दोलखा कालिञ्चोक भगवती (भिडियो)

Featured Video Play Icon

साझा कथा । कालिञ्चोक भगवती दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । काठमाडौंबाट केही घण्टाको यात्रामै पुगिने कालिञ्चोक भगवती मन्दिरलाई नजिकको तीर्थ पनि भनिन्छ । कुरी बजार देखि करिव १ घण्टाको उकालो पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ ।

कालिञ्चोक भगवती मन्दिर धार्मिक रुपले पनि प्रसिद्ध मानिन्छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । धार्मिक मान्यता अनुसार कालिञ्चोक भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि रहदै आएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?