कोरोना परीक्षणबिना नेपाल प्रवेश गर्न नपाइने

साझा कथा । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरुमा दैनिक रुपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम […]

सरकारद्वारा टिम्सलाई व्यवस्थित गर्न नयाँ मापदण्ड जारी

साझा कथा । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ् नेपाल (टान)ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोलाले आज विज्ञप्ति जारी गरी भर्खरै सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड-२०७९ ल्याएको र उक्त मापदण्डले नेपालको पदयात्रा तथा पर्वतीय […]

केही समयको अन्तरालमै दोलखा र लमजुङमा भूकम्प

साझा कथा । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा […]

मिटरव्याजीलाई कारबाही गर्न आयोग बनाउने आश्वासन

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरव्याज पीडितको समस्या समाधान गर्न विद्यमान कानुनको अभाव भएको भन्दै आयोग नै बनाउने बताए । आज मिटरव्याज पीडितसँग सरकारी निवास बालुवाटारमा भेट गर्दै उनले सामन्तवादको अवशेषका रूपमा रहेको मिटरव्याजलाई सधैँका लागि अन्त्य गर्न सरकार गम्भीर रहेको बताएका हुन् । मिटरव्याजको दीर्घकालीन समाधानका लागि न्यायिक अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन […]

ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

साझा कथा । काठमाडौँको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ । लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे । कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन […]

दाङको टरिगाउँ विमानस्थलः पहिलेकै धावनमार्ग विस्तार गरिने

साझा कथा । दाङको तुलसीपुर-१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए । “क्यानले चार वटा विकल्प दिएको […]

सुमो दुर्घटना हुँदा ३ को मृत्यु, १० घाइते, ३ को अवस्था गम्भीर

साझा कथा । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए […]

मलेसियामा अलपत्र अवस्थामा पाँच महिनादेखि पाँच कामदार

साझा कथा । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँच नेपाली युवा पाँच महिनादेखि अलपत्र अवश्थामा छन् । गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् । उनीहरुले अहिले बन्दी जीवन बिताइरहनु परेको बताएका छन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी […]

काठमाडौंमा आजबाट रथजात्रा सुरु, सवारीसाधन प्रभावित हुने

काठमाडौं । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएसँगै निश्चित रुटमा सवारी आवागमन प्रभावित हुने भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सुरु हुने रथजात्रा आजबाट सुरु हुँदैछ । चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुनेछ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन […]

मध्ये रातमा ताप्लेजुङमा भूकम्प

साझा कथा । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का पूर्वका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय […]

सन्दिपको ५ विकेटमा पीएनजी ९५ रनमा अल आउट, नेपाल व्याटिङ गर्दै

साझा कथा । आईसीसी विश्वकप लिग – २ अन्तर्गत एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अल आउट भएको छ । जसमा सन्दिप लामिछानेले सबैभन्दा धेरै ५ विकेट लिए । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रनमा सिमित रह्यो । पीएनजीका लागि असाड भालाले […]

नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने माग

साझा कथा । नागरिकताविहीन सङ्घर्ष समिति नेपालले नागरिकता विधेक-२०७९ प्रमाणीकरणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । समितिले आज पत्रकार सम्मेलन गरी जन्मका आधारमा नागरिकता पाएका नेपाली आमाबाबुका करिब ११ लाख सन्तान नागरिकताबाट बञ्चित हुनु परेको भन्दै जतिसक्दो चाँडो विधेयक प्रमाणीकरणका लागि आग्रह गरेको छ । आमाबाबु नेपाली नागरिक भए पनि कानुन अभावका कारण आफ्ना सन्तानलाई […]

नेपाल सरकारको थाप्लोमा २० खर्ब ७० अर्ब ऋण

साझा कथा । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो । […]

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता

साझा कथा । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गरेकी छिन् । […]

घरमा अभिभावकले मोवाइल चलाउँदा पनि बालबालिकामा असर पर्ने

साझा कथा । प्रविधिको युग छ । घरघरमा वाइफाइ र स्मार्ट मोबाइल छन् । कुनै समय टिभीमा झुम्मिने बालबालिका अहिले मोबाइलमा झुम्मिन थालेका छन् । यसले विद्यार्थीको मानसिक, शारीरिक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावक यसमा सचेत हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका अधिकृत मनबहादुर खड्काले बताए । “धेरै बच्चा अहिले मोबाइलमा झुम्मिने गरेका छन्”, उनी भन्छन्, […]

