यू-१९ विश्वकपः नेपालले जिते सुपर ६, हारे प्लेअफ

साझा कथा । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूह डी को तेस्रो खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बाट बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनले हार बेहोरेको थियो भने दोस्रो खेल पाकिस्तानसँग ५ विकेटले गुमाएको थियो ।

नेपालले आजको खेलमा अफगानिस्तानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । उता, अफगानिस्तानले पनि नेपाललाई हराएर सुपर सिक्समा आफ्नो ठाउँ बनाउन चाहन्छ । दुबै टोलीका लागि खेल उत्तिकै महत्वपुर्ण रहेको छ ।

अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा‌ पुग्नेछ । पराजित टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।दक्षिण एसियाका दुई चर्चित यू–१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले आज यी दुई टोलीबीच यू–१९ विश्वकपमा पहिलो पटक भेट हुदैछ ।

नेपालले दुई महिनाअघि अफगानिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपाल पराजित भएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?