विद्यार्थीको पीडाः विद्यालय पुग्न ४ घन्टा पैदल, गृहकार्य गर्ने समय नै हुँदैन

साझा कथा । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिड्छिन् । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो । गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घन्टाको पैदलयात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा […]

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

साझा कथा । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन-एएनइ (डीएचसी-८-४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय […]

टिकटकः प्रतिभा देखाउने राम्रो माध्यम !

साझा कथा । बदलिँदो समयसँगै मानिसले मनोरञ्जन गर्ने माध्यमसमेत परिवर्तन हुँदै गएका छन् । प्रविधिको तीव्र विकाससँगै विकास भएका सामाजिक सञ्जाल अहिलेको मानिसको मनोरञ्जन र प्रतिभा प्रस्फुटनको प्रमुख माध्यम बनेको छ । त्यसमा पनि पछिल्लो समय टिकटक अग्रपंतिमा आउँछ । टिकटकमार्फत गीतमा अभिनय गर्ने कञ्चनपुर भीमदत्त नगरपालिका – १८ का नरेश जोशी अहिले म्युजिक भिडियोमा […]

मुगु हिउँ पहिरो अपडेटः बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी घटनास्थलतर्फ

साझा कथा । च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान गरेका छन् । हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जना रहेका जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए । यही वैशाख २२ गते […]

‘लग्जम्बर्गजस्तै बेथानचोक’

साझा कथा । लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार काभ्रेको बेथानचोक गाउँपालिका पुगे। जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उनलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो । गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको एक भेटमा उनले सोधे, “नमस्कार, बेथानचोक […]

ताल संरक्षणमा जागेको पोखराः प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी

साझा कथा । ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको तीन दिने ताल सम्मेलन प्रतिबद्धतासहितको पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ । तीन दिनसम्म जारी सम्मेलनले पोखरा उपत्यकाको नौ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी नीति निर्माता, ताल व्यवस्थापन समितिका सदस्य र समुदायका सदस्यलाई एकै ठाउँमा ल्याएर कार्य […]

सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार

साझा कथा । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ । दोधारा चादँनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँचजनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक […]

चितवन राष्ट्रिय निकुञ्जमा बाघ मर्दैछन् तर बढ्दैछन्

साझा कथा । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले, आठ पोथी छन् । आठ वटाको पहिचान नखुलेको […]

व्यवसायी कँडेल मृत्यु प्रकरणः आरोपीमध्ये रावल पक्राउ, रुङ्गटा फरार

साझा कथा । व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका – ८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए […]

प्रकृतिको पूजा गरिने पर्व ‘उभौली’, देशभर मनाइँदै

साझा कथा । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दुमी राईले बताए । गर्मी बढ्ने भएकाले यो समुदाय बेँसीबाट लेकतिर […]

पश्चिमी वायुको प्रभावले वर्षा, काठमाडौंमा विहानैदेखि वर्षा

साझा कथा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि छिटफुट वर्षा भइरहेको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बदली रहेको छ । दिउँसो देशका पहाडी भू-भागमा […]

किन थन्कियो वीरगञ्ज भन्सारमा हजारौं नयाँ सवारी साधन ?

साझा कथा । आयातकर्ताले जाँचपास गराएर नलगेपछि करिब दुई हजार सवारीसाधन वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा थन्किएका छन् । बजारमा सवारी साधनको माग घटेको र बैंकले समेत विलासिताको वस्तुमा पर्ने सवारी साधन खरिदमा ऋण लगानी रोकेसँगै आयातकर्ताले नलग्दा सवारी साधन थन्किएका हुन् । आयात गरेका सवारी साधन व्यवसायीको शोरुम वा गोदममा हुनुपर्नेमा यसरी लामो समयसम्म […]

नक्कली शरणार्थी प्रकरणः एमाले नेता रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी, पाण्डे पक्राउ

साझा कथा । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा एमाले सचिव टोपबहादुर रायमाझीका बाबुछोराविरुद्ध वारेन्ट जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट बुधवार पक्राउ पुर्जी लिएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको […]

