बहिरा आवासीय विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री

साझा कथा । चितवनको बहिरा आधारभूत विद्यालयमा अध्ययनरत ७० जना बहिरा अपाङ्गता भएका विद्यार्थीहरूलाई एम एस नेपाल इन्टरनेशनल २०२३ कि विजेता सीता सुबेदीले आफ्नै समन्वय र पहलमा शैक्षिक सामाग्री उपलब्ध गराएकी छन् ।

सोनसिक छात्रवृत्ति वितरण कार्यक्रम बैशाख १७ गते पुर्वी चितवनको बहिरा आधारभुत विद्यालय बजरहट्टीमा उक्त विद्यालयका प्र.अ. मिठु कुमारी पाठक, राप्ती नगरपालिका–८ का कार्यबाहक अध्यक्ष दिपक अधिकारी तथा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्दिराज थपलिया लगायतको उपस्थितिमा नेपाल र नेपालीको आफ्नै उत्पादन हेम्प बाट बनेको ब्याग सहित शैक्षिक सामग्री विद्यार्थीहरूलाई उपलब्ध गराइएको हो ।

यस कार्यक्रममा कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको संस्था (नेपाली विद्यार्थी समाज कोरिया)ले सहयोगार्थ स्वरूप ५६ हजार रकम उपलब्ध गराएको थियो । समाजमा सकारात्मक सन्देश र उत्तरदायी भुमिका निर्वाहका लागि यो कार्यक्रम विशेष रहेको सोनसिकका अध्यक्ष मेघनाथ पौडेलले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?