वेस्ट इन्डिज ‘ए’ विरूद्ध‍क‍ो सिरिज: जितका लागि नेपालले पायो १६१ रनको लक्ष्य

दोस्रो टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाली टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ । टीयू खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६० रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २(२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?