फिल्म ‘बसन्त’ मार्फत निर्देशनमा डेव्यू गर्दै प्रकाश सपूत

Featured Video Play Icon

साझा कथा । आफूलाई फरकफरक भूमिकामा अब्बल साबित गर्दै आएका कलाकार प्रकाश सपुतले अब फिल्म निर्देशन गर्ने भएका छन् । आइतवार काठमाडौंमा आयोजित एक समारोहमा सपूतले आफ्नो निर्देशनमा बन्ने पहिलो फिल्मको शीर्षक ‘वसन्त’ भएको घोषणा गरेका छन् ।

मोहन विश्वकर्मा, अनुरोध भट्टराई तथा नेन्सी शेरचनको संयुक्त लगानीमा निर्माण हुने उक्त फिल्मले दलित युवकको प्रेम कथा बोल्ने निर्देशक सपूतले बताए ।

सञ्चारकर्मीसँग बोल्दै सपुतले समाजमा विद्रोह गर्ने पात्र नभएको, भए पनि विद्रोह गर्ने आँट नभएकाले यसपालि त्यो विद्रोह र आँट फिल्ममा देख्न पाइने बताए। ‘आफू जुन पृष्ठभूमिबाट आएँ त्यही पृष्ठभूमिको कथा हो । आधाउधि त मेरै कथा हो, उनले भने, पहिले आफ्ना कथा भनेर मात्रै बाँकी कथा खोज्नुपर्छ।’ साथै उनले आफ्नो डेब्यू सिनेमा ‘परदेशी’- २ मा एउटा कलाकारको रुपमा चलचित्रको अनुभव र दर्शकहरुको विश्वास जित्ने मौका पाएको स्मरण गर्दै आफै निर्माण-निर्देशन गर्न लागेको बाएका हुन् ।

फिल्मको मुख्य भूमिकामा गायक सपूत नै प्रस्तुत हुनेछन् । उनलाई जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्काले साथ दिनेछिन् । गलबन्दी प्रमेडक्सनको प्रस्तुतिमा तयार हुने यो फिल्मको कथा पनि गायकबाट निर्देशक बन्न लागेका सपूतले नै तयार पारेका छन् । सुनिल वि.क मुख्य सहायक निर्देशक रहने यो फिल्ममा प्रकाश सपुतकै संगीत रहने छ । यो फिल्म यही वर्षको चैते दशैँमा प्रदर्शन गरिने बताइएको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?