व्यवसायी कँडेल मृत्यु प्रकरणः दुईजनाविरुद्ध उजुरी

साझा कथा । पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए । परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका […]

स्थानीयले अवरोध गरेको पृथ्वीराजमार्ग चार घन्टापछि सञ्चालनमा

साझा कथा । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि सञ्चालनमा आएको छ । आज बिहान १० बजेदेखि अवरुद्ध रहेको याम्पा–आँबुखैरेनी सडकखण्ड दिउँसोबाट सञ्चालन भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेको संयोजनमा बसेको घाइतेका आफन्त, प्रहरी र जनप्रतिनिधिको बैठकले घाइतेलाई उचित क्षतिपूर्ति र दोषीलाई […]

दार्चुला हिमपहिरोमा बेपत्ताको पहिचान खुल्यो, रातभरको हिमपातले उद्धारमा कठिनाइ

साझा कथा । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय […]

एसीसी प्रिमियर कपको फाइनल खेलमा जे देखियो (फोटो कथा)

साझा कथा । नेपाल र यूएईबीच भएको फाइनल खेलमा नेपालले सात विकेटले यूएईलाई पराजित गर्यो । यो जितसँगै नेपाल एसिया कपको लागि छनोट भएको छ । आज कीर्तिपुरमा भएको फाइनल खेलमा केही रोचक दृश्यहरु देखिए । जुन फोटोहरु नेपाल क्रिकेट एसोसिएशनको सहयोगमा साझा कथामा ‘फोटो कथा’का रुपमा प्रस्तुत गरेका छौं ।  

राष्ट्रपति उपचार खर्च – राष्ट्रपतिले चाहना राख्ने हो कि घोषणा गर्ने ?

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट मंगलबार एउटा पत्र सार्वजनिक भयो । पत्रमा लेखिएको छ – ‘राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहनु भएको छ ।’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको […]

यूएईद्वारा नेपाललाई एक सय १७ रनको टार्गेट, नेपाल व्याटिङ गर्दै

साझा कथा । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा यूएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा यूएईले ३३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमा समेटियो । हिजो टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलव तीन ओभरमा नौ […]

वर्षाबीच कीर्तिपुर मैदानमा क्रिकेट क्रेज (फोटो कथा)

साझा कथा । एसीसी प्रिमियर कप अन्तर्गतको आज फाइनल खेल नेपाल र यूएईबीच हुँदैछ । कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा यूएईले ९ विकेटको क्षतिमा १ सय ६ रन जोडेको छ । १ विकेटको खेल बाँकी हुँदा वर्षाका कारण खेल रोकिएको छ । करिब २ घण्टा खेल रोकिदा पनि दर्शकहरु भने प्रतीक्षारत छन् । आजको खेलप्रति […]

मुगुमा प्रथम उपाध्यक्ष गोल्डकप हुँदै

साझा कथा । मुगु जिल्लाको सोरु गाउँपालिकाले पहिलो पटक प्रथम उपाध्यक्ष गोल्डकपको आयोजना गर्दैछ । ‘खेलकुद क्षेत्रमा सोरुको अभियान, क्षमतावान खेलाडीको वास्तविक पहिचान’ भन्ने मूल नाराका साथ आगामी जेठ महिनाको २० देखि २७ गतेसम्म कार्यक्रमको आयोजना गर्दैछ । विविध साँस्कृतिक कार्यक्रमसहित आयोजना गर्न लागिएको फुटबल प्रतियोगितामा जिल्लाभरका खेलाडीहरुको उपस्थित रहने सोरु गाउँपालिकाले विश्वास गरेको छ […]

आजको मौसमः देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने

साझा कथा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यस कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने […]

एसीसी प्रिमियर कपः फाइनलमा नेपाल र यूएई भिड्दै, मौसम आज झनै खराब हुने अनुमान

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनल खेल आज हुँदैछ । आज हुने खेलमा नेपाल र यूएई आमुन्नेसामुन्ने हुँदैछ । खेलको रोमाञ्चकता जति बढ्दैछ, मौसमले झनै बढी पीर पनि दिएको छ । आजको फाइनल खेल कीर्तिपुरस्थित खेल मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल त्यो अवसर […]

