अनौठो लाग्ने एउटा बस भित्रका केही रोचक अनुभव आजको सानो कुरामा देखाउँदैछु । बा ४ ख २७२४ नम्बरको यो सार्वजनिक बस – जसलाई सिस्टमबद्ध बस भनिएको छ, जुन भक्तपुर – काठमाडौं चल्छ ।
बसमा लेखिएको छ – ड्राइभर साहेबको सिस्टमबद्ध बसमा हजुरलाई स्वागत छ ।
बसमा चढ्ने सबै यात्रुले ड्राइभर साहेबको सिस्टम मान्नुपर्छ । ड्राइभरलाई गुरु होइन, ड्राइभर साहेब र सहचालकलाई खलासी होइन सहचालकज्यू भन्नुपर्छ ।
तर, यो बसमा चाहिँ सहचालकज्यू हुनुहुन्न । ड्राइभर साहेब एक्लै हुनुहुन्छ ।
थप कथा भिडियो मार्फतः
तपाईलाई केहि भन्नु छ ?