संस्कार सिकाएको कार्यालय (भिडियो)

Featured Video Play Icon

कामलाई सानो मान्ने र कामकै आधारमा व्यक्तिलाई गर्ने व्यवहारले ग्रसित हाम्रो देशमा एउटा यस्तो कार्यालय छ जहाँ हाकिम आफै भाँडा माझ्छन् । काठमाडौंस्थित बागबजारमा रहेको एक सञ्चारगृह जहाँ हाकिमदेखि कर्मचारीसम्म सबैले आफूले प्रयोग गरेको भाँडा आफै माझ्छन् । यो काम कार्यालयमा काम गर्ने कर्मचारी नभएर होइन कि कार्यालयमा संस्कार, सभ्यता र व्यवहार सिकाउन गरिदोँ रहेछ ।

अनि, यो संस्कार र सभ्यताको सिको घरमा पनि गर्ने कि ? सामान्यतयाः खाना खाएपछि भाँडा माझ्ने काम गृहेणीले नै गर्ने गरेको देखिन्छ । त्यो ठाउँमा परिवारका सबैले कम्तिमा आफूले खाएको भाँडा आफैले माझिदिने हो भने त्यो घरकी गृहेणी कति भाग्यमानी होलिन् ? अनि घर/परिवार कस्तो संस्कारी होला ?

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?