यू-१९ विश्वकपः आज भारतसँग प्रतिष्ठाको लडाइ लड्दै

साझा कथा । एक दशकपछि नेपाललाई टी-२० विश्वकपमा पर्याउँदा नेशनल टिमबाटै ‘बेस्ट नेपाली प्लेअर’ बनेका गुल्सन झा यू-१९ विश्वकपमा भने निरिह बनेका छन् । सबै नेपालीको आस बनेर आईसीसी यू-१९ विश्वकप क्रिकेटको यात्रामा निस्केका उनले चार खेल खेलिसक्दा खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

शुक्रबार यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । जसमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेल खेल्नुअघि नै नेपाल उपाधि होडबाट भने बाहिरि सकेको छ । नेपाल सुपर सिक्समा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो भने भारत अपराजित रहँदै ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा विजयी भएमा भारत सेमिफाइनलमा पुग्नेछ भने नेपाल जुन परिणाम आएपनि घर फर्कनेछ । त्यसैले, आजको खेल नेपालका लागि केवल प्रतिष्ठाको लडाइ हुनेछ ।

दक्षिण अफ्रिकामा जारी खेलमा नेपालको ब्याटिङ चल्न सकेको छैन । सिनियर टोलीबाट खेलेका गुलशन झाले चार खेलमा केवल २४ रन बनाएका छन् । उनले अफ्गानिस्तानसँग १ रन, न्यूजिल्याण्डसँग २ रन, बंगलादेशसँग ३ रन र पाकिस्तानसँग १८ रन मात्र जोडे । बलिङ तर्फ पनि उनको खेल खासै जम्न सकेको छैन । न्यूजिल्याण्डसँगको खेलमा २ विकेट लिएका गुल्सनले अफ्गानिस्तानसँग १ विके मात्रै लिए । त्यस बाहेक पाकिस्तान र बंगलादेशसँगको खेलमा कुनै पनि विकेट लिन सकेनन् । सबैभन्दा बढी आस गरेका खेलाडिबाट यो खालको नतिजा आउँदा नेपाली क्रिकेट फ्यानहरु खल्लो महशुस गरिरहेका छन् । तसर्थ, आज भारतसँग हुन गइरहेका खेल नेपाली टिमका लागि प्रतिष्ठाको लडाइ हो भने गुल्सन झाका लागि अन्तिम परीक्षा । आजको खेलमा पनि राम्रो नतिजा दिन नसके गुल्सन झा नेशनल टिमबाट बाहिरन सक्नेछ । किनकी, गुल्सन झाले केही समय अघि मात्रै भएको अन्डर १९ एसिया कपमा पनि खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

आज हुने खेलमा भारतका मुशिर खान प्रमुख हतियार हुन् । उनले यस विश्वकपमा आयरल्यान्डसँग ११८, अमेरिकासँग ७३ र न्युजिल्यान्डसँग १३१ रन बनाएका छन् । त्यस्तै, कप्तान उदय शहारान र आशिन कुलकर्णी पनि राम्रो नेपालका लागि अर्का चुनौति हुन् । गत डिसेम्बरमा एसिया कपमा नेपाललाई ५२ रनमा अल आउट गर्न भारतका तीव्र गतिका बलर राज लिम्बानीले एक्लै ७ विकेट लिएका थिए । उनीबाट पनि नेपाल जोगिनु पर्ने हुन्छ ।

यू-१९ विश्वकपमा नेपाल र भारतबीच हालसम्म दुई खेल भएको छ । दुबै खेलमा नेपालले हार व्यहोरेको छ । तर, यू-१९ एसिया कपमा भने नेपालले भारतलाई एक पटक हराएको छ । दीपेन्द्रसिंह ऐरीको ८८ रन र ४ विकेटको सहयोगमा नेपालले २०१७ को यू-१९ एसिया कपमा भारतलाई १९ रनले हराएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?