पहिरोले अरुण नदी थुनियो, दुई किलोमिटरसम्म बन्यो ताल

साझा कथा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अहिले आयोजनाको […]

आन्दोलनरत पुन र उपप्रधानमन्त्री खड्काबीच वार्ता

साझा कथा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच भेटवार्ता भएको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रिएका पुन र मन्त्री खड्काबीच मन्त्रालयमा भेट भएको हो । भेटमा पुनले राख्दै आएका माग सम्बोधनका विषयमा छलफल भएको थियो । वार्तापछि कुरा गर्दैै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको र समस्या […]

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ

साझा कथा । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् । सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा रु तीन लाखभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट […]

काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा

साझा कथा । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का […]

वर्षाले खल्बलाएको एसीसी प्रिमियर लिग- नेपाल र यूएई फाइनलमा प्रवेश (पन्ध्र तस्बिरमा हेर्नुहोस्)

साझा कथा । वर्षाका कारण पटकपटक रोकिदै खेल्दै गरेको एसीसी प्रिमियर कपको दुई फरक सेमिफाइनल खेलबाट नेपाल र यूएई फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर खेल मैदानमा भएको नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने मुलपानी खेल मैदानमा भएको खेलमा यूएईले डीएलएस […]

बोल्न र हिड्न सक्ने भए कांग्रेस नेता भण्डारी, आइतबार स्वदेश फर्कदै

साझा कथा । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सुधार आएसँगै स्वदेश फर्कने भएका छन् । उनी आइतबार नेपाल फर्कदै छन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा. भण्डारी भारतमा उपचाररत थिए । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा. भण्डारी आइतबार दिउँसो २ः५५ […]

बुद्ध एयरले ल्यायो नयाँ एटीआर–७२ जहाज, भाडा सस्तो गर्दै

साझा कथा । आन्तरिक उडानमा नेपालको सबैभन्दा ठूलो विमान कम्पनी बुद्ध एयरले आफ्नो व्यवसायिक दायरा झनै फराकिलो बनाएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको हो । कम्पनीले शुक्रबार १५औँ एटीआर–७२ जहाज भित्र्याएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पुर्याएर एक […]

एसीसी प्रिमियर कपः नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्दै

साझा कथा । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले अहिले कुवेतविरुद्ध ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि नेपालले ब्याटिङ गर्ने निम्तो पाएको हो । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिङ रोजेका थिए । नेपाल समूह ‘ए’ को विजेता तथा कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल […]

एसीसी प्रिमियर कपः आज नेपाल र कुवेत तथा ओमान र यूएईबीच प्रतिस्पर्धा हुँदै

साझा कथा । एसीसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा आज चार देशबीच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनलमा पुगेको नेपालले कुवेतको सामाना गर्दैछ भने ओमानले यूएईको सामना गर्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’ को विजेता नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल अहिले बिहान ९ […]

‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’

साझा कथा । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको भन्ने सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले सो विषय सचिवालयको रेकर्डबाट हटाउन माग गर्दै आसनबाट उभिएर बैठक अवरुद्ध गरेका थिए । सभामुखले बोल्ने समय […]

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा त्रमिक सुधार देखिएको छ । राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट भने अझै आउन […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण

साझा कथा । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रहण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको […]

हानमा नयाँ कार्यसमिति, अध्यक्षमा विनायक शाह

साझा कथा । होटल सङ्घ नेपाल (हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । सङ्घको ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष शाह एयरपोर्ट होटलका सञ्चालक हुन् । उनी यसअघि हानको प्रथम उपाध्यक्ष थिए । साधारणसभाबाट प्रथम उपाध्यक्षमा प्रवीणबहादुर पाण्डे, द्वितीय उपाध्यक्ष विनय तुलाधर, महासचिवमा साजन शाक्य […]