निःशुल्क भिडियो एक्सरे सेवा

साझाकथा संवाददाता

दमाैली, पुस ३०

तनहुँ जिल्कोलाकाे भानु नगरपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलब्ध गराउने भएको छ ।

अबदेखि गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क हुने नगरपालिकाले जनकारी दिएकाे छ ।

सुरक्षित सुत्केरी गराउन गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउनका लागि  भिडियो एक्सरे सेवा प्रदान गर्न थालेकाे  भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा नगरपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने प्रमुख भट्टराइले बताए ।

वडाध्यक्ष कान्छीमाया तामाङले भिडियो एक्सरे सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको बताइन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?