यू-१९ विश्वकपः सुपर सिक्स नेपालको अन्तिम गन्तव्य हो ?

साझा कथा । दक्षिण अफ्रिकामा जारी आईसीसी यू १९ विश्वकप २०२४ को सुपर सिक्समा पुगेसँगै नेपालको अबको यात्राका बारेमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ । सुपर सिक्सको १ मा नेपालसहित भारत, बंगलादेश, न्युजिल्यान्ड, पाकिस्तान र आयरल्याण्ड छन् । यी टोली मध्ये सेमिफाइनल पुग्नका लागि नेपालले भारत र बंगलादेशसँग खेल्दैछ । सुपर सिक्स नेपालको अन्तिम गन्तव्य […]

विश्व क्रिकेटमा लम्कदै र चम्कदै नेपाल (भिडियो)

साझा कथा । अन्डर १९ नेपाली क्रिकेट टिमका कप्तान देव खनालले साहशका साथ भनेका छन् – विश्वकप जितेर हामी नेपाली क्रिकेट फनलाई खुशी दिन चाहन्छौं । उनले नेपालमा क्रिकेटको फ्यान फलोअर्स धेरै रहेको भन्दै आफूहरुले यस पटक जित्नकै लागि खेल्नेसमेत बताए । यो भनाइ सार्वजनिक भएसँगै नेपालले अन्डर १९ वल्र्डकप सुरु हुनु अघि तीन अभ्यास […]

मच्छेगाउँ हाइकिङको मज्जा ! (फोटो कथा)

साझा कथा । तपाईं सहरको कोलाहाल र धुँवाधुलोबाट दिक्क हुुनुहुन्छ ? कि कार्यव्यस्तताले घुमघाम गर्ने समय नपाएर छट्पटाउनु भएको छ ? यदि तपाईंमा घुम्ने इच्छा छ भने निकाल्नुस् दुई/चार घण्टाको समय काठमाडौं उपत्यकाको वरपर घुम्ने गन्तब्यहरु धेरै छन् । धुम्नुस् छानीछानी । यी गन्तव्यहरु मध्यको साथीभाइ र परिवारका साथ समुहमा रिफ्रेसमेन्टका लागि घुम्ने गन्तव्य हो […]

नेताको रिबन काट्ने मोह ! (भिडियो)

साझा कथा । राम्रो कामको जस लिन आयोजना नसकिदै उद्घाटन गरेको वा एउटै आयोजनाको दुईदुई पटक उद्घाटन गरेका खबरहरु त हाम्रा लागि पाच्य नै थियो । तर, मेलम्ची खानेपानी आयोजनाको सातसात पटक उद्घाटन गरेर नेताहरुले लाजको पराकाष्ठै नघाइदिए । जुन कामको निरन्तरता आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिदिए । माघे संक्रान्तिको अवसरमा काठमाडौं आइपुगेको मेलम्चीको […]

मेलम्चीको पानी काठमाडौंमा, धारामा भने माघमा आउने

साझा कथा । लामो समयदेखि बन्द भएको मेलम्चीको पानी काठमाडौं पठाउन सुरू गरिएको छ । तर, अहिले पठाइएको पानी पिउनका लागि भने योग्य रहने छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा रहेको बाँध क्षेत्रबाट पानी पथान्तरण सुरू गरिएको हो । सुरूङ सफा गर्ने प्रयोजनका लागि बुधबारदेखि पानी पथान्तरण सुरू गरिएको मेलम्ची खानेपानी आयोजनाले […]

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बालेनले ठोकेको ताल्चा

साझा कथा । विद्यार्थीले शिक्षकको कार्यकक्षमा ताला ठोक्छ, कर्मचारीले हाकिमको कार्यकक्षमा ताला ठोक्छ, जनताले नेता वा मन्त्रीको कार्यकक्षमा ताला ठोक्छ – यो सामान्य देखिरहेको घटना हो । तर, यस पटक मेयरले कार्यकारी प्रमुख (कर्मचारी)को कार्यकक्षमा ताला ठोके । यो घटना चाहिँ काठमाडौं महानगरपालिकाको हो । स्वतन्त्र उम्मेद्वारी दिएर मेयर पदमा विजयी भएका बालेन फरक कामका […]

