शताब्दी पुरुष जोशीकी पत्नी राधादेवीको निधन

साझा कथा । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ । सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिए । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन […]

विदेशबाटै मतदानको व्यवस्था गरिने – प्रधानमन्त्री दाहाल

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताए । उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको […]

सम्झौताको म्याद सकिँदै, निर्माण प्रक्रिया अघि बढेन

साझा कथा । हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच-छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन । मनाङका विभिन्न नदी खोला […]

काठमाडौँको गैरीधारामा गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते

साझा कथा । काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छिन् । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए । सहायक हवल्दार प्रकाश नातामा […]

मिथिलामा ‘जुड–शीतल’ पर्व मनाइँदै

साझा कथा । मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइने गरिन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख–२ गते घर परिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने चलन छ । […]

विद्युतीय सुशासन आयोगका सीईओ विष्टलाई जनसेवाश्री पदक

साझा कथा । विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ई. दिपेश विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित भएका छन् । एक विशेष समारोहकाबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गरेका हुन् । आईटी क्षेत्रमा विज्ञता हाँसिल गरेका विष्टले पछिल्लो समय जनतालाई सहज रूपमा अनलाइनबाटै सरकारी सेवा उपलब्ध गराउनुपर्छ भन्ने उद्देश्यका साथ काम […]

मुग्लिन-पोखरा सडक विस्तार: आँबुखैरेनीतर्फ सडक कालोपत्रेको तयारी

साझा कथा । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रेको तयारी गरिएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रेको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि […]

नयाँ वर्षः रानीकोटदेखि नगरकोटसम्म पर्यटकको ओइरो

साझा कथा । नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका–७ गुण्डु […]

नयाँ वर्षको अवसरमा काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव

साझा कथा । काठमाडौँको टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका संयोजक सोविता सिम्खडाले जानकारी दिइन् । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सांस्कृतिक […]

उल्लासमय बन्दै नयाँ वर्ष २०८० (फोटो कथा)

आज नयाँ वर्ष २०८० साल । नयाँ वर्षको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । नयाँ वर्षकै अवसरमा देशभर विभिन्न जात्रा र मेलाहरु चलिरहेका छन् । साथै, सार्वजनिक विदा भएका कारण आफ्ना आफन्त र साथीभाइसँग घुम्न जानेहरुको संख्या पनि उस्तै देखिन्छ । सोही सन्दर्भमा देशभरका विभिन्न गतिविधिलाई समेटी साझा कथाले फोटो कथा तयार पारेको […]

सुदूरपश्चिममा कोरोना भयावह बन्दै, भारतबाट फर्किने अधिकांश सङ्क्रमित

साझा कथा । केही महिनायता सङ्क्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण दर फेरी बढ्न थालेको छ । भारतबाट स्वदेश आउने अधिकांशमा सङ्क्रमण देखिन थालेको हो । प्रदेशमा चैतमा मात्रै दुई सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतसँग सीमा जोडिएका क्षेत्रमा दिनहुँ कोरोना सङ्क्रमित भेटिन थालेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ […]

भरतपुर महानगरको बेरुजु सबैभन्दा कम, शून्य दशमलव ०८ प्रतिशत

साझा कथा । देशका अन्य पालिकाभन्दा भौतिक पूर्वाधारमा अग्रणी देखिएको भरतपुर महानगरको बेरुजु निकै कम रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ प्रतिवेदनमा छवटा महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पनि भरतपुर महानगरको बेरुजु अन्य महानगर पालिकाको भन्दा कम रहेको थियो । आर्थिक […]

नयाँ वर्ष मनाउन जाने पर्यटकले बन्दीपुर भरिभराउ

साझा कथा । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ वर्षलाई स्वागत गर्दै रमाउन बिहीबारदेखि नै बन्दीपुरमा पर्यटकको भीड बढेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिए । […]

सूर्योदय हेर्न पुनहिलमा नयाँ वर्षमा पर्यटकको घुइँचो

साझा कथा । म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो । विशेषगरि पुनहिल क्षेत्रमा नयाँ वर्ष मनाउन र सूूर्योदयको मनमोहक दृष्यावलोकन […]

सिस्नुपानी छ्यापेर सुदूरपश्चिममा ‘बिसु’ पर्व मनाइँदै

साझा कथा । सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन सुदूरपश्चिम क्षेत्रमा छ । हरेक वर्ष बिसुमा मीठा-मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ । यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नुपानी छ्यापेर यो […]

विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक

साझा कथा । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोषाकको व्यवस्था गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ब्यागेज ह्याण्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित […]

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

साझा कथा । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए । […]

उपचार खर्च तिर्न नसकेपछि ३८ दिन बन्धक बनेकी मन्तोरिया

साझा कथा । उपचारको क्रममा लागेको खर्च अस्पताललाई बुझाउन नसकेपछि धनुषाको सबैला नगरपालिका-९ की मन्तोरिया देवी राय ३८ दिनसम्म अस्पतालमै बन्धक बनेकी थिइन् । उनी मात्रै होइन, उनीसँगै उनका तीन छोराछोरी र वृद्ध अवस्थाका ससुरा समेत अस्पतालमा बन्धक बस्नु पर्यो । गत माघ १२ गते मोटरसाइकको ठक्करबाट घाइते भएकी मन्तोरिया जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचारका लागि […]

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि दोस्रो पटक निर्वाचन हुँदै

साझा कथा । नेपाल उद्योग वाणिज्य महासङ्घको बुधबार सम्पन्न वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो । निर्वाचन आजै दिउँसो […]

भीमदत्त नगरपालिकामा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साझा कथा । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध […]

बढ्यो कोरोना सङ्क्रमणः एकको निधन, १ सय २१ सङ्क्रमित

साझा कथा । कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना सङ्क्रमितको निधन भएको हो । मङ्गलबार चैत २८ गते पनि एक जनाको निधन भएको थियो । यस्तै आज दुई हजार तीन सय ७७ जनाको कोरोना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको छ […]

होटलमा २० प्रतिशत छुटसहित फेवा किनारमा नववर्ष महोत्सव

साझा कथा । नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । कोभिड-१९ महामारी, आर्थिक सङ्कटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । “पर्यटक […]

संसद बैठक निरर्थक हुँदै गएकोमा सांसदहरुको आपत्ति

साझा कथा । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदहरुले संसद बैठक निरर्थक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरेक पटकको संसद बैठकमा सांसदहरुले महत्वपूर्ण विषयहरु उठान गरेपनि सरकारले त्यसको कुनै जवाफ दिने नगरेको भन्दै सांसद दिलेन्द्र बडूले संसद बैठक निरर्थक र अरण्य रोदनमा परिणत हुँदै गएको बताएका हुन् । विशेष समय र शून्य समयमा […]

कोरोनाबाट निधन भएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

साझा कथा । कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन […]

उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै

साझा कथा । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि आज निर्वाचन हुँदैछ । काठमाडौंस्थित कमलादीको प्रज्ञाप्रतिष्ठान भवनमा विहान १० बजेबाट मतदान सुरु भएको हो । मतदान साँझ ४ बजेसम्म चल्ने महासंघले जनाएको छ । यस पटकको चुनावमा ६४ पदका लागि एक सय १७ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ५ जना भने […]

काठमाडौंमा नसकेको रात्रि बजार वीरगञ्जमा सम्भव होला ?

साझा कथा । भविष्यमा २४ सै घण्टा रात्रि बजार खुलाउने योजनासहित वीरगञ्ज महानगरपालिकाले ३ दिनको लागि रात्रि बजार सञ्चालन गर्न लागेको छ । नयाँ वर्षको उपलक्ष्यमा वीरगञ्ज-रक्सौलको मुख्य नाका तीन दिनका लागि चौबिसै घण्टा खुला गर्न लागेको हो । यो वीरगञ्ज महानगरपालिकाको लागि पहिलो काम हो । राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिँदै […]

डिल्लीबजारस्थित कन्सल्टेन्सीमा छापा मार्दा ४ पक्राउ

साझा कथा । कन्सल्टेन्सीको आवरणमा ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा डिल्लीबजारस्थित फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मार्दा ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका-३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी रहेका छन् । कन्सल्टेन्सीबाट […]

कर्णाली प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता

साझा कथा । चुनावी गठबन्धन ब्यूँतिएसँगै नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता गरेको छ । कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको बताएको छ । यसअघि आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए । गत पुस १० को समीकरणअनुसार २७ पुसमा […]

सिंहदरबारसँग मेयर बालेनका १४ गुनासा (विस्तृत बुँदासहित)

