अंशुवर्माले उपहार दिएको गाउँ – चित्लाङ (फोटो कथा)

उपत्यकाबाट नजिकै रहेको पर्यटकीय स्थल चित्लाङ । काठमाडौंबाट गाडीमा दुई घन्टामै पुग्न सकिने चित्लाङमा विदा मनाउन जानेहरुको चहल–पहल बढिरहेको छ ।

चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतर्फ महाभारत रेञ्ज छ । यो प्राचीन गाउँमा नेवार, बाहुन क्षेत्री र तामाङ जातीका मानिस बस्छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराई जानेहरु चन्द्रागिरी डाँडो उक्लिएर चित्लाङ हुँदै जाने गर्थे । चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । चित्लाङ राजा अंशुवर्माले गोठालाहरुलाई उपहारमा दिएको गाउँ हो । यहाँबाट नजिकै रहेको इन्द्रसरोवर तालले यस ठाउँको मनमोहकता अझ बढाएको छ ।

तस्बिरः प्रकाश गोपाली

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?