मध्यरातमा ब्रा र कट्टुमा अर्धठोस सुनः महिला विमानस्थलबाट पक्राउ

साझा कथा । नेपाललाई सुन र लागूऔषध तस्कर गर्नेहरुले ट्रान्जिट प्वाइन्टको रुपमा व्याख्या गर्छन् । लगातार जसो विमानस्थलबाट लागूऔषध वा सुन बरामद भइरहेको घटनाले पनि यसलाई पुष्टि गर्छ । पछिल्लो समय काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करहरु समातिने क्रम झनै बढेको छ । यसलाई दुई फरक दृष्टिबाट हेर्न सकिन्छ । कि अहिलेको अवस्थामा सुन तस्कर गर्ने […]

इन्डेक्स सहकारीको चौधौं वार्षिक साधारणसभा, एस्वीकर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

साझा कथा । इन्डेक्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार वनस्थलीस्थित राजधानी व्याङ्क्वेटमा आयोजित अधिवेशनले एस्वीकर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा नन्दलाल श्रेष्ठ, सचिवमा गोकर्णप्रसाद अंगाईं र कोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् […]

कोभिड १९ को नयाँ भेरियन्ट जेएन १ कति खतर्नाक ? सतर्कता अपनाउन मन्त्रालयको आग्रह

साझा कथा । विश्वव्यापी रुपमा बढ्दै गएको कोभिड १९ को सब भेरियन्ट जेएन १ को जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । अहिले जेएन १ संक्रमण दर उच्च छ । छिमेकी देश भारतमा यसको संक्रमण पुष्टि भइसके पनि नेपालमा भने पुष्टि भइसकेको छैन । तर, सिमा क्षेत्रमा यस्ता […]

सेल्फीमा रमाएको तमु ल्होसार (फोटो कथा)

साझा कथा । पुरानो वर्षलाई विदाई गर्दै नयाँ वर्षलाई स्वागत गरेर गुरुङ समुदायले देशभर तमु ल्होसार मनाए । सोही अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा एक विशेष कार्यक्रमको आयोजना गर्यो । जहाँ काठमाडौं उपत्यका र उपत्यका बाहिर बसोबास गर्ने तमु (गुरुङ) समुदायका व्यक्तिहरू आफ्नो भेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित […]

जाजरकोटमा भूकम्पपछिको दुर्दशाः चिसोका कारण ३५ जनाले ज्यान गुमाए

साझा कथा । जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरु मध्ये चिसोका कारण हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ । भूकम्पपछि व्यवस्थित बसोबास र उपयुक्त खानपिन नभएका कारण जाजरकोट र रुकुम पश्चिममा गरि कुल ३५ जनाको मृत्यु भएको हो । जसमध्ये जाजरकोटमा ३० जना र रुकुम पश्चिममा ५ जना रहेका छन् । मृत्यु हुनेहरु अधिकांश निमोनिया र […]

‘नेपाल आइडल’मा फेल भएकी मेनुका ‘इन्डियन आइडल’को उपाधि नजिक (भिडियो)

साझा कथा । इन्डियन आइडललाई सांगीतिक क्षेत्रको महासंग्रामको रुपमा चिनिन्छ । यस प्रतियोगितामा आफ्नो प्रस्तुति देखाउन पाउनुलाई नै कतिपय संगीतका विद्यार्थीहरुले सपना पूरा भएको रुपमा ग्रहण गर्छन् । हजारौं प्रतिस्पर्धीलाई उछिन्दै प्रतियोगितामा विजयी हुनु त कल्पना बाहिरको कुरा हुन्छ । यस्तै, कसैले कल्पना नै नगरेको प्रतिभा देखाएर नेपालकी चेली मेनुका पौडेलले ‘इन्डियन आइडल १४’ को […]

