चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ‘खतरामुक्त’

साझा कथा । नेपाली काँग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । अहिले मुम्बई स्थित नेशनल बर्न सेन्टरमा आईसीयुमा उपचाररत भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. सुनिल केस्वानीका अनुसार शरीरमा फ्लुईडको मात्रा कम छ । भण्डारीको आज शुक्रबार सर्जरी गर्ने तयारी छ ।

डा. संदीप मिस्त्रीका अनुसार भण्डारीका सबै पारामिटरहरू सामान्य रहेको तर ४८ घण्टा भेन्टिलेटरमै राख्नुपर्ने अवस्था छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो ।

आफ्नो निवासमा ग्यास लिकपछि आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा बिहीबार निधन भएको थियो । सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलेको बताइएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?