पत्रकारमाथि हातपात गर्नेलाइ कारबाहीकाे माग

साझाकथा संवाददाता

काठमाडाैं, मंसिर २०

समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव तथा सक्रिय पत्रकार रामकुमार एलनमाथि हातपात भएकोप्रति समाजवादी प्रेस संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै एलनमाथी हातपात भएको भन्दै समाजवादी प्रेस संगठनले सोमबार बिहान विज्ञप्ति जारी गरी उक्त घटनाको भत्र्सना सहित घटनामा संलग्न र घटनास्थलमा सशरीर उपस्थिति एवं घटनाका योजनाकारसमेतको पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको छ ।

पत्रकार एलनमाथि आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण भएको थियो । समाजवादी प्रेस संगठनका महासचिव भुपेन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिव २०ः २२ जनाको जत्थाले गएराति उहाँमाथि आक्रमण भएको हो ।

पत्रकार एलनको उद्धार गर्न पुग्नुभएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरमाथि पनि उक्त जत्थाले आक्रमण गरेको छ । महासचिव मगर पनि सामान्य घाइते हुनुभएको छ भने पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको छ ।’

त्यसै गरी मानव अधिकार क्षेत्रमा क्रियाशील संस्था इन्सेकले बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा (इन्द्र) र सोही पत्रिकाका स्तम्भकार रामकुमार रिजाल (एलन) माथि भएको साङ्घातिक आक्रमणको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

समाचार लेखेकै आधारमा पत्रकारद्वयमाथि भएको घटनाको दोषी उपर कानुनी कारबाहीको लागि इन्सेक सम्बन्धित पक्षलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछ इन्सेक बागमती प्रदेश संयाेजक गणेश भण्डारीद्धारा जारी प्रेस विज्ञप्ति भनिएकाे छ ।

जनताको सूसुचित हुन पाउने सम्वैधानिक हक पूर्ण रूपमा सुरक्षित हुनुपर्ने र प्रकाशन भएको समाचारमा चित्त नबुझे त्यस उपर सम्बन्धित निकायमा उजुरी गर्ने लगायतका कानूनी बाटाहरू हुँदाहुँदै पनि आपसी विवाद निकालेर मानव अधिकार रक्षकका संवाहक सञ्चारकर्मीमाथि भएको यस घटनाले हामीलाई दुखि: दुल्याएको छ साे विज्ञप्तिमा उल्लेख छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?