बालकुमारीमा युवाहरुको आवेगः मन्त्रीलाई गाडिबाट ओरालेर आगजनी

साझा कथा । ललितपुरको बालकुमारीस्थित रिङ्गरोडमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडिमा युवाहरुले आगजनी गरेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीले प्रयोग गर्दै आएका बा २ झ ५८६१ नम्बरको गाडीमा आजगनी गरेका हुन् । उनीहरुले गाडिमा रहेका मन्त्री ज्वाला र उनका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ)लाई […]

एक्सनमा प्रधानमन्त्रीः आफ्नै कार्यालयको पुनर्संरचना गर्दै

साझा कथा । राष्ट्रको नाममा सम्बोधन गरेकै केही दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवद्धता कार्यान्वयन गर्ने भएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयको संरचना परिवर्तन गर्ने घोषणा गरेका थिए । सम्बोधनमा उनले भनेका थिए – ‘सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुनेछ ।’ त्यस लगत्तै बिहीबार बसेको […]

नेपाल सुपर लिगः फाइनल प्रवेशका लागि ललितपुर र पोखरा भीड्दै

साझा कथा । काठमाडौंमा जारी रहेको नेपाल सुपर लिगको दोस्रो संकरणको दोस्रो क्वालिफायर खेल आज हुँदैछ । आजको खेलमा लिगको शीर्ष स्थानमा रहेको पोखरा थन्डर्स र तेस्रो स्थान रहेको ललितपुर सिटी एफसी भीड्दैछ । खेल साँझ साढे ५ बजे दशरथ रंगशालामा हुनेछ । लतिलपुर पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि दोस्रो क्वालिफायरमा आइपुगेको […]

प्रधानमन्त्रीको सम्बोधनमा ध्यान खिचेका पाँच प्रतिबद्धता

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गरे । तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्ड यस अघिको दुबै कार्यकाल ९ महिनामै सरकार छाड्नु परेको थियो । पहिलो पटक एक वर्षको कार्यकाल पूरा गरेका प्रचण्डले यसलाई उपलब्धिको रुपमा ग्रहण गर्दै जनतासामु केही प्रतिबद्धताहरु व्यक्त गरेका […]

लेनदेनका कारण श्रीमान्/श्रीमतीलाई घरको खाँबोमा बाँधेर कुटपिट

साझा कथा । लेनदेनको हिसाब चुक्ता नगरेको भन्दै सिन्धुलीस्थित कमलामाई नगरपालिका वडा नं. ४, ढकाल गाउँका स्थानीयले छिमेकी श्रीमान्/श्रीमती माथि निर्घात कुटपिट गरेका छन् । कुटिनेमा ढकाल गाउँकै श्रीमान् सन्तोष थापा र श्रीमती शारदा थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालका अनुसार स्थानीयले अघिल्लो दिन उनीहरुकै घरको खाँबोमा बाँधेर एक रात यातना […]

सरकारको एक वर्षः सन्तोष गर्न मिल्छ, हाइसन्चो छैन

साझा कथा । नौ महिने सरकार नेपालमा एउटा बिम्बजस्तै बनेको थियो । नेपालको यस्तो इतिहासका बीच २०७९ सालको मंसिरमा भएको आम चुनावपछि संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले सत्ताको बागडोर सम्हाल्यो । यसमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक चतुरता र गतिशीलताले काम गरेको देखिन्छ । जटिल मोड र चुनौतीका बीच २०७९ पुष १० […]

कसैको चासोमा नपरेको डा. केसीको अनसन

साझा कथा । डा. गोविन्द केसीलाई ‘अनसनी डाक्टर’को उपनामले समेत चिनिन्छ । तर, पेशाले उनी चिकित्सक हुन् । हरेक मागको विरोध गर्ने स्वरुप अनसन हुनु र अनसन अत्यन्तै कठोर रुपमा बस्नु उनको विशेषता हो । अहिले गोविन्द केसी २१ औं पटक अनसनमा छन् । तर, दुःखका साथ भन्नुपर्छ – हिजोआज डा. गोविन्द केसीको अनसनको क्रेज […]

टिकटक बहसः नियमन गर्ने कि प्रतिबन्ध ?

