टी-२० विश्वकप खेल्ने नेपालको टिम घोषणा, को को परे ?

साझा कथा । नेपालले टी–२० आई विश्वकप खेल्ने खेलाडी सहितटिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिलकुमार साह अन्तिम १५ मा स्थान बनाउन सफल भए । अन्य १२ खेलाडी नेपालको विश्वकप टोलीमा पर्ने यसअघि नै लगभग पक्का थियो ।

विश्वकप खेल्ने नेपालको टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल कुमार शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

नेपाल विश्वकपमा समुह समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले विश्वकपमा आफ्नो पहिलो खेल जुन ४ मा नेदरल्याण्डससँग खेल्ने तालिका छ । त्यस्तै जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?