सिंहदरबारको फोहोर, बनाए हुन्न मोहोर ? (भिडियो)

Featured Video Play Icon

सिंहदरबारको फोहोर क्या मज्जाले लुकाएर राखिएको रहेछ । बालेन साहले फोहोर नउठाउने घोषणा गरेपछि सिंहदरबार दुर्गन्धित भयो होला भन्ने सोचेको त केको हुनु ? फोहोर खोज्दाखोज्दा हैरान ! हेर्दै जाँदा सिंहदरबारको केन्द्रमा रहेको रेडियो नेपालको गेट । गेट नपुग्दै बायाँ तर्फ मोडिदा अलि कच्ची जस्तो लाग्ने सडक । त्यहाँबाट अझै भित्र गएपछि हरियो जस्ताले बारेको एउटा सानो झुप्रो – जसलाई माथिबाट निलो त्रिपाल र केही पुराना जस्ताहरुले ढाकिएको छ । यही भित्र पो रहेछ सिंहदरबारबाट बाहिर जान नसकेको फोहोर ।

नकुहिने फोहोरहरु पुनः प्रयोगका लागि पठाउने र कुहिने फोहोरलाई कुहाएर मल बनाए हुँदैन भन्या !
फोहोरको समस्या यत्रो भयावह हुँदा सिंहदरबारले नै लौ हामी सिंहदरबारबाट अब एक केजी फोहोर पनि बाहिर निकाल्दैनौं । यहाँ भित्रको फोहोर भित्रै प्रयोग गर्छौं भनेर आम नागरिकलाई फोहोरबाट मोेहोर बनाएर एउटा गतिलो सन्देश दिए हुँदैन भन्या !
सिंहदरबार जस्तो शक्तिकेन्द्रले एउटा महानगरसँग दैनिक जुहारी खेल्नुको ठाउँमा लौ ठीकै ग¥यौ बालेन – तिमीले हाम्रो आँखा खोलिदियौ, अब हामी तिमीलाई कहिलै पनि फोहोरै दिन्नौं भनेर घोषणा गरिदिए हुन्न !

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?