ग्यास सिलिन्डरमा लेखिएको मिति एक्सपायरी डेट हो त ?

Featured Video Play Icon

साझा कथा विशेष

ग्यास सिलिन्डरमा एक्सपायरी डेट होइन, परीक्षण मिति हुन्छ | एक्सायरी डेट भनेको म्याद गुज्रने मिति हो । म्याद गुज्रेपछि त्यसलाई नष्ट गरिन्छ, फालिन्छ । तर, ग्यास सिलिन्डरमा लेखिएको मिति सकिएपछि त्यसलाई नष्ट गरिदैन– परीक्षण गरिन्छ । त्यसैले ग्यासमा लेखिएको मिति एक्सपायरी डेट होइन, परीक्षण मिति हो । तर, जब परीक्षण गर्दा फेल हुन्छ अनि सिलिन्डर एक्सपायर हुन्छ ।

ग्यासमा लेखिएको मिति एक्सपायरी डेट होइन, परीक्षण मिति हो ।

सिलिन्डरमा लेखिएको समय सकिएपछि त्यस्ता सिलिन्डरहरुलाई बोटलिङ प्लान्टहरुमा छुट्याइन्छ र परीक्षण गरिन्छ । परीक्षणपछि पुनः पहिलेकै जस्तो गरि अर्काे पटक परीक्षण गर्नुपर्ने मिति पेन्ट गरेर बजारमा पठाइन्छ । ती अक्षर र अङ्कको अर्थ अर्काे पटक परीक्षण गर्नुपर्ने मिति हो । तर, हामीले ख्याल गर्नु पर्ने सानो कुरा के हो भने ग्यास सिलिन्डर किन्नु अघि मिति चाहिँ अनिवार्य हेर्नुपर्छ । मिति सकिएको छ भने त्यस्ता सिलिन्डर खरिद् नगर्नुहाला ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?