प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबीच सोल्टीमा भेटवार्ता

साझा कथा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोल्टी होटलमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ र कतारी अमिर अल थानीबीच काठमाडौंको होटल सोल्टीमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो भेटपछि कतारी राजाले आज प्रधानमंत्री सँग केही सम्झौताहरुमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै प्रधानमन्त्रीले दिउँसो कतारी अमिरको सम्मानमा होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन् ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

मंगलबार दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी आजै दिउँसो कतार फर्कनेछन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?