प्रचण्ड भन्छन् – ‘लिपुलेकसँग जमिन सट्टापट्टाको निर्णय भइसकेको छ’

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा समस्या हल गर्न जमिन सट्टापट्टा गर्ने निर्णय भइसकेको बताएका छन् । अहिले जसले जमिन सट्टापट्टाका विषयमा चर्का कुरा गरिरहेका छन्, उनीहरुले नै सो निर्णय गरिसकेको प्रचण्डको दाबी छ । जमिन सट्टापट्टाबारे आफुले औपचारिक कुराकानी कोही कसैसँग नगरेको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले समय आएपछि सो को प्रमाण पेश गर्ने दाबी समेत गरेका छन् ।

राष्ट्रियसभामो बुधबार आफनो भारत भ्रमण लगायत समसामायिक विषयमा धारणा राख्ने क्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले अहिले ठ्याक्कै प्रमाण देखाउन सकिन्न । समय शायद आउँछ, मैले प्रमाण देखाउन सक्छु, अहिले जो–जो नेताहरुले यो सट्टा भन्ने शब्द आँ पनि गर्नु हुन्थेन भन्नुभएको छ, उहाँहरुले नै सट्टाको कुरा निर्णय गराउनु भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका बेला नेपाली पत्रकारहरुसँगको कुराकानीका क्रममा भारतीय प्रधानमन्त्रीले पहिलो पटक सीम समस्या समाधान गर्ने बारेमा बोलेको र कालापानीको सट्टा बंगलादेश जोड्ने भूमि विकल्पका रुपमा हेरेर वंगलादेश मोडेलमा जान पनि सक्ने गरी तर्क राखेका थिए ।

त्यसपछि प्रतिपक्षी एमालेले प्रधानमन्त्री प्रचण्डलाई वंगलादेससागको पारवाहान नेपालकोअ धिकारको विषय भएको भन्दै जमिन सट्टापट्टाबारे प्रधानमन्त्रीले बोलेर गलत गरेको र यसले पनि प्रधानमन्त्रीको भ्रमण फितलो भएको आरोप लगाउँदैं आएको छ ।

यही प्रसंगमा राष्ट्रि«यसभामा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बोलेका हुन् । यद्यपी, प्रधानमन्त्रीले आफुले जमिन सट्टापट्टाबारे कुनै औपचारिक धारणा नबोलेको प्रतिनिधिसभामा पनि र आज राष्ट्रियसभामा पनि प्रष्टिकरण दिएका । प्रधानमन्त्री प्रचण्डले थप भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो, यो समस्या छिटो हल गर्नुपर्छ मात्र भनेको हो ।’

आफूले भने राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम नगरेको दाबी प्रधानमन्त्रीको थियो । भारत भ्रमणमा केही नै भएन भन्ने टिप्पणी भएको भन्दै उनले असन्तुष्टि जनाए । ‘केही नि भएन भन्ने साथीहरु, हिजो सरकारको नेतृत्व उहाँहरुको दल पनि गरेकै थियो । अरु थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँहरुले के चाहिँ गर्नु भएको थियो ? भएको थियो र केही ?’, उनले भने, ‘उत्पात भयो भन्ने मेरो दाबी होइन, तर एउटा नयाँ सुरुवात भयो ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?