मुगु, मंसिर १०
मुगु प्रदेशसभा (१) मा नेकपा (एमाले)का जितबहादुर मल्ल विजयी हुनुभएको छ । मल्लले छ हजार छ सय १८ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का गोपालबहादुर बमले पाँच हजार चार सय ४५ मत ल्याएर पराजित हुनुभएको छ ।
एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
राससबाट
तपाईलाई केहि भन्नु छ ?