खम्म ठकुल्ला, साझा कथा । टिकटक एक सोसल मिडिया एप्लिकेसन हो । जुन संसारभर छोटो भिडियो एपको रूपमा परिचित छ । जसका माध्यमबाट स्मार्टफोन मार्फत प्रयोगकर्ताले ३ सेकेण्डदेखि १० मिनेटसम्मका लामो भिडियो बनाएर शेयर गर्न सक्छन् । यो एप चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले २०१६ मा लन्च गरेको थियो । यसको कार्यालय चीनको राजधानी बेइजिङमा छ […]

नेपालमा जलवायु परिवर्तनः क्षति न्यूनकीरणमा अग्रगामी कदम

साझा कथा । नेपाल प्रकृतिले धनी देश । नेपाल प्राकृतिक सम्पदाले विश्वमै सम्पन्न छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र त्यस आसपासको हिमशृंखला होस् या हरियाली पहाड र खेतियोग्य जमिनहरु नै किन नहोस् – नेपालले विश्वमाझ आफ्नो छुट्टै पहिचान बनाएको छ । हिमाल, पहाड र तराई मिली बनेको भूबनोट नेपालको अर्को आकर्षण हो । तर, […]

विमानस्थल सञ्चालन गर्न मन्त्री र मेयरको सडक आन्दोलन !

साझा कथा । बिग्रेका वा भत्किएका पूर्वाधार निर्माण गर्न आन्दोलन हुन्छ वा गरिन्छ, त्यो स्वभाविक मान्न सकिन्छ । तर, देश यस्तो अवस्थामा पुग्यो कि जो बनिसकेका पूर्वाधारलाई सञ्चालनमा ल्याउन पनि आन्दोलन गर्नुपर्छ । त्यतिमात्रै होइन, आन्दोलन जनताले गरेको सुहाउँछ तर, लुम्विनीमा आन्दोलन मन्त्री र मेयरले नै गरेका छन् । यस्तो आन्दोलन निर्माण सम्पन्न भइसकेको गौतमबुद्ध […]

यू-१९ एसिया कप आजबाट सुरु

साझा कथा । यू–१९ एसिया कपमा नेपालले आज (शुक्रबार) पहिलो खेलमै टेष्ट मान्यता प्राप्त देश पाकिस्तानसँग भिड्दैछ । खेल दुबईको आईसीसी एकेडेमी ग्राउण्ड २ मा नेपाली समय अनुसार विहान ११ः१५ मा सुरु हुनेछ । समूह ए मा परेको नेपालले पाकिस्तानपछि अफगानिस्तान र भारतसँग खेल्नेछ । समूह चरणमै तीनवटै टेष्ट मान्यता प्राप्त देशसँगको भेट नेपालका लागि […]

मेलम्चीको पानी काठमाडौं झार्न महेन्द्रको लगाव

साझा कथा । काठमाडौंवासीलाई खानेपानीको अभाव हुन थालेपछि खानेपानी मन्त्री महिन्द्र राय यादव आइतबार मेलम्चीस्थित खानेपानीको मुहान पुगे । हेलम्बु गाउँपालिकाको आम्बाथानस्थित मुहानमा उनीमात्रै पुगेनन् कि खानेपानीसँग सम्बन्धित निकायका प्रमुखहरुसमेत सँगै लिएर गए । खानेपानी मन्त्रालयकै सचिव रामआधार साह, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ज्याकी अहमद अन्सारी तथा आयोजनाका इन्जिनियरहरू, स्थानीय सरकारका प्रमुख र […]

