साइनस के हाे ?

डा कल्याण सुवेदी

 Sinus (साइनस) भनेको के हो ?

हाम्रो अनुहारमा चार किसिमका यस्ता खुल्ला क्षेत्रहरु हुन्छन् जसले हाम्रो स्वर सुमधुर बनाउन, अनुहारमा हुने चोट झट्का मत्थर गर्न, टाउको हलुङ्गो बनाउन, दिमागको (मुनिको भाग बाट) तापक्रम सन्तुलन गर्न, नाकको भित्रि भाग नरम र स्वस्थ राख्न, नाकबाट छिरेको सुख्खा हावालाई वाष्पयुक्त (बाफ भएको) बनाउन आदिमा सहयोग गर्छ। (पोष्टको चित्रमा ध्यान दिनुहोस। तपाईको बायाँमा स्वस्थ साइनस र दायाँमा अस्वस्थ साइनस छन्।

साइनस अनुहारको बाहिरी भागमा मात्र नभई धेरै भित्रि भागसम्म फैलिएको हुन्छ जुन पोष्टको चित्रमा देखाईएको छैन।) साइनसको वरिपरी गोलै mucous membrane (कोषका तह) हुन्छ। यसले दिनमा झन्डै आधा लिटर देखि एक लिटरसम्म mucus (पातलो तरल पदार्थ) उत्पादन गर्छ।

ती mucus ले नाकको भित्रि भाग सफा गर्ने, जीवाणु मार्ने वा नाकबाट जीवाणु हटाउने काम गर्छ। त्यति धेरै उत्पादन भएको mucus नाक अगाडी वा पछाडी (घाँटी तर्फ) स-सानो नलीबाट निरन्तर तल बग्दछ।

 Sinus (साइनस) infection / sinusitis / पिनास कसरी हुन्छ ?
— जुन सुकै कारणले होस् जब साइनसबाट नियेमित उत्पादन हुने mucus आफ्नै नियमित प्रक्रिया अनुसार बगेर तल जान पाउदैन तब mucus (तरल पदार्थ) साइनसमा जम्मा हुन्छ। त्यसपछि bacteria, fungus आदि त्यो mucus (पातलो तरल पदार्थ) खाएर फैलन थाल्छन्, mucus झन् बाक्लो हुन्छ अनि तल झर्न झन् सक्दैन।

माथी निदारको Frontal sinus सुन्निएर जम्मा भएको mucus ले गर्दा निधारमा सहनै नसक्नेगरी दुख्छ। Ethmoid sinus (दुई आँखा बिचको) सुन्निदा आँखाको वरिपरी दुख्छ। Sphenoid sinus (यो बाहिरबाट छाम्न मिल्दैन। यो Ethmoid को ठिक पछाडी र आँखाको हल्का मुनि हुन्छ)।

Maxillary sinus सुन्निदा गालामा छुँदा पनि दुख्छ, माथिका केहि दाँत पनि दुख्न सक्छ। प्राय एक भन्दा धेरै साइनसमा एकै पटक समस्या हुन्छ र अनुहार (मुन्टो) हल्लाउंदा पनि अति साह्रो दुख्छ। अन्य लक्षणहरु: मुख गनाउने, कान दुख्ने, खोकी लाग्ने, ज्वरो आउने आदि।

साइनस सुन्निने (sinusitis)/ पिनास हुने मुख्य केहि कारक तत्वहरु:

Viral infection {(रुघाखोकी (common cold) वा viral fluजब virus नाक भित्र पसेर साइनसको mucous membrane मा आक्रमण गर्न थाल्छ तब शरीरको प्रतिरक्षा प्रणाली (immune system) सक्रिय हुन थाल्छ। त्यसपछि शरीरको बिभिन्न भागबाट virus माथी आक्रमण गर्ने तत्वहरु रगतको नली हुँदै यस ठाउँमा आईपुग्छन् र महाभारत जस्तै युद्ध शुरु हुन्छ।

यहि भिडन्तको फलस्वरूप mucous membrane सुन्निएर रातो हुने, पातलो तरल पदार्थ अब बाक्ला बन्न थाल्ने हुन्छ (दायाँ र बायाँका साइनस तुलना गर्नुहोस)। (रुघाखोकी (common cold) र viral flu बिचको फरक बारे पछि बिस्तारमा बताउने छु)

