“सडकमा नै खाऔं, सडकमा नै रमाउँ”

७ पुस, पोखरा । “सडकमा नै खाऔं सडकमा नै रमाउँ” नाराका साथ यसबर्ष पनि पोखरामा २४ औैं सडक महोत्सव हुँदैछ । अँग्रेजी नयाँ वर्षको अवसरमा पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा सडक महोत्सव हुने रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) पोखराले जनाएकाे छ । पोखरा रेवानका अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा वाह्य पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा गन्तव्यको रुपमा पर्यटन प्रवद्र्धन उद्देश्यले पुस १३ गतेदेखि १७ गतेसम्म पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव गर्न लागिएको बताए ।

अध्यक्ष भट्टराईले पोखरा सडक महोत्सवमा साँस्कृतिक कार्यक्रम,मौलिक भेषभुषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन,दोहोरी गीत प्रतियोगिता,झाँक्री प्रदर्शन,रात्रीकालिन कन्सर्ट,बोट रेस र पोखराका प्रमुख गन्तव्य सहितको डमुमेन्ट्री प्रदर्शन गर्ने बताए । उनले पोखरा सडक महोत्सव पाँच दिनसम्म हुने र पोखरा सडक महोत्सवले कोरोना महामारीको कारण सिथिल बनेको पर्यटन क्षेत्र अब पर्यटनमैत्री बन्ने विश्वास रहेको बताए । महोत्सवले पोखरा लेकसाइडको मात्रै नभएर समग्र पोखराको पर्यटन प्रवर्धन हुने उनकाे भनाइ छ ।

त्यस्तै,रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेवान) का केन्द्रिय अध्यक्ष अरनिको राजभण्डारीले पछिल्लो समय देखिएको व्यापारी मन्दीलाई महोत्सवले सहयोग पु¥याउने बताए । उनले सडक महोत्सवले स्थानीय उत्पादनलाई बजार प्रवर्धन  गर्ने बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?