नेपालमा औपचारिक रूपमा ‘इनड्राइभ’ सेवा सुचारु, राइडरबाट १० प्रतिशत कमिसन लिने

साझा कथा । नेपालमा राइड शेअरिङ सेवा एप इनड्राइभले आजबाट औपचारिक रूपमा सेवा सुचारु गरेको छ । आज काठमाडौंमा एक कार्यक्रम गर्दै इनड्राइभले प्रति राइड दश प्रतिशत कमिसन लिने गरि सेवा सरु गरेको हो । यस भन्दा अगाडी करिब ३ वर्ष राइडलाई निःसुल्क सेवा दिइसकेपछि इनड्राइभले अब भने कम्पनी दर्ता गरेर औपचारिक रूपमा सेवा दिन लागेको नेपालका लागि कम्पनीकी निर्देशक रिता पोखरेल बताइन ।

केही समय अघि मात्रै नेपालमा दर्ता भएर इनड्राइभले प्यान नम्बर समेत प्राप्त गरेको छ । कम्पनी दर्ता भएसँगै राडइरबाट कमिसन लिन सुरु गर्न लागेको हो ।

आधिकारिक रूपमा नेपालमा दर्ता भएको इनड्राइभले राइडरबाट कमिसन उठाउन डिजिटल वालेट आईएमई पेलाई आफ्नो टपअप तथा पेमेन्ट पार्टनर बनाएको छ । आईएमई पे वालेटमा इनड्राइभ टपअप गर्ने अप्सन समावेश भइसकेको देख्न सकिन्छ । हाल इन्ड्राइभले काठमाडौंसँगै पोखरा र धरान सहरमा सेवा दिदै आएको छ, अब छिट्टै अन्य सहरमा समेत सेवा सुरू गर्नुका साथै कुरियर र कार्गो सेवा पनि सुरु गर्ने कम्पनीले जनाएको छ ।

नेपालमा राइड सेयरिङलाई वैधानिकता दिनपर्ने माग उठेको साढे ७ वर्ष बितिसकेको छ । पहिलोपटक २०७३ पुसमा नेपाली कम्पनी टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेपछि निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु कार्य सुरु भएको थियो । त्यतिबेलादेखि नै माग भएपनि अहिलेसम्म संघीय ऐनमा नै निजी सवारीले भाडा उठाएर यात्रु बोक्न पाउन व्यवस्था भएको छैन ।

तर, सरकारले प्रविधिको प्रयोग भन्दै यो सेवालाई प्रतिबन्ध लगाएको छैन । तर, बेला–बेलामा हुने धरपकड र कारवाीले राइडर र सेवाग्रही पीडित छन् । पछिल्लो सयममा अफलाइन राइड लिने क्रम झांगिएकाले सेवमा अनेकन समस्या देखिएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?