साझा कथा । कैलाली, कञ्चनपुरलगायत तराईका अधिकाँश जिल्लामा किसानलाई योबेला बर्खे धान बालीको रोपाइँ गर्ने चटारो छ । रोपाइँका लागि पर्याप्त मनसुनी वर्षा नभएपछि बोरिङबाट पानी तानेर भए पनि रोपाइँ गर्नुपरेको कृषकले बताएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहितका जिल्लामा एक हप्ताअघिनै मनसुन भित्रिएको भए पनि रोपाइँ गर्न पुग्ने गरी ठूलो वर्षा हुन सकेको छैन । […]
