डहरे देउराली स्याङ्जा र पर्वत जिल्लाको सिमानामा पर्ने यो रमणीय देउराली पुग्न अर्जुन चौपारी गाउँपालिकाको आरुचौर हुँदै वा पर्वतको कार्कीनेटा बजार हुँदै पुग्न सकिन्छ । परापूर्वकालमा डहरा ऋषिले तपस्या गरेको हुनाले यो तपोभुमी डहरे देउरालीको नामले प्रसिद्ध भएको हो भन्ने जन विश्वास छ । बालानन्द ऋषिले लामो समय तपस्या गरेको, षडानन्द ऋषीले तपस्या गर्दागर्दै यसै […]