आज मेघ गर्जनसहित वर्षा हुने

साझा कथा । आज देशको विभिन्न ठाउँमा मौम बदली रही मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको देखिन्छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी […]

अनुदानमा आएका विद्युतीय सवारी वर्षौंदेखि अलपत्र

साझा कथा । बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्किङमा दुई वर्षभन्दा बढी समयदेखि बस र भ्यान राखिएका छन् । ती बस र भ्यान जो कोहिले पनि देख्दा निक्कै आकर्षक छन् । अत्याधुनिक सेवा सुविधासहितका ती विद्युतीय (बिजुली बस) सवारी विगत दुई वर्षभन्दा बढी समयदेखि यत्तिकै अलपत्रजस्तै बनेका छन् । भैरहवास्थित […]

आज फागु पूर्णिमाः देशभर हर्षोल्लासका साथ मनाइँदै

साझा कथा । आज फागुन पुर्णिमा । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको […]

यूएईलाई हराउँदै नेपाल विश्वकपमा

साझा कथा । आइसिसी यू–१९ विश्वकप एशिया छनोटअन्तर्गतको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै विश्वकपको यात्रा तय गरेको छ । युएईको अजमानको इडन गार्डेन ओभल मैदानमा विहिबार भएको खेलमा नेपालले युएईलाई सात रनले पराजित गर्दै आगामी वर्ष श्रीलङ्कामा आयोजना हुने विश्वकपको यात्रा तय गरेको हो । नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि […]

४० दिन सरकारमा बसेर बाहिरियो राप्रपा, प्रदेशबाट पनि हट्दै

साझा कथा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । सँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । राजनीति फेरि अस्थीरतातर्फ अग्रसर भएको भन्दै राप्रपाले सरकारमा बसिरहनु उचित नभएको ठहर गरेको छ । आजै राप्रपाका ४ जना मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत […]

पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

साझा कथा । नेपाली कांग्रेसले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए । कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता […]

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको निर्णय

साझा कथा । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलीय बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाले जानकारी दिए । उनले भने, “आज प्रधानमन्त्रीज्यूले सत्तामा रहेका र सत्ताबाहिर रहेका आठ […]

अब सार्वजनिक विदाको दिन पनि अत्यावश्यक कार्यालय खुल्ने

साझा कथा । आम नागरिकलाई समस्या भएको भन्दै अब सरकारले अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले बताए । बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिनेछ । तर, कस्तो सुविधा […]

प्रधानमन्त्री दाहालले सम्झौता नतोड्नेमा अध्यक्ष ओली विश्वस्त

साझा कथा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नतोड्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले आज बालकोटस्थित आफ्नै निवासमा विभिन्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै सत्ता गठबन्धन पनि नटुट्ने बताएका हुन् । अध्यक्ष ओलीले सञ्चारकर्मीसँग भने, “राष्ट्रपति निर्वाचनमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, […]

वसुन्धरासम्मको चक्रपथ सडक विस्तार छिट्टै हुने

साझा कथा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चक्रपथ विस्तारको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने बताएका छन् । उनले उक्त सडक विस्तारका क्षेत्रमा खम्बासहितका भौतिक संरचनाका कारण अवरोध भइरहेकामा अधिकांश क्षेत्रका साइट खाली भइसकेकाले अब कामलाई तीव्रता दिने जानकारी दिए । आज उक्त खण्डको स्थलगत अनुगमनमा पुगेका उनले पत्रकारसँगको कुराकानीका क्रममा […]

आजदेखि रात्रिकालीन उडान भर्दै पोखरा विमानस्थल

साझा कथा । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले […]

राष्ट्रपति निर्वाचनमा आज मतदाताविरुद्ध उजुरी दिन सकिने

साझा कथा । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार शुक्रबार अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । त्यसपछि १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना […]

‘कक्षा छ, कोठा तीन – थपिँदै दुःखका दिन’

साझा कथा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ । एकातिर कक्षाकोठाको अभाव, त्यसैमा […]