साझा कथा । आफ्नै बेगमा शान्त बगिरहेको छ, कञ्चनपुरको दोदा नदी । बगरभर लटरम्मै लहरेबाली फलेका छन् । बीचमा सानो सानो छाप्रो पनि भेटिन्छन् । बर्खायाममा बर्सेनि बिरुप देखाउँछ दोदाले । तटीय क्षेत्रका स्थानीयको रातको निद र दिनको चैन उडाउँछ, दोदा । उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ […]
