इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन गर्दै नेपालका जनक दीप

साझा कथा । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्षसमेत रहेका जनक दीप पराजुलीले यती बेला इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन गर्दैछन् ।

पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको उक्त फिल्म दक्षिण भारतीय फिल्म निर्देशकहरु आर्यन प्रताप, स्टेफन एम.जोसेफसंगै मिलेर उनी फिल्म ‘सत्य मगला’ को निर्देशन गर्न लागेका हुन् ।

निर्माण युनिटले फिल्मको नेपाल सेड्युअलको निर्देशनको जिम्मा जनकदीपलाई दिएको हो । बलिउडका लाइन प्रोड्युसर राजेन्द्र घिमिरेको अभिनयसमेत रहेको यो फिल्मको छायाङ्कन नेपालमा ल्याउन उनको नै हात रहेको छ ।

नेपाल लगायत थाइल्यान्ड, श्रीलंका तथा भारतमा छायांकन हुने यो फिल्ममा साउथका स्टार प्रभुदेवा, शाही तन्शिखा, शंकर, आर्यन आदिको अभिनय रहने छ ।

अहिले नेपाल सेड्युअलको निर्देशन गरिरहेका जनक दीपलाई उनको काम र क्षमता देखेर यसको थाइल्यान्ड, श्रीलंका तथा भारतको सुटिङमा समेत सहभागि हुने निश्चित भैसकेको छ । दक्षिण भारतकै प्राविधिक टिम रहेको यो फिल्म आउँदो डिसेम्बरसम्ममा प्रदर्शनमा आउने छ । भारतमा छायाङ्कनका लागि भने ठुलो गाउँको नै सेट निर्माण भइरहेको छ ।

जनक दीप बेला–बेलामा नेपाल मै बसेर विदेशी फिल्म मेकरहरुसंग सहकार्य गरिरहेका हुन्छ्न । उनको मुम्बैमा बिन्स टाल्क एसिया तथा दिल्लीमा नर्थ ईन्डिया फिल्म्ससंग सहकार्य छ ।

फिल्मको शिल्प कलालाई प्राविधिक रुपमा राम्रोसंग उतार्न सक्ने क्षमता भएका जनक दीपलाई नेपाली फिल्म उद्योगले भने चिन्न सकेको छैन । उनको त्यही क्षमतलाई भने विदेशि फिल्म मेकरहरुले किनिरहेका छन ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?