शिवपुरीको डाँडामा मनमोहक ‘धाप बाँध’ (फोटो कथा)

साझा कथा । काठमाडौंको सुन्दरीजलबाट पदयात्रा गर्दै जाँदा शिवपुरीको डाँडामा पुगेपछि तपाईले भेट्टाउनुहुनेछ धाप बाँध । यो मानवनिर्मित ताल वा बाँध हो । जसले आठ लाख ५० हजार घन मिटर पानी भण्डारण गर्न सक्छ । एसियाली विकास बैंकको लगानीमा निर्माण भएको यो बाँधको मुख्य उद्देश्य बागमती नदी बेसिनमा पानीको गुणस्तर सुधार र पानी सुरक्षा प्रदान गर्नु हो ।

सुख्खा मौसममा बागमती नदीमा निरन्तर बहाव होस् भनेर यो ताल बनाइएको हो । सँगै बागमती नदी जोडिने चाडपर्वको मौसममा पनि आवश्यकता अनुसार पानी प्रवाह गर्ने तयारी गरिएको यो बाँधले मनसुनमा बाढी नियन्त्रणमा पनि मद्दत गर्नेछ ।

हाईकिङ मन पराउनेहरुको लागि धाप बाँध उत्कृष्ट र आकर्षक गन्तव्य हो । पदयात्रा सुन्दरीजलबाट सुरु हुन्छ र वरपरका पहाड तथा साना साना उपत्यकाहरूको आश्चर्यजनक दृश्यहरू अवलोकन गर्न पाइन्छ । यहाँ पुग्नका लागि ट्रेल अपेक्षाकृत सजिलो छ र सबै तहका पदयात्रीहरूका लागि उपयुक्त छ, तर केही खण्डहरूमा चुनौतीपूर्ण हुन सक्छ । तर पुगेपछि भने स्वर्गीय आनन्द प्राप्त गर्न सकिन्छ ।

 – तस्बिरः प्रकाश गोपाली

 

 

 

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?