‘‘न्यूरोडमा पार्किङ छैन’’ (फोटो कथा)

साझा कथा । काठमाडौंको न्यूरोड कालोपत्रे सडकमा सवारी साधन पार्किङ गर्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । महानगरपालिकाले मंगलबार (बिहान) देखि सो क्षेत्रमा सवारी साधन पार्किङ गर्न रोक लगाएको हो । न्यूरोड क्षेत्रमा बिहान पार्किङ गरिएका सवारी साधनलाई महानगरको प्रहरी टोलीले हटाएका थिए ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदै छ ।

न्यूरोड जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ । यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ् हुने गरेको थियो । सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकेको छ ।

तस्बिर: काठमाडौं महानगरपालिका

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?