मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्ताीमा भए पनि सबैले यसलाई स्वर्गको टुक्राका रुपमा वर्णन गर्छन् । राराले समयानुकुल आफ्नो रुप (रङ) छिनछिनमा परिवर्तन गर्छ भनिन्छ । २ हजार ९ सय ९० मिटर उचाइमा रहेको यो तालमा थुप्रै आन्तरिक पर्यटकहरु घुम्न पुग्छन् । कोही घोडा चढेर घुम्दै गरेको देख्न पाइन्छ भने कोही हिड्दै गरेको देखिन्छ त कोही बोटीङ गरेको । यो ताल १०.८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ भने यसको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १ सय ६७ मिटर रहेको छ । साझा कथाको क्र्यू मेम्बर रारा पुग्दा जे देखियो फोटो कथाको रुपमा प्रस्तुत गरिएको छ ।
आहा ! ‘रारा’ स्वर्गकी अप्सरा (फोटो कथा)
