आखिर, सहरमा भन्दा गाउँमै मनग्य कमाइँदो रहेछ (भिडियो)

Featured Video Play Icon

विहान जुरुक्क उठ्यो, ५० केजीको दानाको बोरा काँधमा हाल्यो अनि लाग्यो कुखुराको खोरतिर । काठमाडौं सहर छाडेर गएदेखिन् विराजको दैनिकी यसैगरि चल्दैछ ।

हामी काठमाडौं सहर छाड्न डराउँछौं, सबैकुरा यहीँ छ भन्छौं – बरु मागेर खान तयार÷चोरेर खान तयार तर गाउँ फर्केर केही गरौं भन्ने आँट गर्न सक्दैनौं । व्याचलर पढ्दापढ्दै काठमाडौंमा केही हुँदैन रहेछ भनेर गाउँ फर्किएका विराज पाठकः दोलखा पोगटीका स्थायीवासी हुन् । हिजोआज तामाकोशी बजारसँगै रहेको कात्तिके बुस्ती तलको यो जंगलमा कुखुरा फार्म चलाएर बसेका छन् ।

सुरुमा व्यवसाय गर्ने आँट थिएन, लगानी गर्ने पैसा थिएन । भन्छन् नि ‘त आँट म पु¥याईदिन्छु’ विराजलाई त्यस्तै भयो – ठूलो बुबाको छोरा (दाजु)ले लगानीमा सहयोग गरे । व्यवसाय गरेको आज २ वर्ष पूरा भयो – यो बीचमा उनले सबै ऋण चुक्ता गरे/आफ्नो लगानी उठाए ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?