उपत्यकाव्यापी खुला मेयर कप फुटबल प्रतियोगिता

साझा कथा । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता वैशाख १५ गते (शनिवार)देखि गोदावरीमा हुने भएको छ ।

नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा शनिबार प्रतियोगिता शुरु हुन लागेको हो । वैशाख १५ सुरु हुने प्रतियोगितामा काठमाडौं जिल्लाको ९, ललितपुर जिल्लाको ४ स्थानीय तहको ५ टोली र भक्तपुर जिल्लाको १ स्थानीय तह गरि १५ टोलीको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको विजेताले ५ लाख, दोस्रो टोलीले ३ लाख, अनुसाशित टोलीले ५० हजार, हरेक खेलको प्लेयर अफ दी म्याचले ५ हजार, विधागत उत्कृष्टले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सहभागी टोलीले सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा खेलाडीलाई सहभागी गराउन पर्नेछ ।

बैशाख १५ बाट सुरु भएको खेलको सेमिफाइनल वैशाख २५ गते दिउँसो साढे १२ बजे र ३ बजे खेल्नेछन् भने फाइनल खेल वैशाख २९ गते शनिबार दिउँसो साढे २ बजे हुने बताइएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?