Bacterial, fungal infection यो अलि कमैलाई हुन्छ र माथी भनिएको जस्तै गरेर पिनास बनाउछ।
Allergy (एलर्जी) जब हाम्रो वरिपरीका धुवाँ, धुलो, फूलको वा बोट बिरुवामा पालुवा पलाउने बेलामा निस्कने पराग (pollen), कुकुर, बिरालो, गाइबस्तु आदिको शरीरबाट निस्कने dander (चायाँ जस्तो कत्ला, रौँ, वा अन्य धुलो), घर भित्र वा बाहिरको सेतो वा कालो ढुसी, carpet को धुलो वा मसिनो रेसा वा अन्य कुनै चिजहरु जुन प्राय मानिसहरुहरुको शरीरले (प्रतिरक्षा प्रणालीले) हानिकारक तत्वको उपमा लिंदैन र सजिलै सहने गर्छ।

तर कसै कसैको प्रतिरक्षा प्रणाली अलि धेरै संवेदनशील भैदिने गर्छ जसले गर्दा ति हाम्रा वरिपरी सजिलै पाइने निर्बल तत्वहरुलाई पनि अति हानिकारकको रुपमा देखिदिन्छ। त्यपछि यी तत्व नाक भित्र छिर्ने बित्तिकै शरीरको प्रतिरक्षा प्रणाली (immune system) सक्रिय हुन थाल्छ र फेरी महाभारतकै युद्द शुरु हुन्छ। व्यक्ति अनुसार फरक हुन्छ यो एलर्जी। कसैलाई एउटाको मात्र एलर्जी हुन्छ भने कसैलाई धेरैको।

यी तत्वहरु हाम्रा वरिपरी लामो समयसम्म उपलब्द हुने हुनाले कसै कसैलाई एलर्जी पनि ३-४ हप्तासम्म बल्झी राख्छ। हाछ्यु लगातार एक पछि अर्को आउछ, पातलो सिंगान धेरै आउछ, तापक्रम (प्राय) १००.४ भन्दा माथि जाँदैन, नाक, कान र आँखा चिलाउछ। एलर्जीको कारण नाकको भित्रको भाग सुन्निएर साइनसबाट निस्केको तरल पदार्थ तल झर्न पाएन भने पिनास बनाई दिन्छ।

Nasal Septum बांगीएको अवस्था = (चित्रमा नाकको बिचमा निलो धर्सो हेर्नुहोस): नाकको बिचमा दुई प्वाल हुँदै माथी/पछाडी दुई भाग छुट्याउने पातलो हड्डीलाई Nasal Septum भनिन्छ। जब यो septum बाङ्गिन्छ तब यसले नाकको एकापट्टिको भाग तर्फबाट साइनसबाट निस्केको तरल पदार्थ सजिलै तल ओर्लन दिंदैन अनि बेलाबेलामा पिनासको समस्या ल्याइदिन्छ।

Nasal Polyps भएको अवस्था: नाकको भित्र केहि भागमा बारम्बार एलर्जी हुने, आज्मा (Asthma) हुने आदि बिभिन्न कारणले एक तह कोष झोली पर्छ र तरल पदार्थ भरिएर स-साना डल्ला भएर झुन्निन्छन् जसलाई nasal polyps भनिन्छ। यी polyps हरु संख्या धेरै भयो वा साइज ठुलो भयो भने साइनसबाट निस्केको तरल पदार्थ सजिलै तल ओर्लन दिंदैन अनि यसले पनि बेलाबेलामा पिनासको समस्या ल्याइदिन्छ।

अन्य नाक कान घाँटीका समस्या र रोगहरु भएको अवस्थामा l

पिनास (sinusitis) को उपचार कसरी गर्ने ?

कहिले काहीं हुने पिनास आफैँ सन्चो हुन्छ। आराम गर्ने, टाउको दुखेको भए नदुख्ने औषधि खाने, नाकको भित्रि भाग खुलाउन बाफ लिने, नुनपानी एउटा नाकको प्वालबाट छिराएर अर्को भागमा निकाल्ने (हल्का pressure दिने खालको बल्ब सहित भएको खाले प्रयोग गर्नु भो भने अलि धेरै प्रभावकारी हुन्छ), पानी धेरै पिउने।

यदि यो समस्या बर्षमा २-३ पटक दोहोरिरहन्छ र लामो समयसम्म रहन्छ भने पहिला के कारणले साइनसमा तरल पदार्थ जमेर बस्यो त्यो पत्ता लगाउनु पर्छ।
Virus को कारणले हो भने (रुघा खोकी सुरु भएपछि पिनास भयको हो भने) virus शरीरबाट बाहिर ननिस्कदासम्म वा हाम्रो प्रतिरक्षा प्रणालीले virus को आक्रमण मत्थर