बालेनको लयमा धनराजः फिर्केखोला मिचेर बनेका १६० संरचना भत्काउने सुर

साझा कथा । काठमाडौं महानगरपालिकाभित्र पर्ने टुकुचा खोला उत्खनन गर्ने अभियान चालेर महानगरका प्रमुख बालेन साह एक समय खुबै चर्चामा आए । त्यसपछि अतिक्रमित संरचना हटाउने अभियान देशैभरका स्थानीय सरकारहरुले गर्न थाले । महानगर, नगर र गाउँपालिकासम्म चलेको यो लहर हिजोआज पोखरा महानगरपालिकातिर चल्दैछ । महानगरपालिकाका प्रमुख धनराज आचार्यले फिर्केखोला मिचेर बनेका १६० संरचनाहरु भत्काउने […]

पुनः सञ्चालनमा आएको सूर्यविनायक-रत्नपार्क द्रूत बस सेवा

साझा कथा । सञ्चालनमा आएर रोकिएको भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म चल्ने द्रूत बस सेवा पुनः सुचारू भयो । विशेषतः सार्वजनिक बसमा यात्रा गर्न यात्रुहरुलाई प्रोत्साहन गर्ने र सहजतासहित छिटो गन्तव्यमा पुर्याउने उद्देश्यले सो सेवा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विशेष पहलमा सुरुवात गरिएको थियो । तर, तामझामका साथ सुरु भएको सेवा सञ्चालनमा विभिन्न समस्या देखिएपछि […]

लयमा मुस्ताङः उजाड पहाड हेर्न पर्यटकको घुइँचो (भिडियो कथा)

साझा कथा । गत बर्खा याममा बाढीले ठुलो क्षति पुर्याएको मुस्ताङ क्षेत्रले छोटो समयमै लय समातेको छ । पछिल्लो एक महिनामा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेसँगै मुस्ताङ क्षेत्रमा लागेको कालो दाग पखालिएको हो । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मात्रै मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय […]

एपीवानले रोकेको भुषण दाहालको ‘ब्राभो डेल्टा शो’ साझा कथाबाट प्रशारण

साझा कथा । सञ्चारकर्मी भुषण दाहालको लोकप्रिय टेलिभिजन कार्यक्रम ‘द ब्राभो डेल्टा शो’लाई एपीवान टेलिभिजनले प्रशारणमा रोक लगाएको छ । समसामयिक विषयमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईंसँग गरिएको कुराकानीलाई टेलिभिजनले प्रशारणमा रोक लगाएको हो । प्रशारण हुने समयमा अकस्मात रोक लगाएपछि कार्यक्रमका प्रस्तोता भुषण दाहालले दुःख व्यक्त गर्दै समाजिक […]

‘‘सस्तो पनि राम्रो पनि’’ (फोटो कथा)

साझा कथा । आज लक्ष्मीपूजा । लक्ष्मीपूजाकै दिनबाट तिहारका लागि अत्याधिक मात्रामा फूलको खपत हुन्छ । यही मौका छोपेर व्यापारीहरुले फूलको भाऊसमेत बढाइदिन्छन् । तर, काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि केही निश्चित ठाउँहरु तोकेका कारण उपभोक्ताहरु ठगिनबाट जोगिदै छन् । महानगरले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणमा फूल बिक्रीका लागि […]

