सुन तस्करी प्रकरणः महरालाई बचाउने पक्षमा छैनन् ‘प्रचण्ड’

साझा कथा । गत आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । उक्त निर्देशन पछि महरालाई सोमबार बिहान रुपन्देहीबाट पक्राउ गरेर सोहि दिन काठमाडौँ ल्याएर म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतले उनको […]

सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस

साझा कथा । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरासहित थप ६ जनालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण […]