पाकिस्तानमा भेटिए रजनीकान्तका डुप्लिकेट

इस्लामाबाद,  कात्तिक १९ गते

भारतीय साउथ सुपरस्टार रजनीकान्तको डुप्लिकेटको तस्वीर हालै सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको डुप्लिकेट पाकिस्तानका रहमत गशकोरी हुन् ।

रहमत पाकिस्तानको सरकारी जागिरबाट अवकाश प्राप्त व्यक्ति हुन् । उनको तस्वीर सामाजिक सञ्जालमा आएपछि धेरै प्रयोगकर्ताले रजनीकान्तसँग तुलना गरेका छन् ।

रहमानका अनुसार कराचीमा मेडिकल चेकअपका लागि पुग्दा भीडले उनलाई घेरेर तस्वीर लिएका थिए । मानिसहरुले ‘के तपाईं रजनीकान्त हो ?’ भनी सोधेका थिए ।

आफ्नो अनुहार रजनीकान्तसँग मिलेपछि उनले खुशी व्यक्त गरेका छन् । ‘म यो कुरालाई स्वीकार गर्छु कि भगवानले मलाई एक महान अभिनेता रजनीकान्त जस्तै देखिने रुप प्रदान गरेका छन्’, उनले भनेका छन् ।

आफूलाई रजनीकान्तजस्तै देखिने अरुले सुनाएपछि उनले रजनीकान्तको मिमिक्री गर्न थालेका छन् । रहमानका अनुसार कराचीमा मेडिकल चेकअपका लागि पुग्दा भीडले उनलाई घेरेर तस्वीर लिएका थिए । मानिसहरुले ‘के तपाईं रजनीकान्त हो ?’ भनी सोधेका थिए ।

जवाफमा उनले ‘हो, म पाकिस्तानको रनजीकान्त हुँ भनेका थिए । रहमतले वास्तविक रजनीकान्तसँग भेट्ने चाहना राखेका छन् । ‘म मानिसलाई एक पाकिस्तानको र एक भारतको रजनीकान्तको रुपमा जनतालाई देखाउन चाहन्छु’, उनले भनेका छन् ।

न्युज कारखाना

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?