जाजरकोटमा अर्को भूकम्प, रामीडाँडावासीलाई चोटमाथि त्रास

साझा कथा । जाजरकोट केन्द्रविन्दु भएर भूकम्पका थुप्रै पराकम्पहरु गइरहेका छन् । ५ रेक्टरस्केलभन्दा मुनिका दर्जनौं पराकम्पहरु गइरहेको अवस्थामा सोमबार अपरान्ह गएको ५ दशमलव ८ रेक्टरस्केलको भूकम्पले भने जाजरकोटवासी त्रास सिर्जना गरेको छ । शुक्रबार रातिको भूकम्पले दिएको चोटमाथि सोमबारको पराकम्पले फेरी ठूलै भूकम्प जाने होकि भन्ने त्रास जाजरकोटवासीमा छ । जाजरकोटको बारेकोट गाउँपालिका – […]

सुपर ओभरको उल्लास (फोटो कथा)

साझा कथा । टी – २० विश्वकप एसिया छनोटको फाइनल खेल सुपर ओभरमा पुग्यो । नेपालले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएर सुपर ओभरमा गएको थियो । तर, सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य भेट्न नसक्दा नेपाल टी – २० विश्वकप एसिया […]

जाजरकोट भूकम्पपछिका दृश्यहरु (फोटो कथा)

साझा कथा । जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर आएको ६ दशमलब ४ म्याग्निच्युटको भूकम्पले ठूलो क्षति पुर्याएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पले ठूलो रुपमा मानवीय र भौतिक क्षति पुर्याएको छ । राति गएको भूकम्प आफैमा पराकम्प भएको र त्यसका थुप्रै पराकम्पहरु अझै गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ […]

टी – २० विश्वकप एसिया छनोटः नेपाल बलियो कि ओमान ?

साझा कथा । आईसीसी टी – २० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा विहीबार समूह चरणको अन्तिम खेलमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा विहान ९ बजे हुनेछ । समूह चरणका दुबै खेल जितेका दुई टिम सेमिफाइनलमा भने प्रवेश गरिसकेको छ । आईसीसी टी – २० विश्वकप एसिया छनोटमा राम्रो प्रदर्शन गरेका […]

टी-२० विश्वकप एसिया छनोटः नेपाल र मलेसिया भिड्दै, लय समाते नेपाललाई खेल जित्न सहज

साझा कथा । घरेलु मैदानमा भइरहेको टी-२० विश्वकप एसिया छनोटको खेलमा अघिल्लो दिनको लय समात्न सके नेपाललाई आज हुने मलेसिया विरुद्धको खेलमा जित निकाल्न सहज हुनेछ । आजको खेल दिउँसो सवा १ बजे कीर्तिपुस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । पहिलो खेलमा अलराउन्डर दिपेन्द्रसिंह ऐरीको अनुपस्थितिमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपाल मलेसियासँग पनि सोही परिणाम […]

त्रिदेशीय टी-२० सिरिजः नेपाल र यूएईबीचको फाइनल खेल आज

साझा कथा । त्रिदेशीय टी-२० सिरिजको फाइनल खेलमा आज नेपाल र यूएईबीच हुँदैछ । आज बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच फाइनल हुन लागेको हो । नेपाल सिरिजको सबै खेल जित्दै फाइनलमा पुगेको हो भने यूएई रनरेटको आधारमा हङकङलाई पछि पार्दै फाइनलमा पुगेको हो । नेपाल, यूएई र हङकङबीच नेपालमा जारी […]

धादिङमा नयाँ गन्तव्यः सबैको प्रिय भैरवी

साझा कथा । धादिङ जिल्लाको सदरमुकाम धादिङवेशी नजिकै एउटा नयाँ गन्तव्य स्थापित भएछ । जुन लामो समयसम्म प्रचारविहीन गुमनाम जस्तै रह्यो । धार्मिक तथा प्राकृतिक दुबै हिसाबले उत्तिकै आकर्षित भैरवी मन्दिर नीलकण्ठ नगरपालिका ६, सुनौलाबजारमा अवस्थित छ । धादिङवेशीबाट १८ किलोमिटर टाढा पर्ने सो मन्दिरमा केही पर्यटकीय पूर्वाधार र सडक बाटोको सहजताका कारण हिजोआज आन्तरिक […]