शौचालय जाँदा विरामीसँग पैसा लिने सरकारी अस्पताल (भिडियो)

Featured Video Play Icon

साझा कथा विशेष – सानो कुरा

पाटन अस्पताल भित्र रहेको शौचालयमा विरामीले समेत पैसा तिरेर शौचालय जानुपर्छ । यस्तो पनि अस्पताल हुन्छ ? जुन अस्पताल सरकारी हो र सस्तो अस्पताल अनि राम्रो सेवा दिने अस्पताल भनेर पनि चिनिन्छ ।
तर, शौचालय जाँदा विरामी होस् वा विरामी कुरुवा नै किन नहोस् पटकपटक पैसा तिर्नु पर्ने बाध्यता छ ।
दृष्यमा हेर्नुन यी व्यक्ति विचरा विरामी लिएर अस्पताल जाँदैछ । महिलाले गाउनसमेत खोलेका छैनन्, उनका आफन्तको हातमा अस्पतालको कागज बोकिरहेको देखिन्छ । तर, पनि यहाँ शौचालय छिरेपछि पैसा तिर्नैपर्छ ।

पाटन अस्पताल छिरेपछि अलि अगाडि गएर दायाँ तर्फ हेर्नु भयो भने यो शौचालय देखिन्छ । भन्न त उनीहरुले भन्लान् – सरसफाइ गर्न प¥यो, मान्छे राख्नुपर्छ अनि पैसा लिनु परेन त ? तर, कस्तो अस्पताल हो के शौचालयमा सफा गर्ने दुई जना कर्मचारी राखेर विरामीलाई सेवा दिन पनि नसक्ने ? के अस्पतालले २ जना कर्मचारी राख्न नसकेरै हो त ?

एक जना विरामी आउँदा विचरा लाखौं रुपैया खर्च गरेर विरामीको उपचार गराउनु पर्छ । अनि, अस्पतालले चाहिँ यत्ति पनि सेवा नदिने त ? प्राइभेट अस्पताल भए त ल ठीकै छ नाफैको लागि खोलिएको हो, नाफा कमाऊ खाऊ भन्न हुन्थ्यो । सरकारी अस्पतालमा समेत यस्तो अवस्था देखेर मलाई चाहिँ सारै विरत्त लाग्यो ।

एक जना विरामी कुरुवाले दुखेसो पोख्दै थिए, ३ पटक आइयो रे, तीनै पटक पैसा तिर्नु पर्यो भन्दैथे ।

मैले भित्र गएर पनि हेरें, खासै सफा पनि देखिन । तर, दुर्घन्धै आउने, बस्नै नसक्ने चाहिँ थिएन है । जे होस्, सरकारी अस्पताल भित्र रहेको शौचालयमा शौच गर्न जाँदा पनि पैसा तिर्नु पर्ने नियम चाहिँ मलाई ठीक लागेन । यता, काठमाडौं महानगरपालिकाका बालेन शाह सार्वजनिक ठाउँमा निःशुल्क शौचालयको व्यवस्था गर्छु भन्दैछन् । उता, ललितपुरमा रहेको सरकारी अस्पतालमा चाहिँ पटकै पिच्छे पैसा तिरेर शौचालय जानु पर्ने । कठै हाम्रो राज्य संयन्त्र ! गरीब जनतालाई लुट्नुसम्म लुटे । यति सानो कुरा अस्पतालले नै गरे हुँदैन ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?