नपर्दासम्म आराम गरेर र अन्य सामान्य घरेलु उपचार गरेर बस्ने  Bacteria को कारण हो र ज्वरो पनि बढ्दै गयो (१०२ माथी लाग्न थाल्यो) भने antibiotic करिब २ हप्तासम्म खानु पर्ने हुन सक्छ। पहिला जथाभाबी antibiotic खाएको थियो वा virus को case मा पनि antibiotic प्रयोग गरेको थियो भने bacteria हरु antibiotic resistant भैदिनाले अब प्राय शुरुमा दिइने धेरै खाले antibiotic ले काम नगर्न सक्छ।

Allergy को कारणले हो भने allergy को प्रभाब कम गर्ने औषधि शुरु गर्ने। यी औषधिहरु फार्मेसीमा सजिलै पाइन्छन्। कुनै अति धेरै निन्द्रा लगाउने र कोहि अलि कम लगाउने खालका हुन्छन्। आफुलाई के को allergy छ भनेर allergy test पनि गर्नुपर्छ।

यो clinic वा hospital मा छालामा (प्राय ढाडमा) वा रगत निकालेर test गरिन्छ। जुन सुकै बेलामा पनि यसको test गर्न सकिन्छ। (यो प्रबिधि नेपालमा सजिलै उपलब्ध छ छैन मलाई थाह भएन।) कुन तत्वको कारण allergy भएको हो थाह भएपछी त्यस कुराबाट तर्किने वा त्यस तत्व नजिक जानु पर्दा allergy को प्रभाब कम गर्ने औषधि खाएर जाने। जबसम्म तपाईलाई allergy बनाउने तत्व (allergen) नजिक तपाई रहनु हुन्छ तबसम्म (प्राय) जिन्दगिभर नै तपाईलाई यो समस्या रही रहन्छ।

त्यसैले कुन कुराले allergy भएको हो भन्ने कुरा पत्ता लगाउने र मिल्छ भने सो कुराबाट पर रहनु पर्छ। नत्र allergy हुन लागेको थाह पाउने बित्तिकै वा allergy season सुरु हुन लाग्दा औषधि खानु पर्छ। उपचारको अर्को बिधि हुन्छ Immunotherapy. यसमा allergy बनाउने allergen लाई औषधि जस्तो वा vaccine जस्तो पनि बनाइन्छ जसको नियेमित सेवनले शरीरमा उक्त allergen संग लड्न क्षमता बढाईदिन्छ र करिब अर्को १० बर्ष allergy हुदैन र allergy को कारण हुने पिनास पनि हुँदैन। (यो प्रबिधि नेपालमा उपलब्ध छ छैन मलाई थाह भएन।)

  • साइनसको mucous membrane बिनाकारण सुन्निन नदिने र नाक बन्द हुन नदिने nasal spray औषधि पनि पाइन्छ।
  • Nasal Septum बांगीएको भए अप्रेसन गरेर सोझाउनु पर्छ। Nasal polyps ले समस्या दिएको भए त्यो पनि निकाल्नु पर्छ।
  • यदि साइनसबाट mucus (तरल पदार्थ) तल ओर्लने बेलामा बिचमा जाम हुने गरेको छ भने balloon sinuplasty मार्फत नली खोल्न पनि सकिन्छ l
  • कुनै उपाय नलागे अन्तिममा साइनसबाट निस्कने तरल पदार्थ सजिलै तल ओर्लने बाताबरण बनाउनको लागि अपरेसन गर्नु पर्छ। यो प्रक्रियामा ethmoid sinus (पोष्टको चित्र
  • हेर्नुहोस: दुई आँखा बिचको भाग) नजिकका केहि नरम हड्डीहरु निकालेर mucus (तरल पदार्थ) सजिलै तल ओर्लने बनाउन सकिन्छ।
  •  पिनासको लागि केहि कुरा बार्नु पर्छ कि पर्दैन ?
  • पर्दैन। कुनै कुराको allergy वा sensitivity छ र त्यसको प्रयोग गर्ने बित्तिकै नाक र घाँटीमा असर गर्छ भने नखाने वा प्रयोग नगर्ने नत्र पिनासको लागि भनेरै केहि बार्नु पर्दैन।
  • मेरो नाक भित्र निकै सुख्खा रहन्छ, नाक बन्द भएको जस्तो महसुस हुन्छ र कहिले काहीं रगत पनि आउँछ। के गर्ने ? यस्तो मेलामा नाकमा नुन पानीले सफा गरी राख्ने वा spray गर्ने, पानीको बाफ लिने। हल्का Vaseline , petrolium jelly वा chapstic (liquid) आदि नाक भित्र लगाएर नाकको भित्रि भाग moist राख्ने।

डा. सुवेदीकाे फेसबुकबाट (जनचेतनाका लागि)

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?