भिडियो)

साझा कथा । नेपालका चर्चित क्रिकेट खेलाडी लेग-स्पिनर सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकप खेल्न पाउने सम्भावना अझै पनि जीवितै छ । विश्वकप क्रिकेटको नवौं संस्करणका लागि नेपाली टोलीको नाम पठाइसकेपनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था रहेका कारण सन्दीपले विश्वकप खेलेको हेर्ने आम नेपालीको सपना अझै पूरा हुन सक्छ । आईसीसीले विश्वकपमा […]

‘‘केही दिन पानी पर्न सक्छ, रेनकोट र छाता नभुल्नू’’

साझा कथा । स्थानीय र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा केही दिन बदली हुने भएको छ । पश्चिमी वायुसँगै भारतको मध्य क्षेत्रबाट न्यूनचापीय प्रणाली विकास भई बंगालको खाडीबाट नेपालमा जलवाष्पयुक्त हावाको प्रवेश भएको र त्यसले केही दिन पानी पार्ने सम्भावना रहेकाले केही दिन यात्रा गर्नेहरुले रेनकोट र छाता बोक्न नभुल्न सुझाइएको छ । मौसमविद् […]

बुहारीले धानेको सिरुबारी होमस्टे (फोटोकथा)

साझा कथा । क्या. रुद्रमान गुरुङले विसं २०५४ सालमा स्थापना गरेको सिरुबारी होमस्टे । स्याङ्जा जिल्लामा अवस्थित यो होमस्टे नेपालको पहिलो होमस्टे हो । सार्क राष्ट्रमै नमूना बनेको यो होमस्टेको सिको गरेर अहिले नेपालमा थुप्रै होमस्टेहरुको जन्म भएको छ । लाहुरेहरुले सुरुवात गरेको पुरानो स्थापित सिरुबारी होमस्टे सञ्चालनको जिम्मेवारी अहिले भने बुहारीहरुको काँधमा आएको छ […]

बालबालिकाले रुचाएको सौराहा (फोटो कथा)

साझा कथा । काठमाडौं उपत्यका भित्रका बालबालिकाको पहिलो गन्तव्य हो – जावलाखेलस्थित चिडियाखाना । किनकी, त्यहाँ बाघ हेर्न पाइन्छ । आफूले पढेको र मोवाइलमा देखेको हात्ती, गैंडा र लङ्गुर हेर्न पाइन्छ । पिँजडामा थुनेर राखिएको जनावरसँग यतिविध्न रमाउने बालबालिका जनावरसँगै खेल्न पायो भने के गर्लान् ? चितवनस्थित चितवन राष्ट्रिय निकुञ्ज (सौराहा) त्यस्तो गन्तव्य हो – […]

टेलिभिजनमा ‘यो नेपाली शिर उचाली’ कार्यक्रम ल्याउँदै हमाल

साझा कथा । महानायक राजेश हमालले संघर्ष र सफलताको कथा समेटिएको टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली’ सञ्चालन गर्ने भएका छन् । उनले पहिलो भाग यही चैत ३० गते शुक्रवार प्रशारण गर्दैछन् । सो कार्यक्रम हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथा युट्युव च्यानलबाट प्रसारण हुनेछ । कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर […]

भुषण दाहालको ‘द ब्राभो डेल्टा शो’ हिमालय टेलिभिजनमा आउँदै

टेलिभिजनकर्मी भुषण दाहालद्वारा सञ्चालित द ब्राभो डेल्टा शो नयाँ शैली र प्रस्तुतिका साथ पुनः दर्शक माझ आउने भएको छ । १ सय २४ भाग लामो यात्रापछि केही समय विश्राम लिएको यस कार्यक्रमको दोस्रो सिजन हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । प्रत्येक सोमबार प्रशारण हुने यस कार्यक्रम साझा कथा युट्यूब च्यानलबाट समेत प्रशारण हुनेछ । […]

भीमेश्वर विराजमान भएको भीमेश्वर नगरपालिका (भिडियोसहित)

