वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो

साझा कथा । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।

नेपालले शनिबार भएको पहिलो खेलमा चार विकेटले जित निकालेको थियो ।

नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज “ए” सँग सिरिज खेलेको हो ।

आजको खेलमा नेपालका प्लेइङ ११ मा रोहिकुमार पौडेल (कप्तान), अनिल साह (विकेटकिपर),आरिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, लोकेश बम, र आकास चन्द छन् ।

साथै वेस्ट इन्डिज ‘ए’को प्लेइङ ११ मा कप्तान रोस्टन चेज, एलिक अथान्जे, केसी कार्टी, जोनसन चाल्र्स, आन्द्रे फेलचर, म्याथ्यु फर्ड, ओबेद, म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?