वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिजः नेपालको लगातार तेस्रो हारसँगै सिरिज गुमायो

साझा कथा । । नेपालविरुद्धको चौँथो खेलमा वेस्ट इन्डिज ‘ए’ २८ रनले विजयी भएको छ । यो सँगै वेस्ट इन्डिजले एक खेल अगावै सिरिज जितेको छ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ८२ रन बनाए भने सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले १९/१९ रन बनाएका थिए । त्यस्तै अविनाश बोहोराले अविजित १७ र सोमपाल कामीले १० रन बनाएका थिए ।

त्यस्तै वेस्ट इन्डिज ए का बलर माथ्युज फोर्डले ३ विकेट लिए भने फाबियन एलेन, गुडाकेश मोती र हेडेन वाल्शले २/२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

अब सिरिजको अन्तिम खेल बैशाख २२ गते शनिबार हुने छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?