साझा कथा । नेपालको एक प्रसिद्ध धार्मिक तीर्थस्थल मध्येको एक दोलखा भीमसेन अर्थात भीमेश्वर मन्दिर । मूर्तिमा पसिना आउँदा देशमा अनिष्ट हुन्छ भन्ने संकेत गर्ने जनविश्वासका कारण यो मन्दिर प्रसिद्ध छ । यही मन्दिरले दोलखा जिल्लालाई नै विश्वमानचित्रमा परिचित गराएको छ । यही मन्दिरको नामबाटै नामाकरण भएको एक नगरपालिका हो – भीमेश्वर नगरपालिका । यो […]

निरुद्देश्य एक दिन

बैशाखको पारिलो महिना थियो । सूर्यको ताप निकै बढी थियो बिहानैदेखि । मन र शरीरले उठ्न नमाने पनि भित्ताको घडी निरन्तर बगिरहेको थियो जसले मलाई बाध्य बनाउँथ्यो सधैँ उठ्नका लागि । आँखाबाट निन्द्रा विलाएपनि उठ्न मन लागेको थिएन । बिहानैदेखि एउटा अन्योलताले समात्यो मलाई । आज अफिस नजाउँ कि ? मनमा अन्योलताको तरङ्ग उठी रहे […]

कीर्तिपुरमा सम्पदा यात्रा सम्पन्न

साझा कथा । काठमाडौं उपत्यकाको एक ऐतिहासिक स्थलको रुपमा परिचित कीर्तिपुर क्षेत्रमा सम्पदा यात्रा गरिएको छ । कीर्तिपुरमा रहेका सम्पदाहरुको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको सम्पदा यात्रा चोभार गेटबाट आदिनाथसम्म सञ्चालन गरिएको थियो । कीर्तिपुर स्वयम्सेवक समाजले आयोजना गरेको सो यात्राले कीर्तिपुरको एक विशेष सम्पदाको रुपमा परिचित आदिनाथलाई प्रवद्र्धन गर्न […]

पर्यटनको राजधानी ‘पोखरा’ (भिडियो)

साझा कथा । पर्यटकीय आकर्षणको खानी रहेको पोखरा आफैमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । झनै, नेपाल सरकारले पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरेपछि पोखराले सबैको ध्यान तानेको छ । एक विशेष समारोहकाबीच प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले आइतबार पोखरालाई औपचारिक रुपमा पर्यटन राजधानी घोषणा गरेपछि यसको चर्चा सर्वत्र हुन थालेको छ । त्यहाँ भएका आकर्षक […]

घरको न्यास्रो मेटाउने सिरुबारी होमस्टे (भिडियो)

साझा कथा । सिरुबारी नेपालको पहिलो होमस्टे हो । जुन स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकास्थित गुरुङ गाउँमा पर्दछ । आमाहरुले सञ्चालन गरेको यो होमस्टे नेपालकै एक नमूना होमस्टेको रुपमा परिचित छ । अतिथि सत्कार, सेवा प्रवाह र सुन्दरताका कारण विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पुरस्कारहरुबाट समेत पुरस्कृत सिरुबारी होमस्टेको आजको अवस्था हामीले भिडियो मार्फत पस्केका छौं ।

सन्दीपलाई सजाय कम भएको भन्दै सरकारी वकिल उच्च अदालतमा

साझा कथा । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकार पक्ष उच्च अदालत पुगेका छ । काठमाडौँ जिल्ला अदालतले गत पुष १३ गते फैसला सुनाउँदै लामिछानेले गौशाला २६ माथि बलात्कार गरेको ठहर गरेको थियो । वादी नेपाल सरकारले पीडित गौशाला २६ नाबालिग रहेको दावी गरेपनि […]

हङकङ टी-२० सिरिजः उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

साझा कथा । टी २० सिरिजको मंगलबार भएको खेलमा फराकिलो रन अन्तरले हराएको पपुवा न्युगिनी (पीएनजी)सँग नेपालले भोलि (बुधबार) फाइनल खेल खेल्ने भएको छ । मंगलबार नै भएको दोस्रो खेलमा घरेलु टिम हङकङलाई १० विकेटले पराजित गरेसँगै पीएनजीले फाइनल खेल नेपालसँग खेल्ने पक्का गरेको हो । फाइनल भिडन्त बुधबार नेपाली समयअनुसार पौने १२ बजे सुरू […]

