समाजसेवी श्रेष्ठद्वारा आरके कस्मेटिक उद्घाटन

साझाकथा संवाददाता

काठमाडौं, मंसिर २९

युवा व्यवसायी, समाजसेवी तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरका संचालक प्रकाश कुमार श्रेष्ठले काठमाडौंको सुन्धारा खिचापोखरीमा संचालनमा आएको आर के कस्मेटिक सपको उद्घाटन गर्नुभएको छ।

एक भब्य कार्यक्रम बीच उहाँले रिबन काटेर कस्मेटिक सपको उद्घाटन गर्नुभएको हो। बिगत लामो समय देखि पार्लरमा काम गरेर अनुभब बटुली कस्मेटिक सप संचालन सुरु गरेका साजन ठाकुरको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटीकेयरमा समेत काम गरेको अनुभब छ।

उक्त अवसरमा प्रमुख अतिथि प्रकाश कुमार श्रेष्ठले साजन ठाकुर ईमान्दार मेहनती र केहि राम्रो गर्न पर्छ भन्ने उदेश्य राख्ने व्यक्ति भएकोले पार्लर र सलोन सम्बन्धि चाहिने सम्पूर्ण सामग्रीहरु बिक्रि वितरण गर्ने व्यवसाय संचालन गरेकोमा खुशी ब्यक्त गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दै सम्पूर्ण पार्लर व्यवसायीलाई सामान खरिद गरि सहयोग गर्न समेत आव्हान गर्नु भएको छ।

सम्पूर्ण ब्यूटीपार्लरलाई चाहिने सामाग्रीहरु राम्रो सस्तो र गुणस्तरिय सामानहरु उपलब्ध गराउने आर के कस्मेटिकका संचालक सागर बताउनुहुन्छ। सो उद्घाटन समारोहमा पार्लर ब्यबसायी, सौन्दर्यकर्मी लागायत अन्य व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?