महिला र युवतिमाथि अझै प्रतिबन्ध छ अफगानिस्तानमा, किन ?

साझा कथा । २० बर्ष युद्ध गरेर अफगानिस्तानको सत्ता सम्हालेको तालिवानले महिला तथा युवतिहरुमाथि अझै प्रतिबन्ध लगाइरहेको छ । अन्तरराष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेकोे तालिबान शासनले अफगान महिला र युवतिहरूमाथिको दमन बढाइरहेकोछ ।

“तालिवानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तरराष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न अनिच्छुक रहेको सङ्केत गर्छ,” ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशकलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह हसन अखुन्दजादाले आफ्नो कतारी समकक्षीसँगको भेटमा कतारी अधिकारीहरूलाई अफगानिस्तान र अन्तरराष्ट्रिय समुदायबीच विश्वासको वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाहका लागि आग्रह गरेका थिए ।

तालिवानका एक जना प्रवक्ताले तालिबानसँग कतारको बलियो सम्बन्ध रहेको तर महिलाप्रतिको नीतिलाई लिएर दोहाले काबुलको अलोचना गरेको बताएका थिए । उनले अफगानिस्तानको सत्ता कब्जा गरेदेखि, तालिबान नेतृत्वले लगातार अफगान महिला र केटीहरूको शिक्षा र रोजगारीमा पहुँच प्रतिबन्ध लगाउने कडा आदेश जारी गरेकामा कतारले आलोचना गरेको खामा प्रेसले बताएको छ ।

कलेज र स्कुलमा छात्रालाई निषेध गरिएपछि हजारौँ महिला घरमै बसेका छन् भने स्थानीय र अन्तरराष्ट्रिय गैरसरकारी संस्थामा महिलालाई काममा प्रतिबन्ध लगाइएको छ । यद्यपि केही महिलाले विद्रोह गरेर व्यापार वा अन्य व्यावसायिक प्रयास थालेका छन् ।

तर तालिबान सरकारका शिक्षामन्त्री नेदा मोहम्मद नदिमले महिला र युवतिहरुले आफ्नो सरकारले लागु गरेको नियम मान्न अस्वीकार गरेका कारण उनीहरुलाई विद्यालय र विश्वविद्यालय जान नदिइएको स्पष्टिकरण दिएका छन् । उनले भनेका छन्, ‘युवतिहरुले विहेमा जानेजस्तो लुगा लगाएर विश्वविद्यालय गइरहेका छन्, सरकारले लागु गरेको नियम जुन इस्लामिक अनुशासनभित्रका कुरा हुन्, ती पालना गर्न उनीहरुले इच्छा देखाइरहेका छन् । सरकारले तोकेको डे«स कोड र एकजना पुरुषलाई सँगै लैजानुपर्ने नियम उल्लंघन गर्न थालेपछि उनीहरुमाथि प्रतिबन्ध लगाइएको हो ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?