सुविधा गाउँ पस्यो, गाउँवासी सहर

साझा कथा । एक जमाना थियो जतिखेर दुर्गम गाउँमा विकासका कुनै पनि पूर्वाधारहरु पुगेका थिएनन् । दुई दशकसम्म स्थानीय निकायको निर्वाचन हुन नसक्दा विकास झनै शून्यजस्तै थियो । गाउँगाउँमा सडक पुग्न सकेको थिएन, सञ्चार पूर्वाधारबाट टाढा थियो गाउँ, विजुली नहुँदा टुकीको भरमा चल्थ्यो गाउँवासीको दैनिकी, ठूलाठूला अस्पताल र विद्यालयहरु कल्पनामा मात्रै हुन्थे । भरथेग खानेपानी […]

आलमदेवीः न मूर्ति न छानो ! (भिडियो)

साझा कथा । मन्दिरहरुको देश हो नेपाल । धर्ममा आस्थावान विश्वभरका भक्तजनलाई नेपालमा आकर्षण गराउने एक शक्तिशाली माध्यम हो मन्दिर । हिन्दूहरुको आराध्यदेव पशुपतिनाथदेखि बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र लुम्विनीसम्म यही नेपालमा पर्दछ । यस्ता विश्वप्रख्यात देवीदेवतासहित अनेक रुपधारण गरेका देवदेवी र मठमन्दिरका कारण पनि नेपाल विशिष्ट छ । यस्तै अलग्गै विशेषता बोकेको शक्तिपीठ हो ‘आलमदेवी’ […]

आयोगले प्रतिवेदन बुझाएपछि सतहमा आयो बालकुमारी घटना

साझा कथा । बालकुमारी घटना जाँचबुझ आयोगले प्रतिवेदन सरकारलाई बुझाएसँगै सेलाइसकेको बालकुमारी घटना पुनः सतहमा आएको छ । जसका कारण प्रतिपक्षी दलहरुले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजिनामालाई मुख्य मुद्धा बनाएका छन् । कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा […]

आईसीसी विश्वकप क्रिकेट लिग २ः इज्जत बचाएर हारेको नेपाल (फोटोसहित)

साझा कथा । सुरुवाती ४ ब्याटरले दोहोरो अंक जोड्न नसक्दा आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामेबियासँग नराम्रो परायज भोग्नु परेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४१ दशमलव १ ओभरमा १३२ रनमा अलआउट भयो । खराब सुरूवात गरेको नेपालले पहिलो बलमै ओपनर […]

सरस्वती पूजा: अक्षर लेख्न सिकेको दिन (फोटो कथा)

साझा कथा । आज श्रीपञ्चमी अर्थात सरस्वती पूजाको दिन । आजकै दिनबाट धेरैले अक्षर लेख्न सिके र आजकै दिनबाट अझ धेरैले अक्षर लेख्न सिक्दैछन् । किनकी, सरस्वती पूजाको दिन बालबालिकालाई विद्यालय पठाइ अक्षरारम्भ गराउँदा वुद्धि/विवेक बढ्ने जनविश्वास छ । सोही कारण पनि तातेताते गर्न सिकेका र तोतेबोली बोल्न सक्ने आफ्ना नानीबाबुलाई विद्यालय लगेर अभिभावकहरुले अक्षर […]

जनयुद्ध दिवसः उपलब्धिप्रति गर्व गर्ने कि अपराधीकरण ?

