Ad Banner

नट्टी सर र म्यामहरु (फोटो कथा)

साझा कथा । सर वा म्यामहरुले गल्ती गरे वा बदमासी गरे भने विद्यार्थीहरुले गाली गर्ने शब्द – नट्टी सर वा नट्टी म्याम । विद्यालय र विद्यार्थीबाट टाढा भई आफ्नो हक र अधिकारका लागि आवाज उठाउन देशभरबाट काठमाडौं आएका नेपाल शिक्षक महासंघ अन्तर्गतका हजारौं सर र म्यामहरु हिजोआज माइतीघर मण्डलातिर भेटिन्छन् । आन्दोलनका विभिन्न कार्यक्रमहरु सडकमै रहेर सञ्चालन गर्दै आएका उनीहरुले सडकमा केही नट्टी काम गरेको पनि देखियो ।

हुन त आन्दोलन भनेको यस्तै होला, तर सर र म्यामहरु (जसले समाजलाई दिशानिर्देश गर्छन्) ले सडकमै ओर्लेर आन्दोलन गर्दा पनि केही नमूना प्रस्तुत गर्नु पर्थ्यो कि ? आफूले प्रयोग गरेका सामानहरु आफ्नै झोलामा घर लानु पर्ने वा डस्टविनमा फाल्नुपर्ने, लाखौं खर्च गरेर हरियाली बन्दै गरेको सडक संरक्षण गर्ने वा हुर्कदैँ गरेका विरुवा र फूलहरुको संरक्षण गर्नुपर्ने, तोडफोड र क्षति गर्ने काम गर्न नहुने वा अरु कुनै उदाहरण प्रस्तुत गर्ने कामहरु देखाउनु पर्थ्यो कि ? तर, त्यस्तो भएन । तसर्थ, साझा कथाले रिपोर्टिङका क्रममा केहि यस्ता कामहरु भेट्यो, जो सर र म्यामहरुको लागि शोभनीय थिएन । तिनै बदमासीलाई फोटो कथा मार्फत प्रस्तुत गरिएको छ ।

यो पढ्नु भयो ?