हैरान पार्यो नारायणगढ–मुग्लिन सडकखण्डले, विकल्पबारे किन सोँच्दैनन् शासकहरु ?

साझा कथा । ४ बर्ष लगाएर विस्तार गरिएको नारायणगढ–मुग्लिन सडकखण्डले बर्षैपिच्छे सडकयात्रुलाई सास्ती दिने गरेको छ । विस्तार हुनुअघि पनि यो सडकखण्डले हरेक बर्षामा यात्रुहरुलाई दुःख दिने गरेको थियो । विस्तार भइसकेपछि समस्या कम होला कि भन्ने थियो, तर दुःख दोहोरिरह्यो । पछिल्लो ४ दिनमा मुग्लिन–नारायणगढ सडक खण्डमा ३ पटक ठूलो पहिरो गइसकेको छ । […]