साझा कथा । २०४६ सालको जनआन्दोलनमा बहुदलीय राजतन्त्रात्मक व्यवस्था स्थापनाको माग राख्दै नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको गठबन्धनले नेतृत्व गरेको थियो । अर्कोतर्फ माओवादी धारका कम्युनिष्ट घटकहरु नेकपा (मशाल), सर्वहारा श्रमिक संगठन, मसाल, नेमकिपासहितले संयुक्त राष्ट्रिय जनआन्दोलन समिति गठन गरेर राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको माग गरेका थिए । राजा, कांग्रेस र वाममोर्चाबीच सहमतिपछि पंचायती […]

छलाङ मार्दै नेपाल (फोटो कथा)

साझा कथा । नेपाल र क्यानडाबीच भएको वान डे सिरिजको तीन खेलमा नेपालले सबै खेल क्लिनस्विप गर्यो । तीनै खेलमा अभूतपूर्व प्रदर्शन गरेको नेपालले सिरिज क्लिनस्विप मात्रै गरेन कि थुप्रै कीर्तिमानसमेत कायम गर्यो । क्रिकेट खेलको छोटो इतिहासमा जति पनि सफलताहरु प्राप्त हुँदैछन्, त्यसले नेपालको भविष्य क्रिकेट क्षेत्रमा रहेको प्रष्ट पार्छ । जसका लागि मात्रै […]

इतिहास लेख्दै नेपालद्वारा क्यानडाविरूद्धको सिरिज क्लिनस्विप

साझा कथा । दुई ब्याटरको कीर्तिमानी शतकमा नेपालले क्यानडाविरूद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिनस्विप गरेको छ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा तेस्रो खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो । क्यानडा विरुद्ध यसअघि सुरुवाती दुई खेल जितेको नेपालले सोमबार भएको खेलमा दुई ब्याटर अनिलकुमार साह र भीम सार्कीको सतक प्रहारमा सिरिज क्लिनस्विप […]

हारिसकेको खेलमा क्यानडामाथि नेपालको रोमाञ्चक जित (फोटो कथा)

साझा कथा । कीर्तिपुरस्थित रंगशालामा भएको नेपाल र क्यानडाबीचको एक दिवसीय क्रिकेटमा नेपाल हारको संघारमा पुगिसकेको थियो । तर, अन्तिम क्षेणमा रोमाञ्चक मोड लिएको खेलले नेपाल क्यानडामाथि ७ रनको विजयी हाँसिल गर्यो । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ दशमलव ५ ओभरमा २१७ रनमा अल आउट भयो । ६ विकेटको क्षेतिमा ४० दशमलव […]

उद्घाटन भएको धरहरा सम्पन्न गर्न सातौं पटक म्याद थपिदै

काठमाडौं । नेपालमा पूर्वाधार निर्माणको बेथिति र नेताहरुको प्रवृत्तिको एउटा नमूना झल्को हो काठमाडौंस्थित निर्माणाधिन धरहरा । जसको निर्माण सम्पन्न हुनु अगावै उद्घाटन गरियो र समयावधिमा काम सम्पन्न नभएपछि सातौं पटकको समय थप गर्ने गरि प्रकृया अगाडि बढाइँदै छ । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षेति भएको धरहराको ठाउँमा नयाँ बनेको धरहरा निर्माण […]

यू-१९ विश्वकपः आज भारतसँग प्रतिष्ठाको लडाइ लड्दै

साझा कथा । एक दशकपछि नेपाललाई टी-२० विश्वकपमा पर्याउँदा नेशनल टिमबाटै ‘बेस्ट नेपाली प्लेअर’ बनेका गुल्सन झा यू-१९ विश्वकपमा भने निरिह बनेका छन् । सबै नेपालीको आस बनेर आईसीसी यू-१९ विश्वकप क्रिकेटको यात्रामा निस्केका उनले चार खेल खेलिसक्दा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । शुक्रबार यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो […]

यू-१९ विश्वकपः सुपर सिक्स नेपालको अन्तिम गन्तव्य हो ?

साझा कथा । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्समा पुगेसँगै नेपालको अबको यात्राका बारेमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । सुपर सिक्सको १ मा नेपालसहित भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान र आयरल्याण्ड छन् । यी टोली मध्ये सेमिफाइनल पुग्नका लागि नेपालले भारत र बंगलादेशसँग खेल्दैछ । सुपर सिक्स नेपालको अन्तिम गन्तव्य […]