साझा कथा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुक स्टाटस लेख्दै संघीय सरकारसँग १४ बुँदे गुनासो गरेका छन् । ९ महिनासम्म महानगरपालिका भित्रका विभिन्न समस्या समाधान गर्न विभिन्न १४ मन्त्रालय धाउँदा पनि समस्या समाधानमा खासै चासो नभएको भन्दै उनले आक्रोशित मुद्रामा फेसबुक स्टाटस लेखेका हुन् । यस अघि मात्रै मयर शाहले महानगर र काठमाडौं महानगरबीच […]

प्रतिवद्धता अनुसार किन आउँदैन वैदेशिक लगानी ?

साझा कथा । नेपालमा लगानी गर्ने भनेर प्रतिबद्धता गरेको लगानीको झन्डै एक तिहाइ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको पाइएको छ । उद्योग विभागका अनुसार विगत १० वर्षको अवधिमा मुलुकमा झन्डै तीन खर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता भएकोमा सवा खर्ब रुपियाँ लगानी भित्रिएको छ । विभागका अनुसार आर्थिक वर्ष २०६८-६९ देखि आव […]

गर्मी लागेसँगै चहलपहल बढेको घलेगाउँ घरबास

साझा कथा । घरवास पर्यटनले कहलाएको घलेगाउँमा केही दिन यता पुनः चहलपहल बढ्न थालेको छ । लमजुङ क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरबासमा गर्मी लागेसँगै अहिले दैनिक ४०/५० पर्यटक आउन थालेका हुन् । जाडो बढेसँगै घरबास सुनसान थिए । ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय सचिव दीर्घराज घलेले भने, “जाडोयाम बढेसँगै सुनसान जस्तै बनेको यहाँको घरबासमा […]

सुरक्षा खर्चको मापदण्ड खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

साझा कथा । सरकारले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मंगलबार सार्वजनिक भएको मन्त्रिपरिषद्को यही चैत २० गतेको निर्णयमा उक्त मापदण्ड खारेज गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले मिटरब्याजी समस्या सम्बन्धमा सिफारिस गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा […]

भागवण्डा नमिल्दा सुदूरपश्चिम प्रदेश सरकार विस्तारमा ढिलाइ

साझा कथा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन । मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइले सरकारको नीतिगत काम प्रभावित हुनुका साथै अन्य काम कारबाहीमा प्रभावकारिता देखिन सकेको छैन । मुख्यमन्त्रीसँगै भौतिक पूर्वाधारमन्त्री र आर्थिक मामिलामन्त्रीबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन् । सत्तापक्ष दलबीच मन्त्रालय भागबण्डाका विषयमा समझदारी […]

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले

साझा कथा । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मधेस प्रदेश सरकारबाट पनि नेकपा (एमाले) बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आज संयुक्त रुपमा दिएको राजीनामा मुख्यमन्त्री सरोजकुमार यादवले स्वीकृत गरेसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको हो । मधेस प्रदेश सरकारमा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चारकर्मीसँग कुरा […]

बूढीगण्डकी निर्माणको जिम्मा अन्ततः विद्युत प्राधिकरणलाई

साझा कथा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना अन्ततः नेपाल विद्युत प्राधिकरणको बहुमत शेयर स्वामित्व हुनेगरी अगाडि बढाउने तयारी गरिएको छ । शेयर संरचनालगायतका विषयमा अन्तिम टुङ्गो लगाउनका लागि प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा शेयर संरचनामा संशोधन गर्ने तयारी गरिएको छ […]

नेपाली महिला रेस्लर – जो पुरुषसँग भीड्छिन्, महिलाहरु डराउँछन्

साझा कथा । नेपाली महिला रेस्लर मुना श्रेष्ठ । जसलाई रेस्लिङ क्षेत्रमा ‘लेडी ड्रयागन’ भनेर चिनिन्छ । उनी यस्ता रेस्लर हुन् जो महिलासँग भन्दा बढी पुरुषहरुसँग रेस्लिङ खेल्छिन् । यो कमैलाई विश्वास लाग्ने यथार्थ हो । खासमा हामीले टेलिभिजन वा प्रतियोगिताहरुमा देखिरहने दृष्य भनेको महिलासँग महिला रेस्लरले खेलिरहेको हुन्छ । तर, आश्चर्यको कुरा लेडी ड्रयागनसँग […]