सबै स्थानीय सरकारले गर्न पर्याे यस्ताे काम (भिडियो)

Featured Video Play Icon

२०/२५ रुपैयाँ पर्ने पानी ५ रुपैयाँमा पाइन्छ । बजारमा किन्नै नपाउने १ गिलास पानी आफैले धारामा थापेर १ रुपैयाँमा कलकल खान पाइन्छ । अनि, खुशी नहुने को होला ?

अहिले धेरै ठाउँमा देखिने यो पानी खान पाइने मेसिनको नाम हो वाटर एटीएम । जहाँ एक रुपैयाँमा एक गिलास पानी खान पाइन्छ ।

हिड्दै गर्दा तीर्खा लाग्यो भने वाटर एटीएममा छिर्न सकिन्छ । यहाँ छिरेपछि एक बोतल अर्थात एक लिटर पानी र एक गिलास पानी दुबै किन्न पाइन्छ । एक लिटर पानी किन्नको लागि ५ रुपैयाँ लाग्छ तर बोतल चाहिँ आफैले लैजानु पर्छ । यता, एक गिलास अर्थात २०० मिलिलिटर पानी किन्न भने एक रुपैयाँ भए पुग्छ । जसका लागि कागजको गिलास किन्नु पर्छ, त्यसको पनि एक रुपैयाँ लाग्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?